Friday, December 17, 2010

"फरक यति छ"

  • पहलमान कटुवाल
थोरै होस् उज्यालो भन्ने उज्यालो हुन्छ ।
थोरै होस् अँध्यारो भन्ने अँध्यारो हुन्छ ॥
उज्यालो खोज्न हिडेका मान्छेले रातै मात्र भेट्न ।
देउता भेट्न िहंडेको मान्छेले ढुङ्गा मात्र भेट्छ ॥

कविता " माया"

  • पहलमान कटुवाल
तौलेर हेर त्यो तिम्रो माया यो कति साँचो छ
रोएर मात्रै नसुकाऊ जीउ जीवनको खाँचो छ
आँखाको सामू टल्केको मुहार सम्झेर नरोऊ
मनको बह मनैमा राख आँशुले नधोऊ

देशै राम्रो नेपाल

  • पहलमान कटुवाल
कोरि-बाटि छैन तर त्यसै राम्रो हिमाल
िसंगारेर हैन तर देशै राम्रो नेपाल ।
राम्रो भन्नु रङ हैन माटो पो त राम्रो
हाम्रो भन्नु अरु छैन नेपाल पो त हाम्रो ।

प्रेम जुवा हो

  • पहलमान कटुवाल
प्रेम जुवा हो कैले जित्ने त कहिले हार्ने
जित्नेले हार्छ हार्नेले मार्छ
कहिले फूल गुलाफ झै फुल्छ
कहिले काडा झै बिज्छ ।

शैक्षिक निजीकरण र व्यापारिकरणको अन्त्यको निम्ति एक प्रस्ताव

____________________मदन अर्याल______________________
निजीकरण र व्यापारीकरण शैक्षिक क्षेत्रमा देखापरेको एउटा प्रमुख समस्या हो । सामन्तवादी सामाजिक सम्बन्ध विकृत पुँजीवादी दिशामा रुपान्तरण भैरहेको वर्तमान समयमा यो समस्या झन् धेरै झ्याङ्गिएको छ । वि।स।२०३७ सालबाट सरकारले शिक्षा नीतिमा ल्याएको खुकुलोपना र ०४६ को जनआन्दोलन पश्चात गठित सरकारहरुको शिक्षामा निजीक्षेत्रको सहभागीतालाई प्रोत्साहित गर्ने र शिक्षामा व्यापारीकरणको नीतिलाई प्रश्रय दिने नीतिको कारण आजसम्म आइपुग्दा मुनाफालाई केन्द्रविन्दुमा राखेर वोर्डिङ स्कूल खोल्ने वाढी नै आएको देखिन्छ । निजी क्षेत्रले प्रकाशित गरेको एक तथ्यांक अनुसार हालसम्म यस प्रकारका निजी विद्यालयहरुकेा संख्या झण्डै १२ हजार छ भने करीब ८ लाख ७५ हजार शिक्षक कर्मचारीहरुले प्रत्यक्ष रुपमा ती विद्यालयहरुमा रोजगारी प्राप्त गरिरहेका छन् ।

Thursday, December 16, 2010

कोशी टप्पुमा घुमन्ते चराहरु आउन थाले

  पूर्वााचलको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा अन्य वर्षको तुलनामा यस वर्ष घुमन्ते चराहरु आउने क्रम बढ्दो रहेको आरक्षले जनाएको छ ।
आन्तरिक तथा वाह्य पर्यटनको सम्भावना बोकेको कोशीटप्पु वन्यजन्तु आरक्षमा यव वर्ष समयमै घुमन्ते चराहरु आउने क्रम बढिरहेको आरक्षको भनाई छ ।
पर्यटन वर्ष नजिकिएकाले घुमन्ते चराले त्यसमा सहयोग पुर् याउने आरक्षले जनाएको छ ।

अवलोकन कर्ताहरु