Monday, January 31, 2011

सहिद दिवसको अवसरमा सुनसरीको हाँसपोसा

माघ १६ गते सहिद दिवसको अवसरमा सुनसरीको हाँसपोसामा स्थापना भएको सहिद स्मृति आवासीय स्कूलको उद्घाटन कार्यक्रममा भएका विभिन्न झलकहरु
विद्यालयको उद्घाटन गर्दै एमाओवादीका अध्यक्ष प्रचण्ड

Sunday, January 30, 2011

बजेट विनियोजनपछि किसानहरुमा उत्साह

                                          बुद्धवीर राई
इलाम अलैंचीको निरोगी नयाँ विरुवा उत्पादनको लागि सरकारले अतिरिक्त बजेट विनियोजन गरेपछि पूर्वी पहाडका अलैची किसानहरु उत्साहित भएका छन् ।
विभिन्न रोगका कारण मासिदै गएको अलैैचीको खया विरुवा उत्पादन गर्न उद्योग तथा वणिज्य मन्त्रालयले बजेट विनियोजन गर्दै चासो देखाएपछि किसानहरुमा उत्साह छाएको हो ।
मन्त्रालयले यस पटकको बजेटबाट नयाँ विरुवा उत्पादनको लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । विगतका वर्षहरुमा नियमित शिर्षकमा बजेट आउने गरेपनि यस वर्षको बजेटमा निरोगी नयाँ विरुवा उत्पादनको लागि समेत बजेट विनियोजन गरिएको हो ।
अघिल्लो बर्षहरुमा अलैंची विस्तारका लागि मात्र रकम विनियोजन हुने गरेको इलामको फिक्कल स्थित अलैंची विकास केन्द्रका वरिष्ठ अलैंची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले विरुवा उत्पादनको लागि समेत रकम विनियोजन हुनु किसानहरुको लागि खुसीको कुरा भएको उहाँको भनाई छ ।
अलैंची विस्तारमा यो रकम थोरै भएपनि सुरुवात राम्रै भएको जोगमाई गाविसका किसान जीवन राईले बताउनु भयो । नयाँ निरोगि विरुवा उत्पादनपछि पहिलेकै जस्तो बगान विस्तार गरी अलैची उत्पादन हुने किसानहरुको अपेक्षा छ ।

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र उत्सव सुरु

गोविन्दबस्नेत
     आदिवासी जनजातिको पहिचानलाई सुनिश्चित गर्न साथै आदिवासीहरुलाई आफ्नो हक अधिकार कला संस्कृति भेषभुषा पहिचान संरक्षणको उद्देश्यले धरानमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र उत्सवु सुरु भएको छ ।
अतिथीहरुलाई तोङ्वा गुन्द्रुक मेखेगोरुको सुकुटी जस्त आदिवासीका परम्परागत परिकारले सत्कार गर्दै सुरु भएको उत्सवमा आईतबार धरानको खानेपानीको स्रोत सर्दु जालाधार क्षँेत्रबाट हटाईएका वासिन्दाको जीवनमा आधारित वृत्तचित्र ुपसिनाले िसंचिएको भुमि प्रदर्शन गरियो । जलाधार क्षेत्रबाट उठाइएका स्थानीयहरुले आईएलओ १६९ अनुसारको अधिकार पाउनु पर्ने आवाज उठाइएको सो वृत्तचित्र गोपाल देवानको अनुसन्धान अरुण प्रधानको निर्देशन र ईण्डिजिनियस फिल्म आर्काइभ अन्तर्गत आईएलओ १६९ परियोजनाको लगानीमा निर्माण भएको हो ।
त्यस्तै उत्सवमा तामाङ जातिमा परम्परागत रित पोङ का कारण छोरीहरुलाई परेको समस्याका बारेमा सुकुमाया तामाङले निर्देशन एवं अभिनय गरेको लघु चलचित्र ुपोङ्ु प्रदर्शन गरियो । त्यसैगरी आदिवासी समुदायलाई असर पार्ने भौतिक परियोजनाका बारेमा पेरुको कथामा आधारित एण्ड द रिभर फ्लोज अन प्रदर्शन गरियो ।
धरान स्वर्ण महोत्सवको अवसर पारेर सुरु गरिएको उत्सवको आईतबार धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले उद्घाटन गरे । चलचित्र उत्सवकै अवसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई सम्मान प्रदान गरियो ।
इटहरीका राईले नेपालको मुलधारको चलचित्र क्षेत्रमै नेतृत्व गरेर आदिवासीकालागि उल्लेख योगदान समेत पुर् याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

Saturday, January 29, 2011

भवन पुनःनिर्माण नहुँदा प्रहरीको विजोग

______नरेन्द्र बस्नेत_____________
बेलबारी माघ÷ शाही शासन कालको समयमा २०६२ सालमा केही सरकारी लगानी र स्थानीय संघ संस्थाको सहयोगमा निर्माण गरिएको मोरङको बेलबारी-२ मा रहेको सैनिक भवन हाल आएर लोकतन्त्र जस्तै धराशायी बनेको छ ।
शाही शासन कालको समयमा कमिसनको लोभमा ठेकेदारहरुले कमसल सामग्री लगाएर बनाएकोले हाल भवन जीर्ण अवस्थामा रहेको हो । हाल आएर इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी जवान बस्ने भवनको पुन निर्माण

Friday, January 28, 2011

धरान स्वर्ण महोत्सव २०६७ शुक्रबारदेखि सुरु भयो

  • सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार पक्राउ गरिएको अबैध खयरको काठफोटो - प्रमोद यादब

धरान स्वर्ण महोत्सवको तयारी पुरा"िसंगारिएर राताम्य छ धरान

_____________________________  गोविन्द बस्नेत______________________
धरान आउ है माया नमार घुम्न जाऔं धरान बजारु यो गीत त्यसै रचिएको हैन धरान बजारको सौन्दर्यलाई मध्यनजर गरी यौ गीत रचिएको हो भन्नेमा दुईमत छैन ।
उभो हेर् यो विजयपुरतिर धार्मिक स्थलका रुपमा विश्वमै परिचित रहेको पिण्डेश्वर मन्दिर बुढासुब्बा मन्दिर दन्तकाली मन्दिर उँधो हेर्दा छैउमै बगेको सेउती खोला चिसो भेडेटार तम्मर नदी लगायतका स्थानमा पुग्ने प्रवेशद्वार रहेकोले धरान बजार धार्मिक एवं पर्यटककीय स्थलका रुपमा सदियौदेखि परिचित रहेको सबैमा वितितै छ ।
धरानको परिचय यतिले मात्र पुग्दैन पहाडको फेदीमा रहेको धरान गर्मी महिनामा धैरै गर्मी र जाडो महिनामा साह्रै जाडो नहुने क्षेत्रको रुपमा परिचित छ ।
त्यसैले होला धरानमा दिनप्रतिदिन बसोबास गर्ने मानिसहरुको संख्या बढ्दै गएका छ । यस स्थान तराई र पहाडकौ संगम स्थलकोरुपमा समेत परिचित छ ।
हेर्दा हैर्दै धरान नगरपालिका ५० बर्षमा प्रवेश गरेको छ । यसैलाई मध्यनजर गरी धरान नगरपालिकाले स्वर्णमहोत्सव मनाउने भएको छ ।

Tuesday, January 25, 2011

मानिसको व्यवहार वदल्ने सात वेभसाइड

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
यी ती वेवसाइट हुन जुन छैनन् भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ । जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्ः
१। विकी पेडियाः जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो िलंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ । विकीपेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया त कैयौं थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो । तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्नसक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौं गुना बढिरहेको छ । आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपाली लगायत हरेक भाषामा उपलव्ध छ ।

Wednesday, January 19, 2011

सुकुम्बासीको नाममा जमिन्दारलाई पुर्जा


 अर्जुन आचार्य, आशिष 

Add caption
इटहरी ५ माघ÷ सुकुम्वासीको समस्या समाधान गर्न सरकारले गठन गरेको सुकुम्वासी समस्या समाधान आयोगले वास्तविक सुकुम्बासीलाईभन्दा धनी र जग्गावालालाई नै पूर्जा वितरण गर्ने तयरी गरेको खुलासा भएको छ ।
सुनसरीको सुकुम्बासी समस्या समाधान आयोगले जग्गा वितरण गर्न तयार गरेको नामावलीमा सम्पन्न र जग्गा भएका व्यक्तिहरुको नाम अग्रपंक्तिमा रहेको छ । आयोगले आपुनो कार्यदेश विपरित पुराना आयोगले तयार गरेको लिष्टको आधारमा पूर्जा वितरण हुन लागेको हो ।

विश्वकै होचा खगेन्द्रलाई सम्मान


  विश्वकै सबभन्दा होचा व्यक्ति खगेन्द्र थापामगरलाई विराटनगरका समाजसेवी उद्योगी तथा कलाकारहरुले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् ।
गीतकार एवं पत्रकार शंकर खरेलको झ्याप्प झ्याप्प गइरहन्छ लाईन……॥ नामक गीति क्यासेटको बुधबार विमोचन कार्यक्रममा थापा मगरलाई सम्मान गरिएको हो ।
सभासद् तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइराला सभासद् मोति दुगड गितकार

Tuesday, January 11, 2011

पोखराको फेवाताल भन्दामाभि रहेको चाइनिज गुम्बा र फेवा ताल
पोखराको फेवाताल भन्दामाभि रहेको चाइनिज गुम्बा र फेवा ताल




Friday, January 7, 2011

धिमाल महोत्सवको तयारी हुँदै

पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव

  २३ पुष/ धिमाल जातिको सघन वसोवास रहेको झापाको दमकमा आगामी माघ १६ गते देखि हुने धिमाल सास्कृतीक महोत्सवको तयारी सुरु भएको छ ।
पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव वारे जानकारी दिन शुक्रवार दमकमा आयोजित पत्रकार सम्मेलन मार्फत तयारी वारे जानकारी िदंदै धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक रामबहादुर धिमालले बिभिन्न सहयोगी सस्थाहरु सँग समन्वय गरी तयारी तिब्र पारिएको बताउनुभयो ।

विराटनगरको "दोस्रो नेवा महोत्सवका" केही झलक

महोत्सव उद्घाटन गर्नु अघि दर्शक दिर्घामा प्रमुख अथिति सहितका अथितिहरु । 


 महोत्सवमा अथितिहरुलाई स्वागत गर्दै नेवारी भेषभुषामा सजिएका पन्चकन्याहरु । 



महोत्सव स्थलमा राखिएको रमपम चाउचाउको स्टल ।

अवलोकन कर्ताहरु