Tuesday, September 28, 2010
राजनीतिक संरक्षणमा वन फँडानी
काठमाडौ ११ असोज
व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले राजनीतिक संरक्षणका कारण देशभर व्यापक बन फडानी भएको ठहर गरेको छ ।
विभिन्न २७ जिल्लाको स्थलगत अवलोकनपछि तयार गरिएको प्रतिवेदनमा तीब्र रुपमा भइरहेको वन फडानी नरोकिए चुरे क्षेत्र समाप्त हुने चेतावनी
बिरिङ खोलाबाट अबैध ढङ्गले बालुवा झिक्दै
हवल्दारको ड्युटी यस्तो पनि छ
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी हवल्दार प्रेमकुमार विष्टको प्रहरीको ड्युटी त छदैछ थप सर्पको आतंकबाट समेत गाउँलेहरुलाई छुटकरा दिउने ड्युटी समेत छ ।
वरिपरिका सयौं घर परिवारलाई सर्पको आतंकबाट सुरक्षा दिइरहेका विष्टलाई कसैले खटाएको ड्युटी भने त्यो हैन । सजिलै सर्प समात्न सक्ने कला भएको कारण उहाँले अकालमा ज्यान लिने सर्प समाएर गाउँलेहरुको सुरक्षा कबचको रुपमा काम गर्दै आउनु भएको छ ।
Friday, September 24, 2010
शृङ्खलाबद्ध गैंडा मारिँदै
-
महिना नबित्दै चार मरे, एक घाइते

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराबाट पाँच किलोमिटर दूरीको भालुखोलामा बन्दुकको आवाज सुनिएपछि त्यहाँबाट पनि सेनासहित ६० जनाको टोली घटनास्थलतिर लम्कियो ।
चिल्लोले मुटु जोखिममा
काठमाडौ, आश्विन ९ - वीरगन्जका एक दुब्ला- पातला युवकलाई हृदयाघातपछि राजधानी ल्याएर नर्भिक अस्पतालमा एन्जियोप्लास्टी गरेर दुइटा स्टन्ट लगाइएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भेट्न उक्त अस्पताल पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार ती २७ वर्षे युवकलाई पनि भेटे र खानपिनमा संयम अपनाउन आग्रह गरे । दुब्लो, त्यसमाथि युवकलाई हृदयाघात भएको सुनेर प्रधानमन्त्रीसमेत आश्चर्यमा परेका थिए ।'हेर्दा ख्याउटे भए ती युवकलाई खानामा बिहान- बेलुकै मासु चाहिन्थ्यो रे,' नर्भिकका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावतले भने, 'रगतमा ट्राइग्लिसराइडको मात्रा सामान्यतः १ सय ५० हुनुपर्नेमा उनको शरीरमा १७ सय थियो ।' ती युवकले वीरगन्जमा छाती दुखेको बताउँदा त्यहाँका चिकित्सकले ग्यासका कारण त्यस्तो भएको बताएका रहेछन् । डा. रावतका अनुसार शरीर दुब्लो हुँदैमा कोलेस्ट्रोल (चिल्लो) को समस्या नहुने भ्रम हटाउनुपर्छ ।

'अत्तो न पत्तो'को बक्स अफिस
काठमाडौं, असोज ९ - नेपाली चलचित्र क्षेत्रको निर्माण संख्यात्मक रूपमा बढे पनि व्यापारको तथ्यांक राख्ने संयन्त्र छैन। त्यही भएर फिल्मको 'बक्स अफिस' सम्बन्धित निर्माताबाहेक अरूले अनुमानमात्र गर्न सक्छन्। 'फस्ट लभ' का नरेन्द्रको भनाइमा अधिकांश निर्माता हचुवा भरमा फिल्म बनाउँछन्, अनि ठगिन्छन्। 'पचास लाखको फिल्म बनाउनेलाई कतिवटा हलमा चल्छ भन्नेसम्म थाहा हुँदैन,' उनको भनाइ छ, 'खाली ठूलो महत्त्वाकांक्षा र रंगीन दुनियाँको मोहले फिल्म बनाउने होडबाजी छ।'
नेपालमा मोटामोटी वर्षको ६० वटा फिल्म बन्छन् र त्यसमध्ये ६ वटाले मात्र लगानी उठाउने गरेको पाइन्छ। बजारमा 'सुपरहिट' भनिने फिल्म तिनै हुन्। निर्माणको संख्या हेर्दा बजार मागको हिसाबले पनि यो निकै बढी हो।'एक वर्षमा १८ देखि २४ वटा फिल्म भए नेपालका हललाई पुग्छ,' फिल्म निर्माण, वितरण र प्रदर्शनमा समेत संलग्न नरेन्द्र भन्छन्, 'वर्षको ६० वटा बनेपछि कतिले लगानी उठाउनु?'
माग र आपूर्तिको सिद्धान्त फिल्म निर्माणको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। मागभन्दा आपूर्ति बेसी भएपछि उत्पादकले घाटा खानुपर्छ। उत्पादन धेरै भएपछि बिक्रेता (हल सञ्चालक) हरूको एकाधिकार बढ्दै जान्छ।
'न्याय कहिले पाउँला?'
एमाओवादीका तीनै प्रतिवेदन जिल्लामा
विराटनगर ८ असोज÷ एकीकृत नेकपा माओवादीले पार्टी केन्द्रमा प्रस्तुत भएका तीन वटै प्रतिबेदनहरु जिल्ला तहसम्म छलफलको लागि ल्याएको छ ।
केन्द्रीय समितिको केही दिन अघि सम्पन्न बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय डा।बाबुराम भट्टराई एवं मोहन बैद्य ुकिरणु ले प्रस्तुत गर्नु भएको प्रतिवेदनलाई एकीकृत माओवादीले तल्लो कमिटिमा छलफलका लागि ल्याएको हो ।
पार्टीको कोचिला राज्य अन्तर्गत तीन वटै जिल्लाका बैठकहरुमा प्रतिवेदन प्रस्तुत गरिएको छ । बुधबार सुनसरी बिहीबार झापा र शुक्रबार मोरङको बैठकमा पार्टी केन्द्रका तीन वटै प्रतिवेदन प्रस्तुत गरिएको एकीकृत माओवादी कोचिला राज्य कार्यालयले जनाएको छ ।
इटहरीमा सडक उत्सव
इटहरी ४ स्थित जुट विकास टोल विकास संस्थाले एम्बुलेन्स खरिद गर्ने उद्देश्यले सडक उत्सव गर्ने भएको हो ।
Thursday, September 23, 2010
सहमतिको संभावना छैनः ओली विराटनगर ७ असोज÷ नेकपा एमालेका अर्का स्थायी समिति सदस्य खड्गप्रसाद ओलीले दलहरुबीच सहमतिको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
नेकपा एमालेका अर्का स्थायी समिति सदस्य खड्गप्रसाद ओलीले दलहरुबीच सहमतिको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
बिहीबार युवा संघ नेपाल मोरङले समयमै संविधान निर्माणको दवाव दिन आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै नेता ओलीले सबैभन्दा ठुलो दल नै सहमतिको पक्षमा नरहेकोले सहमतिको सम्भावना छैन भन्नुभएको हो ।
माओवादी पार्टीलाई गाली गरेर नथाक्ने तथा भारतको दलालीको रुपमा चिनिएका नेता ओलीले तीन बुँदे सहमति माओवादीले पालना गर्नेमा आफुलाई विश्वास नभएको बताउनु भयो । नेपालमा राजनीतिक समस्या आएमा भारतमा उपचारको बहानामा सल्लाह लिने जाने ओलीले यदि पालना गरे अचम्म हुने बताउनु भयो । नेता ओलीले माओवादीका कारण शान्ति र संविधान ……… नबनेको र उसले संविधान बनाउन नचाहेको आरोप लगाउदै युवाहरुले दवाव दिएर शान्ति प्रकृया टुंग्याउन पहल गर्नुपर्ने बताउनुभयो ।
एमाले भीत्र माओवादीप्रति सदभाव राख्नेहरुले माओवादीलाई नचिनेको भन्दै उहाँले आफ्नै नेताहरुको कटु आलोचना समेत गर्नुभयो । उहाँले आफ्नै कार्यकर्ता मारिदापनि कुन बर्गले मार् यो भन्ने वर्ग विष्लेषण गर्ने आफ्ना नेताहरु निर्जिव प्राणि झै देखिएकोमा चिन्ता जनाउनुभयो । उहाँले भन्नुभयो ुआफ्ना कार्यकर्तालाई कुटिकुटी घोचिघोची मार्नेहरुलाई केही भन्न नसक्ने र कुन वर्गले मार् यो भनेर चिनियाँ र रसियन दर्शन पढ्न बसेर वर्ग विश्लेषण गर्ने एमालेका एकथरी नेताहरुमा कुनै जिउँदोपनाको प्रतिकृयासम्म दिन नसक्ने निरिहता छ ।ु
अशान्ति मच्चाउनेहरुले चाहे एक मिनेटमा शान्ति प्रकृया सम्पन्न हुने भन्दै नेता ओलीले भन्नुभयो ुउसैले नचाहेपछि अरुले चाहेर कसरी शान्ति स्थापना हुन सक्छ ।ु
कार्यक्रममा नेता ओलीले पार्टीले प्रतिवन्ध लगाएको युथ फोस्र गठनलाई तिव्रता दिन निर्देशन गर्नुभएको छ । उहाँले युर्थ फोस्रको आवश्यकता छ भन्दै त्यसलाई तिव्र गतिमा विस्तार गरी माओवादी प्रभावलाई निस्तेज बनाउन निर्देशन दिनुभएको हो । युथ फोस्र गठन भएपछि माओवादीको वाइसिएल दुलो पसेको भन्दै न्यायको पक्षमा सशक्त भएर उभिनकालागि समाजमा युथफोस्रको आवश्यकता रहेको दावी गर्नुभयो । उहाँले शान्ति र संविधानको अभियान देशव्यापी बनाउँदा पार्टी भित्रैबाटपनि अवरोध आउनसक्ने तर्फ संकेत गर्दै भन्नुभयो ुसडकमा तिब्र बेगमा गाडि कुदाउँदा छेउछाउका रुख र पातहरु हल्लिन सक्छ उडाउन सक्छ त्यसबाट विचलित नहुनुहोस् अभियानलाई अगाडि बढाउनुहोस् ।ु
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश वस्नेत एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतम गुरु बराल पोलिटव्युरो सदस्य उर्मिला अर्याल लगायतले बोल्नु भएको थियो अधिकांश बक्ताहरुले माओवादीको कटु आलोचना गरेका थिए । युवा संघ नेपालका अध्यक्ष वस्नेतले दाह्रा र नग्रा पलाएका माओवादी पिचासहरुको विरुद्धमा युवासंघको अभियान जारी रहने घोषणा गरे पनि भारतीय दलालसँग मिलेर आफूले जनतामाथि गरेको ज्यादतीलाई बिसर्िएका थिए ।
Saturday, September 18, 2010
नेपाली काँग्रेसको महाधिवेशनः नक्कली समाजवाद कि वैज्ञानिक समाजवाद
देबेन्द्र पौडेल ( सुनिल)
देशको आगामी शासन प्रणाली र राज्य स्वरुपबारे छलफल एवं बहसहरु चलिरहेको बेला देशको दोस्रो ठुलो पार्टी आफ्नो महाधीवेशनको आन्तरिक प्रकृयामा छ । नेपालको ईतिहासमा बिपी कोइराला र पुष्पलालले भिन्न भिन्न मोडलका दुई प्रकृयाका समाजवादका मार्गचित्र पेस गरेका थिए । कमरेड पुष्पलालले नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने भनेका थिए भने बिपी कोईरालाले राजतन्त्र हुदै अर्थात राजालाई संविधान भित्र ल्याउदै प्रजातान्त्रिक समाजवादमा जाने भनेका थिए । अहिलेको यहाँ उठाउन खोजिएको प्रसंग पुष्पलालतिर अर्थात नेपालको वामपन्थी आन्दोलन तिर भन्दा पनि नेपाली कांगेसले अहिलेको विश्व पस्थितिलाई कसरी बुझ्दछ र नेपालको राजनीति र अर्थप्रणालीलाई कता तिर लैजाने निर्णय गर्छ भन्नेतिर इंगित गर्न खोजिएको छ ।
अहिलेको विश्वलाई चिनेर त्यसै अनुरुप कुन बाटो लिदा भारत र चिनको बिचमा रहेको हाम्रो देश नेपालले विश्वको बदलिदो परिस्थितिमा प्रगती गर्न सक्ने छ भन्नेतिर नेपाली काँग्रेसको चासो गम्भिरता पूर्वक महाधीवेशनमा प्रतिविम्बित हुन जरुरी छ । अन्यथा नेकाको प्रजातान्तित्रक समाजवाद देखाउने दाँत सिवाय अरु केही हुने छैन । बदलिदै गईरहेको संसारको परिस्थिति अनुरुप हाम्रो देशमा पनि त्यसको प्रत्यÔ परोÔ प्रभाव पर्ने भएकाले त्यसै अनुरुप हामी नेपालीले पनि ध्यान पुर् याउन नितान्त जरुरी छ । आजको संसार साम्राज्यवादका आपसी अन्तरविरोधहरु एक आपसमा टक्रराइरहेको अवस्थामा छ । खासगरी दोस्रो विश्वयुद्ध पहिलेको विश्व बहुध्रुवीय चरित्रमा अभिव्यक्त भएको थियो भने दोस्रो विश्वयुद्ध पछि प्राय दुई धु्रवीय परिवेशमा संसार संकेन्द्ररण हुन पूग्यो । अमेरिका र रुसले अलग अलग सैन्य तागत र अलग अलग विचारधारात्मक दृष्टिकोण लिएर संसारमा आफ्नो प्रभाव जमाउन थाले सकि्रय हुन थाले । यी दुई शक्तिका सामु अन्य साम्राज्यहरु क्रमसै कमजोर प्रतित हुन थाले भने कतिपय शक्तिहरु Ôेत्रीय साम्राराज्यवाद विस्तारवाद वा स्थानीय प्रभुत्ववादमा खुम्चिन बाध्य भए । त्यही क्रममा कैयौ देशहरुमा राष्ट्रिय स्वाधिनताका लागि ठूला ठूला संघÈ्रहरु देखा पर्दै जान थाले भने अर्कोतिर भूगोलबाट भूगोल गएर आर्थिक सामाजिक राजनैतिक र सैन्य रुपमा अरु देशहरुमा हस्तÔेप गर्ने साम्राज्यवादी शैलीमा केही परिवर्तनहरु आउन थाले । सूचना प्रविधि र सचारको द्रुततम विकास तथा पँूजींको अधिकतम केन्द्रीकरणले गर्दा विश्व बैंक अन्तर्राटि्रय मुद्रा कोÈहरु जस्ता ठुल ठुला वित्तिय निकायहरुको जन्म हुन थाल्यो । उत्पीडित राष्ट्रहरुलाई शोÈण दोहन गर्नको लागि प्रत्यÔ सलबल सहित उहि भूगोलमा पुग्नु पर्ने अवस्था रहि रहेन ।
एकातिर साम्राज्यवाद र नवसाम्राज्यवादी चरणमा विकसित हुदै गयो र त्यसले बदलिएको परिस्थिति अनुसार आर्थिक उदारीकरण खुल्ला बजार खुल्ला अर्थतन्त्र र भूमण्डलीकृत संरचनाका अवयवहरु तथा पूर्वाधारहरु तयार गर्दै गयो भने अर्कोतिर समाजवादी शिविरहरुको नेतृत्व गर्दै आएको सोभियत रुस आन्तरिक समस्याहरुमा फस्दै गएर समाजवादी राष्ट्रमण्डलका पारस्परिक आर्थिक सहायताहरु कमजोर हुन थाले उदयमान शक्तिको रुपमा विकसित हुदै गएको चीनसँगको तिव्र मतभेदले समाजवादी शिविरमा झनै समस्याहरु थपिदै गएर संसारमा समाजवादी शिविर पनि दुई कित्तामा विभाजन हुदै गयो । पश्चिम युरोपको सभ्यतालाई टक्कर दिदै गएको पूर्वी युरोप रुसको आन्तरिक मामलापछि टुहुरो हुदै जान थालेको थियो भने १९९० सम्म आईपुग्दा रुसमा नयाँ ढंगको परिवर्तन भयो । अमेरिका पश्चिम युरोप अष्ट्रेलिया र जापान जस्ता देशहरुले नवउदारवादी पुँजींवादी बाटोलाई निरन्तरता दिदै जान थाले भने अर्कोतिर विचारधारात्मक रुपमा त्यो प्रकृयासँग असहमत हुदै सोभियत रुस पूर्वी युरोप मध्ये अमेरिका चीन आदि केन्द्रहरु आन्तरिक संकटमा फस्न थाले । फलस्वरुप दुई ध्रुवीय विश्व फेरि बहुध्रुवीय केन्द्रहरुमा बदलिन थाल्यो । सायद बितेका करिब डेढ सय वÈ्रहरुमा जुन रुपमा भए पनि वा जसरी भए पनि संसारलाई प्रभाव पार्ने विश्वदृष्टिकोण वैज्ञानिक समाजवाद नै हुन पुग्यो । यो सिद्धान्तलाई कम्युनिष्टहरुको विचार भन्दै अस्वीकार गर्ने उदार पुँजींवादी शक्तिहरुले पनि समाजवादको अघि वा पछि विभिन्न शब्दहरु जोडेर यो विश्व दृष्टिकोणको पÔलाई आलोचनात्मक रुपमा भए पनि निरन्तरता दिए । आजको विज्ञान प्रविधिले तिव्रतम विकास गरिरहेको संसारमा पनि सबै भन्दा बढि समाजवादी विचारलाई मान्ने शक्ति नै सङख्यात्मक हिसाबले संसारमा विद्यमान छन् । संसारलाई पछि फर्काउन चाहने कैयौं धार्मिक नेताहरु साम्प्रदायिक शक्तिहरुले विज्ञान र प्रविधिलाई प्रयोग गरेर धार्मिक युद्धमा विश्वलाई धकेल्न चाहन्छन् । धार्मिक युद्धले मानवीय नरसंहार भन्दा कुनै नयाँ कुरा दिन सक्ने छैन । फेरि संसारलाई सामन्तवादी युगमा धकेल्ने र वास्तविकताको दलदलमा फसाउने कुरा त्यहां प्रष्ट देखिन्छ । यतिबेला ईस्लामिक कट्टरता र अमेरिकीहरुको तेलमाथिको प्रभुत्व जमाउने साम्राज्यवादी सोचले यहि कुरालाई संकेत गर्दछ । यसका साथै Ôेत्रीय प्रभुत्ववादी धर्म सम्प्रदायहरु पनि आफ्नो अहमतालाई प्रदर्शन गर्दै छन् । यसरी धार्मिक युद्धतिर फर्काउने Èड्यन्त्रका विरुद्ध पनि संसारका वास्तविक समाजवादीहरु सचेत हुन जरुरी छ । यतिबेला अन्तर्राष्ट्रिय स्तरमा नयाँ नयाँ आर्थिक संकटहरु देखा पर्दै गईरहेका छन् ।
खासगरी विश्वको वित्तीय पुँजीवादको नवउदारवादी प्रकृया धरापमा पर्दै गइरहेको छ । वित्त बैंक र सट्टा बजार संकटमा परिरहेको छ । अमेरिकामा मात्रै दशांै लाख साना घर मालिकहरु बंैकको ऋण चुक्ता गर्न असर्मथ भए । त्यसको साथै २००७ मा त्यहाँको धितो बजार गंभिर संकटमा पर् यो । कैयांै भुक्तानी हुन बाँकी ऋणका कारणले बंैकहरुमा करिब दश लाख खरब डलरले विश्वव्यापी घाटा भोग्नु पर् यो । व्यापक हुदै गएको आम्दानीको ह्रास घाटा र सट्टा बजारमा आएको अचानक गिरावटले ठुल ठुला बैंकहरु र ठुलो अर्थतन्त्र मानिएका उदार पुंजीवादी देशहरुको स्वामित्वका बैकहरुको पुंजी रित्तीने अवस्था सिर्जना भयो । यसलाई रोक्नका लागि पचासौं लाख खरब अमेरिकी डलर खर्च गर्दा पनि सन्तुलन कायम गर्न ज्यादै गाह्रो भएको देखियो । पुंजीवादी आर्थिक योजनाका अनुमानहरु फेल हंुदै जान थाले र २००५ देखि २००७ सम्म वित्तीय व्युत्पत्तिको न्युनतम मूल्य दोब्बर भएर ५९६ टि्रलीयन अमेरिकी डलर पुग्न गयो । जवकी एक टि्रलियन बराबर दश लाख खरब हुन्छ । प्राय वित्तीय बजारहरु सट्टा बजार भन्दा बाहिर लागू हुन्छन् अर्थात त्यो सुपरिवेÔण र राष्ट्र राज्यको कानून भन्दा बाहिर हुने गर्दछ । २००७ देखि २००८ सम्मका अनुमानित पुँजीमा विस ट्रीलियन अमेरीकि डलर भन्दा बढि पुँजी अन्तर्राष्ट्रिय सट्टा बजारमा नोक्सान भएको देखिन्छ । अमेरिका लगायतका केही साम्राज्यवादी शक्ति केन्द्रहरुले आफ्नो प्रभुत्व बचाउनको लागि कैयांै आर्थिक प्याकेज कार्यक्रमहरु घोÈणा गरे । अन्तर्राष्ट्रिय बित्त पुँजींले अधिकतम नाफा आर्जन गर्ने विभिन्न उपायहरु खोज्दा खोज्दै देखा परेको यो संकट अहिले पनि जारी नै छ । अझै पनि यो संकट संसारका अन्य धेरै मुलुकहरुमा पुगिसकेको छैन । अनुमान गर्न सकिन्छ कि सन् १९२९ १९८१ १९९१ र २००१ आदिसम्म देखिएको आर्थिक संकट भन्दा अझै जटिल संकट आउने सम्भावना प्रवल छ ।
अहिले सम्भावित विकासका राष्ट्रहरु खासगरी रुस चिन भारत ब्राजिल आदि छन् । जहाँ संसारका कुल जनसङख्या मध्य झन्डै चालिस प्रतिशत मानिसको बसोवास रहेको छ । अबका दिनहरुमा नाफा कमाउने वित्तीय पुजींले यी देशहरुमा आफ्नो लगानी बढाउने देखिन्छ । आगामी दिनहरुमा सायद योजनाहरुको अनुमानित अंशमा असन्तुलन पैदा गर्ने छ र पुँजीं बजार वित्त विदेशी विनिमय सट्टा बजार र बैंकहरुको संकटलाई नयाँ प्रकृयाले सिर्जित गर्ने छ । राष्ट्र राज्यको एकाधिकार पँुजी झन् सिमान्तकृत हुदै जानेछ । राष्ट्रिय अर्थतन्त्रहरु टाट पल्टिने छन् । कानूनी शासन र राजनीतिक परिर्वतन सहित आगामी विश्वअर्थतन्त्रको संकट गहिरो गरी विश्वव्यापी रुपमा आउने छ । यसले निश्चय नै नव साम्रज्यवादी विश्व व्यवस्थाको अस्थिरताको प्रकृयालाई बढाउने छ र आर्थिक आधार र अधि रचनामा भयानक प्रभाव पार्ने छ । यसरी आर्थिक समस्या र अन्तविरोधहरु चर्किदै जांदा प्रतिद्वन्दीहरुसंग सफलता पूर्वक बीसांै सताब्दीमा जस्तो गरी संघÈ्र गर्न सक्ने छैनन् बरु त्यही प्रकृयाको बिचबाट अन्तरसाम्राज्यवादी अन्तरविरोधहरु छताछुल्ल हुने छन् र साम्राज्यवादी युद्धको तयारीमा ती आर्थिक केन्द्रहरु लाग्ने छन् । कतिपय साना पुंँजीवादी मुलुकहरुलाई आत्मसर्मपण गराउदै पराधिन बनाउनतिर लाग्ने छन् । सायद ईराक अफगानिस्थानमा गरिएको सैनिक आक्रमण तथा ईरान र उत्तर कोरीयालाई बारम्बार दिईने अमेरिकी धम्की र नाकाबन्दीले यहि कुराको संकेत गरिरहेको प्रस्ट देखिन्छ । यसरी एक ध्रुवीय हुदै गईरहेको साम्राज्यवादको संकट चौतर्फी रुपमा बढेको देखिन्छ । Ôण Ôणमा हुने यस्ता परिर्वतनहरुले विश्व आर्थिक संकटको विस्फोटन धेरै देशहरुका राष्ट्र राज्यका आर्थिक परियोजनाहरुमा गढबढी खुल्ला र गुप्त रुपमा राजनीतिक संकटहरुको प्रभाव नयाँ नयाँ युद्धका खतराहरु पर्यावरणीय खतरा आदि आजका अन्तर्राष्ट्रिय समस्याहरु हुन् । यसका साथै एक धु्रवीय साम्राज्यवादका बिरुद्ध भेनेजुयला बोलिभिया इक्वेडर कोलम्बीया लगायतका ल्याटिन अमेरिकी देशहरु कतिपय ईस्लामिक देशहरु तथा एसिया र अपि्रुकाका कैयांै देशहरुमा उदारवादी नव साम्राज्यवाद विरोधी संर्घÈका संकेतहरु पनि प्रष्ट देख्न सकिन्छ । साम्राज्यवादका नवऔपनिवेशिक लुट विरुद्ध आफ्नो राष्ट्रिय स्रोतहरुको संरÔण नगरिकन एसिया अपि्रुका र ल्याटिन अमेरिकाका कैयंांै भू-भागमा सामन्ती र पुंजीवादी संरचनाहरुमा विजय प्राप्त नगरिकन नयाँ समाजवादी स्वाधीन विश्व निर्माण हुन सक्दैन । यसरी विश्वको आर्थिक संकटको परिस्थितिलाई हेर्दा हाम्रो देश ज्यादै गम्भिर आर्थिक अवस्थामा अवस्थित छ । भर्खरै सार्वजनिक भएका केही अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले हाम्रो देशले प्रतिस्पर्धात्मक Ôमता गुमाउदै गएको भनेको छ । विश्वका १४० देश मध्ये हाम्रो अवस्था १३० आंैमा पुग्नुले हामीलाई धेरै गम्भिर बनाएको छ यसकारण प्रत्येक नेपाली गम्भिर हुनै पर्दछ । हाम्रो देशमा व्यवसाय सन्चालन र आर्थिक बृद्धिका समस्याहरुमा अस्थिरता भ्रष्टाचार राजनीतिक अन्यौलता कर्मचारी संयन्त्रको असÔमता श्रम समस्या पूर्वाधारको कमी आदि छन् । एकातिर विशाल चीन र अर्को तिर विशाल भारतको अर्थतन्त्र भित्र रहेको हाम्रो देशले अहिलेको विश्व परिस्थितिमा कुन बाटो लिने भन्ने कुरा प्रष्ट पार्न सक्नुपर्दछ । सामन्तवादी राजनीतिक परिस्थितिले सयांै वÈ्र गाजिएको देशमा तिव्र गतिमा पुंजीवादको विनास हुने सम्भावना थिएन । एकात्मक शाहवंशीय राजतन्त्रको अन्तपछि हाम्रो देश संक्रमणकालको विशिष्ट परिस्थितिमा प्रवेश गरेको छ । वर्गीय जातीय Ôेत्रीय लैंगिक साँस्कृतिक भािÈक आदि Ôेत्रका उत्पीडनहरु जस्ताको तस्तै छन् । भूमिमाथिको पूरानो जमिनदारी स्वामित्व जस्ताको तस्तै छ । राष्ट्रिय स्तरका उद्योगहरु धरासायी बनेका छन् । जनताका आधारभूत समस्याहरु खासगरी आवास खाद्यन िशÔा स्वास्थ्य रोजगार आदिबारे राज्यका कुनै पनि योजनाबद्ध परियोजना छैन । देशको अर्थतन्त्र र राजनीतिमा भारतीय प्रभाव अस्वाभाविक रुपमा बढेर गएको छ ।
यस्तो परिस्थितिमा बाँचिरहेको देशलाई आजको एक्काईसांै सताब्दीमा कसरी विश्वसामु उभ्याउने भन्नेबारे राजनीतिक पार्टीहरु पनि अन्यौलता र अकर्मन्यतामा छन् । सायद आजको युगमा अभिव्यक्त भएको नव साम्राज्यवाद र Ôेत्रीय विस्तारवाद विरुद्ध संर्घÈ नगरिकन देशलाई स्वाधीन संवृद्ध र स्वतन्त्र बनाउन सकिदैन । जसरी विश्वमा नव उदारवादी पुंजीवादी प्रणालीमा क्रमशै संकट देखिन थाल्यो र तेस्रो विश्वको खोजी हुन् थाल्यो सायद त्यसको विकल्प आजको एक्काईसौ सताब्दीमा पनि वैज्ञानिक समाजवादले दिन सक्ने छ । विश्व समाजवादी आन्दोलनको क्रममा देखा परेका केही सीमा र कमजोरीहरुलाई सच्याउन सक्ने हो भने आगामी वीस तीस वÈ्रमा आउने आर्थिक संकटबाट संसारलाई बचाउन सकिन्छ । अन्यथा अन्यायपूर्ण युद्धको विवेकहिन जंगली राजमा विश्व फर्किने सम्भावना रहन्छ । यति बेला यहि विश्व परिस्थितिर र हाम्रो देशको अवस्थामा नेपाली काँग्रेसमा नयाँ सैद्धान्तिक बहस सुरु भएको देखिन्छ ।
दुई रेडपाण्डा भेटियो
जमुनाको हाँगेथाम र मावुको दोबाटे स्थित बलु वनमा पाण्डा भेटिएको टिएमआइका फिन्जु शेर्पाले जानकारी दिनुभयो ।
दुर्लभ भालुको प्रजातिमा पर्ने रेडपाण्डा इलामको हाँगेथाम दोबाटे लालबास कैयाकट्टालगायतमा स्थानमा पाईनछ । रेडपाण्डा अध्ययनका लागि इलाम आइपुगेको न्युजिल्यान्डका चिडियाखाना निर्देशक एन्जिला टिएमआई र रेडपाण्डा नेटवर्क नेपालको एक टोलीले अध्ययनका क्रममा रेडपाण्डा फेला पारेको हो ।
सो क्षेत्रमा रेडपाण्डाको सख्या धेरै हुनसक्ने टोलीको अनुमान छ । यसअघि ८ देखि १० वटासम्म रेडपाण्डा ती जंगलमा भएको तथ्यांक सार्वजनिक गरिएको थियो । केही महिनायता भने रेडपाण्डा बाक्लै देखिन थालेको स्थानीयवासीले बताएका छन् ।
मृतकलाई आईसीयुमा राखेर रकम असुली
मोरङको कसर्ियामा भदौ २१ गते दुर्घटनामा मृत्यु भएका गोविन्दपुर-९ पाटीयापाडाका ४९ वर्षीया भिमबहादुर दर्जीलाई तीन दिन आई।सी।यू।मा राखेर न्युरो अस्पतालले पीडित परिवारबाट रकम असुलेको हो ।
मोरङको कसर्ियामा मोरङ डाइनिया-८ का कमलकुमार साहले चलाएको को ४ प १८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि दर्जीलाई प्रहरीले न्यूरो अस्पताल पठाएको थियो । आफन्तजनले दर्जीको मृत्यु भइसकेको अस्पताललाई बताए पनि अस्पताले जर्वरजस्ती तीन दिनसम्म राखेको मृतकका साढुदाई हेमबहादुर खड्काले बताउनु भयो । ुमृत्यु भईसकेको छ हाम्रो मान्छेलाई विदा दिनुपर् यो भन्दा समेत अस्पतालले जर्वरजस्ती राखेर २४ गते … मात्र मृत घोषणा गर् योु-खड्काले बताउनु भयो । अस्पतालले दर्जीको मृत्यु भएको भन्दै विदा गर्ने बेलामा २ लाख ५० हजार रुपैयाँ उपचार खर्च लागेको भन्दै शव दिन अस्वीकार गरेको थियो । पछि एकीकृत माओवादी मोरङका इाचार्ज शिवकुमार मण्डलले जवानी बसेर शव अस्पतालबाट छुटाईदिएको पीडित परिवारले बताएका छन् ।
अस्पतालले दर्जीको मृत्युको घोषणा गर्नु अगाडि नै परिवारले तीनमा १ लाख ५ हजार रुपैयाँ भने अस्पतालमा बुझाईसकेका थिए । दर्जीको मृत्युपछि घरमा काजकिरियामा बसेकी श्रीमती दिलमाया कडेंल दर्जी आमा र छोराछोरी भने मृत्युको वियोग भन्दा ऋणको चिन्तामा परेका छन् । अस्पतालले टाउको अप्रेशन गर्नु छ भन्दै अनावश्यक चेकजाँच गरेर रकम असुलेको पीडित परिवारको भनाई छ ।
मृत्यु भए पनि जर्वरजस्ती राखेर हामीलाई ऋणमा डुबायो अब कहाँबाट त्यत्रो रकम तिर्नु- पीडित कडेंलले दुखेसो पोख्नुभयो । घटनाको विषयमा बुझ्न फोन गर्दा अस्पतालका प्रमुख विरेन्द्रकुमार विष्ट र प्रशासकीय अधिकृत विपुल श्रेष्ठ सम्पर्कमै आउन चाहनु भएन । अस्पतालको ०२१-५२२७५७ नम्बरमा पटक-पटक फोन गर्दा कर्मचारीले दुबैजनासँग सम्पर्क हुन नसक्ने बताएका थिए ।
संघीयताले मुलुक बलियोः राष्ट्रपित
इटहरी २
रामवरण यादवले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुँदैमा हिन्दु धर्मावलम्बीहरुले आत्तिनु नपर्ने बताउनु भएको छ ।
शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्राचिन हरिद्वारा चतराधाममा निर्मित कुम्भस्तम्भको उद्घाटन गर्दै राष्ट्रपति यादवले धर्मनिरपेक्षताले मुलुकमा बस्ने सबै जातजाति धर्म सम्प्रदायलाई बराबर सम्मान दिने बताउनु भयो । राष्ट्रपति यादवले
संघीयताले मुलुक विभाजन नहुने बरु झन बलियो हुने बताउनु भयो । उहाँले भन्नु भयो- संघीयताले नेपालमा रहेका सबै जाति धर्म सम्प्रदाय लिङगीय क्षेत्रीय रुपमा समान राजनीतिक आर्थिक सामाजिक हैसियत र अधिकार प्राप्त गर्ने उहाँको भनाई थियो ।धार्मिक कार्यक्रममा सहभागी भए पनि उहाँले नेपाली जनतालाई शान्ति सुरक्षा दिलाउने संविधान चाडो नबनेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाले तीन करोड नेपालीका प्रतिनिधिहरु संविधानसभामा बसिरहेका छन् । संविधान बनाउने जिम्मा पाएका प्रतिनिधिहरुले चाडो संविधान बनाउन् भन्ने आग्रह गर्दछु । हैन भने बाटो विराउनेलाई जनताले माफ गर्दैनन् भन्नु भयो ।
राष्ट्रपति यादवले बराहक्षेत्र लगायत लुम्विनी पशुपतिनाथ मनकामना मुक्तिनाथ लगायतका महत्वपूर्ण धार्मिक क्षेत्रलाई आधुनिकीकरण गरी विश्व मानचित्रमा स्थापित गर्न सरकारसंग पहलका लागि आग्रह गर्ने बताउनु भयो । उहाले बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकसित गर्न पनि आग्रह गर्ने समेत बताउनु भयो ।
धार्मिक पर्यटकीय स्थल बरहक्षेत्रमा २०५९ सालमा मुलुकमै पहिलो पटक आयोजित कुम्भ महोत्सवको सम्झनामा ६९ फिट अग्लो कुम्भ स्तम्भको राष्ट्रपति यादवले…बाँकी चार पेजमा उद्घाटन गर्नु भयो ।
कुम्भस्तम्भ उद्घाटन संगै राष्ट्रपति यादवले संस्कृतिविद डा। सोमनाथ खतिवडाले लेखेको बराहक्षेत्रको सांस्कृतिक सम्पदा र प्राज्ञ दधिराज सुवेदीले लेखेको जगदगुरु बालसन्त महाराजजीको जीवनी पुस्तक विमोचन गर्नु भएको थियो । कुम्भ स्तम्भ उद्घाटन मुल समारोह समितिका अध्यक्ष गणेश सुब्बा विरहीले बराहक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न कुम्भ स्तम्भ निर्माण गरिएको बताउनु भयो । धरानबाट बराहक्षेत्रको चतरा १७ किलोमिटर पश्चिम पर्छ ।
राष्ट्रपति यादवले तीन दिनसम्म चल्ने पंडित सभाको उद्घाटन शुक्रबार नै गर्ने कार्यक्रम भए पनि मौसम खरावीको कारण बराहक्षेत्रमा हेलिकोप्टर जान नसके पछि भारतबाट आएका कैलाशनन्द महाराजले पण्डित सभाको उद्घाटन गर्नु भएको थियो ।
विरामीको मृत्युपछि अस्पतालमा तनाव विराट अस्पताललाई लापर्वाहीको अर्को आरोप
उपचारमा लापर्बाही गरेपछि विरामीको मृत्यु भएको भन्दै पटक-पटक विवादमा आउने विराटनगर स्थित विराट नसर्िङ्ग होम विराट हस्पिटल एण्ड रिसर्च सेण्टर लाई फेरि लापर्वाहीको आरोप लागेको छ ।
एपेन्डिक्सको शल्यकि्रया गरेकी सुनसरीको भादगाँउ सिनुवारी ९ झुम्काकी ४२ वर्षीया राधा ढकालको अस्पतालमै मृत्यु भएपछि आफन्तले चिकित्सकको लापर्वाहीले उनको मृत्यु भएको आरोप लगाएका हुन् ।
भदौ २८ गते पेट असाध्यै दुखेपछि अस्पतालमा आएकी ढकालको सोही दिन डा। आरके शावुले शल्यकृया गर्नुभएको थियो । शल्यकृयापछि भदौ ३१ गते अस्तालबाट डिस्चार्ज भएकी ढकाललाई शुक्रबार अत्याधिक पीडा भएपछि परिवारजनले उपचारार्थ पुनः भर्ना गरेका थिए ।
अस्पतालमा भर्ना भएको केहि बेरमै शुक्रबार राति उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापर्वाहीको कारण ढकालको मृत्यु भएको आरोप लगाएका हुन् । मृतकका आफन्त तथा परिवारजनले दोषी चिकित्सकलाई कार्वाही र क्षतिपूर्तीको माग गर्दै शनिबार बिहान अस्पताल घेराउ गरेका थिए ।
मृतकका भााजा कृष्ण आचार्यले अस्पतालको चरम लापर्वाहीकै कारण माईजुको मृत्यु भएको दावी गर्नुभयो । एपेन्डिक्सको विरामीको सामान्य अप्रेशनमा मृत्यु हुने संभावनन नरहेकोले दोषीलाई कार्वाही गर्न माग गर्दै उहाँले अस्पतालले १० हजार रुपैयाँ खर्च दिने लज्जास्पद प्रस्ताब गरेको जानकारी दिनुभयो ।
चिकित्सकले अप्रेशनमा लापरवाही गरेका कारण विरामी मृत्यु भएको भन्दै पीडित परिवार र गाँउलेहरुले अस्पतालमा नारावाजी गरेका थिए । उनीहरुले पटक-पटक लापरवाही गरेर विरामीको हत्या गर्ने अस्पतालमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।
अस्पतालमा तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । पीडित पक्षले भने प्रहरीले अस्पतालको पक्ष लिएर वार्तामा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । पीडित परिवारले सामान्य शल्यकि्रया गरेका विरामीहरुको मृत्यु लापर्वाही वाहेक अन्य कारणले नहुने जिकिर गर्दै अवेरसम्म शव बुझ्न अस्विकार गरेका थिए ।
अस्पतालले भने एपेन्डिक्स्को अप्रेशनका कारण नभई हर्ट अट्याक्ट भएर बिरामीको अचानक मृत्यु भएको दावी गरेको छ । अस्पतालका डा।ज्ञानेन्द्र कार्कीले शल्यकि्रयापछि कहिलेकाही यस प्रकारको दुर्घटना हुनसक्ने भन्दै चिकित्सकहरुमाथि आरोप नलगाउन आग्रह गर्नुभयो ।
निजी लगानीमा साचालन भएका …बाँकी चार पेजमा अधिकांश अस्पतालमा उपचार गराउँने विरामीहरुले चिकित्सकको लापार्वाहीकै कारण ज्यान गुमाएको यो पहिलो घटना होइन । बिराट हस्पिटल एण्ड रिसर्च सेन्टरमा गएको दुई वर्षमा ७ वटा यस्ता घटना भएका छन् ।
झापा खुदुनाबारीकी लक्ष्मि ढुंगेलको मृत्यु भएपछि पीडितहरुले अस्पतालमा तोडफोड नै गरेका थिए । अस्पतालले लापरवाही भएको स्विकार गर्दै उनीसहित तीन वटा मृत्युका घटनामा क्षतिपुर्ती उपलब्ध गराएको छ । अस्पतालमा पटक-पटक यस प्रकारको घटना भई बद्नाम भएपछि साचालकले बिराट नसर्िङ होमको नाम परिवर्तन गरी अघिल्लो वर्ष बिराट हस्पिटल एण्ड रिसर्च सेन्टर बनाएको हो ।
अस्पतालमा पित्तथैलिमा रहेको पथरीको उपचारको लागि झापाको दमकबाट आएकी गितादेवि सिटौलाको अघिल्लो वर्षको साउनमा मृत्यु भएपछि ठूलो तनाब भएको थियो । सिटौलाको नसर्िङ होमका साचालक डा।ज्ञानेन्द्रमानिसंह कार्कीले शल्यकि्रया गरेको केही समयमा मृत्यु भएपछि पीडित परिवारले उनी विरुद्ध ज्यान मुद्धा समेत दायर गरेको थियो ।
स्त्री रोग विशेषज्ञ रहेका कार्कीले पथरीको शल्यकि्रया गरेका कारण उनको मृत्यु भएको भन्दै दायर ज्यान मुद्दा भने पहुँचको कारण अघि बढ्न सकेन ।
त्यसअघि विराटनगर-६ निवासी निलम न्यौपाने बस्नेतको सोही अस्पतालमा सामान्य शल्यकि्रयाको क्रममा निधन भएको थियो ।
विराट अस्पतालमा अधिकांश घटना चिकित्सकको लापार्वाहीकै कारण विरामीको मृत्यु हुने गरेको आरोप पीडित पक्षले लगाउने गरेका छन् । तर अस्पतालले भने त्यसलाई अस्वीकार गरेपनि क्षतिपूर्ती रकम दिएर घटना सामसुम बनाउने गरेको छ ।
निजी लगानीमा स्थापना भएका अस्ताल सेवा भन्दा व्यापारमुखी भएकोले धेरै रकम तिरेपनि विरामीहरुले उपचारकै क्रममा ज्यान फाल्नु पर्न थालेको छ । मोटो रकम असुलेपनि उपचार गराउन आएका सेवाग्राही भने सन्तुष्ट हुने गरेका छैनन् ।
अबको रेस
असोज १ गते नेपाली काँग्रेसको बाह्रौं महाधिवेशनको उद्घाटन कार्यक्रममा एमाओवादी पार्टीका अध्यक्ष प्रचण्ड मुख्य आर्कषण वन्नु भयो । आधा दर्जन विदेशी र एक दर्जन वढी नेपालका राजनैतिक
दलका नेताहरुले भाषण गर्नु भएको उक्त कार्यक्रममा सबैभन्दा बढी कामरेड प्रचण्डको भाषणले व्यापकता पायो । उहाँले अर्काको मन्चमा भएपनि ढुक्कले मुलुकका समस्याप्रति गम्भिर बन्दै आफना कुरा निर्धक्क राख्नुभयो । उहाँले भन्नु भयो- सात सात पटक प्रधानमन्त्रीको चुनाव गर्दा पनि पार नलागेपछि अव मुलुकलाई नयाँ पाराले निकास दिन मैले प्रधानमन्त्री चुनावको रेस छोडें । अनि उहाँले यो पनि भन्नुभयो काँग्रसले माओवादीलाई मूलधारमा ल्याएको हैन ।कामरेड प्रचण्डले भाषण गरिसकेपछि भिड पनि तितर वितर भयो । काँगे्रसबाट प्रधानमन्त्रीको चुनाव सातै पटक लड्नु भएका रामचन्द्र पौडल प्रचण्डपछि बोल्ने क्रममा बुढो स्वरमा बोल्नु भयो-लोकतान्त्रिक मुलुकमा सहमतीबाट प्रम छानिदैन । त्यो विधि सम्मत हुदैन र अपवाद मात्रै हुन्छ । उहाँले काँग्रसले नै मुलुको नेतृत्व सम्हाल्ने दाबी गर्नु भयो ।
विभिन्न टेलिभिजनबाट देशभर प्रत्यक्ष प्रसारण भएको उक्त भाषणको निक्कै चर्चा परिचर्चा भैरहेको छ । देशका ठुला दैनिकहरु मात्र नभएर विविसि नेपाली सेवा र अन्तर्राष्ट्रिय संच्ाार माध्यमहरुले पनि प्रमुखताका समसामयिक भाषण मानेर चर्चा परिचर्चा गर्दै सम्प्रेषण र प्रसारण गरे । चर्चाका लागि राजनैतिक एजेण्डा विहिन भएका गफाडीहरुले पनि गफको एजेण्डा फेला पारे । र पुस्तक पसल चौराह चिया पसलहरुमा सधैझै एमाओवादीलाई नै लक्षित गरेर गफ चुटिन थालिएका छन् । उनीहरुले आफूहरुले मात्रै लोकतन्त्र बुझेको स्वांग गरेर भन्ने गरेका छन्- काँग्रेस जे भन्छ यो मुलुकमा त्यहिँ हुन्छ ।
प्रतिकृयावादीहरुको आफ्नो एजेण्डा नहुने भएकोले उनीहरु अर्काले गरेको कि्रयामा नकारात्मक व्यवहार देखाउने प्रवृत्तिका हुन्छन् । यसैले पनि होला उनीहरुले सात पटक हारेपछि आठौ पटक पनि हार्नु नपरोस् भनेर प्रचण्डले लाज पचाउन प्रम छान्ने निर्वाचनको रेस छाडेको भनेर गफ छाँट्न थालेका छन् । यतिमात्र हैन मुलुकको परिवर्तनकारी राजनीतिमा उच्च पहुँच बनाएको र त्यसैतर्फ देशलाई लान चाहने एमाओवादीको व्यवहारदेखि रुष्ट भएकाहरुले एमाओवादीले देशलाई सकेरै छाड्ने रैछ भनेर पनि भन्न भ्याएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले काँग्रेसको सभामा प्रम बन्नका लागि निर्वाचनको रेस छाडेर जायज कार्य गर्नु भएको छ । अबको निकास भनेको सहमतीको राष्ट्रिय सरकार नै हो । र एमाओवादीले पनि यसैमा जोड दिदै आएको हो । एमाओवादीको राष्ट्रियताप्रति समर्थित सोचलाई निषेधको राजनीति ठान्नेहरुले नै प्रमको निर्वाचन भाँडेका हुन् । एमाओवादीले कहिल्यै पनि संसदीय रेसमा दौडन चाहेको हैन र छैन । आफूलाई भुक्तभोगी लोकतन्त्रवादी मान्ने दलहरुले भारतीय विस्तारवादीहरुको जालमा फँसेर मुलुकलाई निकास दिन चाहेनन् । उनीहरुले हरसम्भव एमाओवादीलाई फुटाउने दाउपेच गरिरहे । एमाओवादी फुटाउन शसक्त रुपमा मिडियाहरु परिचालन गरिए । लोभ र लाभको खेलमा पत्रकारहरुलाई फुटाउन काम गरिए । तर एमाओवादीले आफ्नो सहि नीति छाडेन । मुलुकलाई नयाँ संविधान दिनका लागि राष्ट्रिय सहमती सहितको सरकारलाई वाध्यकारी मान्यो । यसैले संसदीय फोहोरी खेलमा लडिरहनुको साटो नयाँ प्रकृयामा जानु उपयुक्त ठान्यो । र एमालेसँग तीन वुँदे सहमती गर् यो ।
कामरेड प्रचण्डले संसदीय निर्वाचनको फोहोरी रेस मात्र छाडनुभएको हो । तर मुलुकलाई निकास दिन नयाँ ढंगको रेस त भर्खर सुरु गर्न लाग्नुभएको छ । जसलाई टुंगोमा पुरयाउन आवश्यक छ । भनिन्छ जो जित्नका लागि रेस गर्छ जित उसैको हुन्छ र जसले जित्नेलाई हराएर जित्न खोज्छ उसले जहिल्यै हार्नु पर्छ । यसैले पनि रामचन्द्र पौडेल र केपी ओलीहरु आत्तिन थालेका छन् ।
मुलुकको वर्तमान राजनीतिले पनि जित जित्नैकै हुने प्रस्ट पारेको छ । कठिन रेस जित्न संसदवादीले भनेजस्तो सजिलो हुदैन । विचरा उनीहरुले प्रचण्डलाई सात चोटी हारे भनेर चित्त बुझाई रहेका छन् । तर अध्यक्ष प्रचण्डले सातै चोटीको निर्वाचनमा जित्नु भयो । हार्ने तर काँगे्रसका रामचन्द्र पौडल नै हुनुहुन्थो । जनताको पार्टीलाई जित्न नदिन उहाँहरु सधै हराउन लाग्नुभयो । तर कसै गर्दा पनि उहाँहरुले जित्न सक्नु भएन । लोभ देखाउनु भयो । मोर्चा बनाउन लगाउनुभयो । राष्ट्रको गोपनीयता समेत बेचेर टेप प्रकरण र एमाओवादी भित्र फुट आएको अफवाह पनि फैलाउनु भयो । र एमाओवादी भ्रष्टचारी भयो भनेर झुठो आरोप लगाउनु भयो । हराउन सकिन्छ कि भनेर उहाँले के गर्नु भएन सबै साम दाम दण्ड भेदको नीति अवलम्वन गर्नुभयो । तर जनताका लागि मूल्यको राजनीति गर्नेका अगाडि उहाँहरुको केहि लागेन ।
यसैले अबको रेस कुनै व्यक्तिवादी चिन्तनका लागि नभएर जनताको हितका निम्ति हुन आवश्यक छ । अबको रेस शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउनका लागि हुन आवश्यक छ । अबको रेस मुलुकलाई तत्काल नयाँ सरकार दिएर हावी हुदै गएका निरंकुशतावादीहरुलाई सदाका लागि परास्त गर्नका लागि आवश्यक छ । फेरि पनि उहि पुरानै ठर्राले रेसमा छिर्के लगाउने काम भए प्रतिकृयावादीहरुलाई जनताले तिरस्कार गरिसकेका पूर्व राजा ज्ञानेन्द्र र उनका भित्ति छोरा पारसले लोकतन्त्रको परिभाषा सिकाउँदै शासन गर्नेछन् र दलहरु तीनका दरवारमा दाम चढाउने परम्परालाई नै स्वीकार गर्न वाध्य हुनेछन् ।
एकजुट नभई संविधान बन्दैन
तर्क र तथ्य दुवैले काम नगरिरहेको अवस्थामा अहिले नेपालको राजनीति रुमलिरहेको छ । नेपालका प्रमुख तीन दलहरु संविधान निर्माणमा भन्दा सत्ता र सत्ता मोहभित्र लुकेको स्वार्थले जनताप्रतिको आफ्नो एकमात्र वचनवद्धता ुसंविधान निर्माणु बाट विमुख भएका छन् । नेपालमा छिमेकी र अन्य मित्रराष्ट्रहरुको हस्तक्षेप झन् उदाङ्गो भएको छ । सबल सक्षम र शिक्षित जनशक्ति विदेशिने क्रम बढेको छ । राजनीतिक अराजकता अव्यवस्था र अशान्ति चुलिँदै गएको छ । दैनिक यसैलाई झेलिरहेको आम नेपालीलाई यसको अनुभूति कुन हदसम्म छ थाहा छैन तर प्रवासमा आइपुगेका र यतै बसोबास गर्ने अधिकांशको विश्लेषण भने यही हो । संविधानसभाको निर्वाचनको परिणामले के प्रष्ट पारेको थियो भने देशको सबै राजनीतिक दलहरु खासगरी नेपाली काँग्रेस नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी एक जुट नभइकन संविधान बन्दैन । मिलेर संविधान बनाउ भन्ने नै त्यो जननिर्वाचनको जनादेश थियो र दलहरुबीचको सहमति पनि । तर तिनै दलहरु आज केवल सत्ता स्वार्थको लिप्सामा अल्झेर आफ्नो प्रमुख दायित्व निर्वाह गर्नबाट पन्छिरहेका छन् ।
नेपालको सन्दर्भमा अहिलेको तर्क र तथ्य गणितीय दुवै के हो भने एकीकृत नेकपा माओवादीको संलग्नताबिना संविधानसभामा अरु कसैको दुई तिहाइ पुग्दैन र माओवादी एक्लैको दुई तिहाई छैन । विडम्बना दुई तिहाई नजुटी संविधान बन्दैन । संविधान निर्माणको यो सामान्य र प्रष्ट आधारशीला अहिलेको यथार्थता हो । यसलाई नजरअन्दाज गरेका कारण प्रचण्ड र माधवकुमार नेपालले संिवधान निर्माणको प्रकि्रयालाई टुङ्गोमा पुर् याउन सकेनन् भने अब रामचन्द्र झलनाथ वा अरु कुनै ऐरे-गैरे आए पनि त्यो काम पुरा हँदैन । केपी ओलीको बोली ज्ञानेन्द्रको गोलीले काम गर्ने भएको भए नेपालमा धेरै अगाडि धेरै कुरा भइसकेका हुन्थे । त्यसैले ुपर्ख झर्ला र खाउँलाु भन्नेहरुलाई गतिलो जवाफ दिने पनि तर्क र तथ्यमा अडिग भएर पहल गनुपर्छ नेपालका राजनीतिक दल र तिनका नेताहरुले ।
बारम्बार टार्दै आएको लडाकुहरुको समायोजन र जफत सम्पत्ति मौलिक हकवालालाई फिर्ता गर्ने कुरा नै अहिलेको समस्या हो । अगाडि आफ्नै समर्थनमा सत्तामा पुर् याइसकेको दललाई अहिले आएर नागरिक पार्टी बन्न आह्वान गर्ने अड्को थाप्नु मात्र हो । नागरिक पार्टीको व्याख्या के हो प्रष्ट भन्ने हो भने राष्ट्र र जनताप्रति उत्तरदायी र जवाफदेही हुनु नागरिक पार्टी हुनु हो । यस अर्थमा बुझ्ने हो भने माओवादी मात्र होइन नेपालका कुनै पनि राजनीतिक दल नागरिक पार्टी कहलाउन योग्य छैनन् ।
अब लडाकु शिविरमा राखेको आधारमा वा बाहिर घुमेका कारण नागरिक पार्टी होइन भनेको हो भने अनमिनलाई बलियो बनाउने र अपराधीलाई कठघरामा उभ्याउने काम पनि सरकारको हो । लडाकु समायोजनको कुरामा काँग्रेस एमालेले विभिन्न बुँदे सम्झौतामा हस्ताक्षर गरेको कुरालाई नर्बिसिकन समझदारीपूर्ण र तर्कयुक्त निष्कर्षमा पुग्न कोसिस गनुपर्छ । विज्ञहरुले औल्याएका क्षेत्रहरु नेपाली सेना सशस्त्र प्रहरी प्रहरी औद्योगिक सुरक्षा वैदेशिक रोजगारी र समाजमा पुनस्र्थापनाजस्ता विकल्पहरुलाई्र प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउनुपर्छ ।
समान हक र अधिकारका लागि सशस्त्र संघर्ष गरेको दलले आपुू केन्द्रमुखी राजनीति र सत्ता स्वार्थमा रमाएर प्रकि्रयाका क्रममा शिविरमा पुगेका आमनागरिकलाई उनीहरुको स्वेच्छा र तिनै मौलिक हक अधिकारबाट वन्चित गर्न मिल्दैन । संसारको इतिहासमा शासक वर्ग मात्र होइन सांसारिक संरचना नै क्षत- विक्षत भएर पुनः निर्माण भएका सयाँै घटनाहरु उल्लेख छन् । त्यसैले केवल राष्ट्र र जनताप्रति उत्तरदायी र जवाफदेही हुँदै तर्क र तथ्य अगाडि राखरे संिवधान निर्माण र ताजा जनादेशको बचनवद्धतालाई्र पूरा गर्न जरुरी छ । र यो नै वास्तवमा दलहरु र तिनका नेताहरुको राष्ट्र र जनताप्रतिको संकल्प र जवाफदेहिता हो ।
प्रचण्डले उम्मेदवारी फिर्ता लिने

+++++एमाले र माओवादीबीच तीन बुँदे ++++++++++++
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेकपा एमाले र माओवादी शीर्ष नेताहरुबीच शुक्रबार भएको तीन बुँदे सहमति अनुसार अध्यक्ष प्रचण्डले आपुनो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
परिणामहिन निर्वाचनको श्रृंखला गलत भएको ठहर गर्दै दुबै दल आगामी १० गते हुने प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री निर्वाचनको वर्तमान प्रकृया अन्त्य भएर नयाँ प्रकृया आरम्भ नभएसम्म निर्वाचन प्रकृरयामा दुबै दल सहभागी नहुने सहमति कायम भएको छ ।
प्रचण्डलले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल आगामी निर्वाचनमा एक्ला उम्मेदवार हुनेछन् । संविधान सभामा प्रतिनिधित्व गर्ने ठूलो दल माओवादी र तेस्रो ठूलो दल एमाले निर्वाचन प्रकृयामै सहभागी नभएपछि पौडेलको पक्षमा बहुमत जुट्न असंभव छ ।
एमाले नेता केपी ओली र प्रधानमन्त्री माधबकुमार नेपालले काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने दबाब पार्टीमा दिइरहेको बेला दुई दलबीच नयाँ सहमति कायम भएको हो । दुई नेताबीचको वार्तामा नेपाली काँग्रेसलाई पनि उम्मेदवारी फिर्ता गर्न आग्रह गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीका लागि जारी निर्वाचन प्रकृयाले कुनै निश्कर्ष दिन नसक्ने निचोडमा दुबै दल पुगेको उनीहरुले बताएका छन् । सहमतिपछि एमाले अध्यक्ष ´लनाथ खनालले दुई दलबीच भएको सहमतिले अब नेपालको राजनीतिले नयाँ कोल्टो फेर्ने बताउनु भयो ।
सहमति पत्रमा एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नुभएको छ ।
दलहरु एकजुट हुनुपर्छु

काठमाडौं १
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले वीपीले बुझेको राष्ट्रियता र लोकतन्त्रलाई ध्यान दिन सबैलाई आग्रह गर्नु भएको छ । नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले गिरिजाप्रसाद कोइरालामा पनि राष्ट्रियता र लोकतन्त्रप्रतिको धारणा वीपीको जस्तै उहाँले उल्लेख गर्नु भयो ।
शान्ति प्रकि्रयालाई यहाँसम्म ल्याउन आफू र गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नु भयो । नेपाली राजनीतिक दलहरु एकजुट नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नसकिने उहाँको धारणा थियो । शान्ति र संविधान लेखन कार्य सबैभन्दा ठूलो चुनौती भएकोले यसबारे महाधिवेसनमा छलफल गर्न उहाँले काँग्रेसलाई आग्रह गर्नु भयो ।
नेपाली काग्रेसको १२ औँ महाधिवेशनको कार्यवाहक सभापति सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा एमाले अध्यक्ष झलनाथ खनाल समाजवादी प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष प्रेमबहादुर िसंह नेपाल सदभाव पार्टीका नेता श्यामसुन्दर गुप्ता राप्रपाका नेता पर्शुराम खापुङ राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले महाधिवेसनको सफलताको कामना व्यक्त गर्दै मुलुक अझै पनि खतरामा रहेको बताएका थिए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले महाधिवेसन सफलताको शुभकामना दिद्यदै लोकतान्त्रिक आन्दोलनलाई निरन्तरता अगाडि बढाउन काँग्रेसलाई आग्रह गर्नु भयो । सहमति सहकार्य र एकताको विकल्प नभएको अध्यक्ष नेम्वाङको भनाई थियो ।
त्यसै गरी नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी नेपाली जनता दलका नेता कविराज तिम_िल्सना नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।
…॥बाँकी चार पेजमा नेकपा मालेका महासचिव सीपी मैनालीले काँग्रेस पुरानो र संघर्षशिल पार्टी भएको उल्लेख गर्नु भयो । त्यसै गरी शुभकामना दिनेहरुमा तराई मधेसी लोकतान्त्रिक पार्टीका नेता हृदेश्य त्रिपाठी भारत काँग्रेस आईका नेता सदानन्द िसंह भारतीय जनता पार्टीका उपाध्यक्ष भरत कोशीयारी कम्यूनिष्ट पार्टी अफ इन्डीयाका नेता गिरिस शर्माले भारतीय कम्यूनिष्ट पार्टी मा_िक्ससका नेता जोगेन्द्र शर्मा नेपालका लागि चिनियाँ राजदूत एवं चिनियाँ कम्यूनिष्ट पार्टीका तर्फबाट क्यू गो होङ रहनु भएको छ ।
Friday, September 17, 2010
उत्कृष्ठ विद्यार्थीहरु सम्मानित
बिहिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी केन्द्रले विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा छात्रातर्फ सिनाम उच्च माध्यमिक विद्यालयका शुस्मा थेबे लिम्बू ७७ प्रतिशत र छात्रतर्फ सरस्वती उच्च माध्यमिक विद्यालय हाङपाङका विष्णुप्रताप साँवा लिम्बू ७५।१३ रहेका छन् । सम्मानित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद निरौलाले नगद तथा ताम्रपत्र प्रदान गर्नु भएको थियो ।
लिम्बू समुदायबाट प्रबेशिकामा सर्वोत्कृष्ट हुने छात्रा-छात्रलाई केन्द्रले चार वर्षदेखि निरन्तर सम्मान गर्दै आएको जनाएको छ ।
कक्षा १२ को परीक्षाफल प्रकाशित
उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को व्यवस्थापन मानविकी र शिक्षा संकायको परीक्षाफल बिहीबार प्रकाशित गरेको छ ।
बैशाख १६ देखि जेठ १८ गतेसम्म लिइएको परीक्षामा नियमिततर्फ ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा नियमिततर्फ कुल ३ लाख १ हजार विद्यार्थी सहभागी भएकोमा ८४ हजार ४ सय १८ जना उत्तीर्ण भएका छन् । परिषद्का परीक्षा नियन्त्रक देवी वाराकोटीका अनुसार आंशिक परीक्षामा ३९ हजार ८ सय ७३ जना अर्थात् ४४ दशमलव २९ प्रतिशत उत्तीर्ण छन् ।
आम्दानीको राम्रो स्रोत बन्दै छ बाख्रापालन

इलाम भदौ
सोयाङ्ग ५ की देवीमाया निरौलाले सिङ्गेथुम्का आयमुलक बाख्र्रापालन समुहको अध्यक्ष भएर काम गरेकी पनि लामो समय भई सक्यो । उनले बाख्रापालनले गाउँको मुहार फेर्न सकिन्छ भन्ने प्रेणा दिएकी छिन् गाउँमा सामुहिक बाख्रापालनको नेतृत्व गरेर । गाउँकै महिलाहरुको सकि्रयतामा समुह गठन गरि बाख्रपालन गरिएको यहाँका महिलाहरुले अहिले बख्रापालन नै अहिले आयको स्रोत बनाएका छन् ।
सोयाङ्-५ महिलाहरु यतिखेर समुहमार्फत व्यावसायीक बाख्रापालन तर्फ आकर्षित भएका छन् । छ वर्ष अघि जिल्ला पशुसेवा कार्यालयको पहलमा गठित सिङ्गेथुम्का आयमुलक बाख्रापालन समुह मार्फत बाख्रा साटासाट कार्यक्रम साचालन भएर आम्दानी हुन थालेपछि महिलाहरु व्यवसायिकता तर्फ लागेका हुन् । २०६१ साल पुषमा गठन भएको यो समूह हाल आएर जिल्लाको नमुनाको रुपमा परिचित भएको छ ।
समूह गठन गर्दा १० जना महिलालाई १० माऊ बाख्रा र एउटा बोको वितरण गरिएको थियो । तर बाख्रा साटासाट कार्यक्रम साचालन भएपछि ५० जनाको सो समूह बाख्रापालनतर्फ आकर्षित हुन थालेका हुन् । संस्थामा आवद्ध स्थानीय डम्वर आचार्यले अहिलेसम्ममा करिब ६० हजार रुपैयाँ आम्दानी गरेको बताए । समूहमा लागेर काम गर्न थालेपछि आयआर्जन बढेको उनी बताउँछन् । उनका घरमा आठ वटा विभिन्न जातका बाख्रा पालिएको छ । सन्तान उत्पादनको उदेश्य राखेर पालिएकाले पहिलो सन्तान समूहका नाममा जम्मा गर्ने गरिन्छ । यहाँका बाख्रा पाल्नका लागि जोगमाई मङ्गलवारे सिद्धिथुम्का बरबोटे जमुना विभिन्न गाविसमा बीऊका लागि बाख्राको माग आउन थालेको छ समूहकी अध्यक्ष देवीमाया निरौलाले बताइन् ।
५ नम्वर वडाका ६२ घरमा उन्नत जातका बाख्रा पालिएको छ । जिल्ला पशुसेवा कार्यालयले पनि जिल्लामै नमुनाको रुपमा यो बाख्रापालन समूह रहेकाले श्रोतकेन्द्रका रुपमा विकास गर्दै लैजाने जनाएको छ । स्थानीय ममता राईले १४ हजारमा एउटा बोका बिक्री गरेको बताइन् । छिट्टै आम्दानी हुने भएपछि महिलाहरु बाख्रापालनमा लागेको स्थानीय कमला संजेलले बताइन् । एक वर्षमा उनले ३५ हजारका खसी विक्री गरेको सुनाइन् । त्यहाँको नियम अनुसार बोकामा बाख्रा लगाएबापत समूहका सदस्यबाट ५० रुपैयाँ र समूह बाहिरका भए एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ५० मध्ये १० रुपैयाँ समूहको हितका लागि र बाँकी बोका पाल्ने व्यक्तिलाई दिने गरिन्छ भने एक सय रुपैयाँ मध्ये २० समूहलाई र बाँकी पाल्नेलाई दिइन्छ । समूहमा अहिले करिब ५५ वटा माऊ बाख्रा र दुई वटा बोका र अन्य पाठापाठी रहेको समेत अध्यक्ष निरौलाले जानकारी दिइन् । अन्यत्रबाट हेर्न आएका महिलाले पनि समूहको सिको गरेर बाख्रा पाल्न लागेको उनी बताउँछिन् ।
त्यतिमात्र नभएर भर्खरै काठमाण्डौं स्थित टेवा भन्ने संस्थाले महिलाको सो समूहलाई प्रदान गरेको ५० हजार नगदबाट समेत उनीहरुले समूहमा २० वटा बाख्रा पालेका छन् । बाख्रा मर्दा हुने क्षतिलाई कम गर्न विमा कोष समेत स्थापना गरिएको छ । समूह गठन गर्दा पशुसेवा कार्यालयले पाँच हजार रुपैयाँमा स्थापना गरिदिएको बीमा कोष बढेर अहिले २० हजार रुपैयाँ पुगेको छ । ुपहिले पहिले कसैको बाख्रा मर्दा एक हजार रुपैयाँ देखि एक हजार दुई सय रुपैयाँसम्म क्षतिपूर्ती दिने गरिएको छ । अहिले क्षतिको मूल्याङ्कन हेरेर ५० प्रतिशत रकम यही कोषबाट संस्थाले व्यहोर्ने गरेको छ उनले भनिन् । समूहमा खरी र जमुनापारी जातका बाख्रा पालिएको छ ।
समूहमा आवद्ध हुन थालेपछि बचत गर्ने बानीको समेत विकास हुन थालेको छ । पाँच रुपैयाँबाट जम्मा गरेको संस्थामा अहिले एक लाख रुपैयाँ बचत छ अध्यक्ष निरौला भन्छिन् ुयो समूह महिलाका लागि बरदान सावित भएको छ ।ु आपतका बेला समूहमा ऋण काढेर सदस्यहरुले पैसा झिक्ने गरेका छन् । अहिले सम्ममा समूहले तीन सय भन्दा बढी बाख्रा उत्पादन गरेको जनाएको छ । बाख्रा विक्री गर्दा समूहमा दुई सय रुपैयाँ समूहमा जम्मा गर्नुपर्ने नियम बनाइएको छ । हाल आएर सो समूह गाविसका अन्य वडामा समेत विस्तार गर्ने लक्ष्य राखिएको छ ।
Thursday, September 16, 2010
घाईते चालकलाई राहत हस्तान्तरण
सुनसरीको धरान स्थित चार वटा मजदुर संगठनहरुले कट्टी आक्रमणबाट घाईते एक चालकलाई राहत प्रदान गरेका छन् ।
गत साउन १७ गते कट्टी आक्रमणमा घाईते भएका चालक राजु श्रेष्ठलाई मंगलबार मजदुर संगठनहरले २० हजार रुपैयाँ राहत प्रदान गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संघ नेपाल यातायात मजदुर संघ र नेपाल यातायात चालक संघले चालक श्रेष्ठलाई राहत रकम प्रदान गरेको हेा । को १ ख २१४१ नम्बरको कोशी साजीवनी बसका चालक श्रेष्ठलाई यात्रु लिएर धरानबाट काँकडभिट्टा जाने क्रममा तरहरा उत्तर पानीपीयाको जंगलमा धरान १९ चौकीवारीका राजेश राई र दिपक लिम्बुले कट्टी प्रहार गरेका थिए ।
विकृति रोक्न उर्लाबारीका महिलाहरु सकृय
मोरङको उर्लावारीलाई विकृति र विसंगति मुक्त क्षेत्र बनाउन स्थानीय महिलाहरु सकि्रय भएका छन् ।
बढ्दो शहरीकरणसँगै उर्लाबारीमा के
विकृति विसंगती निरुत्साहित समिति गठन गरी महिलाहरुले त्यस्ता कि्रयाकलापहरु साचालन हुँदै आएका होटल तथा लज जस्ता ठाउँहरुमा निगरानी बढाएका छन् । उनीहरुले उक्त कि्रयाकलाप रोक्न माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय संयुक्त बेश क्याम्प आइतबारे र इलाका प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
महिलाहरुको सम्मानगत स्वास्थ्य उर्लावारीको निमार्ण गर्न घुसखोरी बन्द गर्न अपराधीलाई कारवाही गर्न विकृति विसंगति बन्द गर्नुपर्ने मागसहित महिलाहरुले ज्ञापनपत्र बुझाएका हुन् । होटलहरुमा महिलाहरुलाई जवरजस्ती यौन कार्यमा संलग्न गराइएको भन्दै महिलाहरुले त्यसलाई रोक्न माग गरेको समितिकी अध्यक्ष तुलसा घिमिरेले जानकारी दिनुभयो ।
प्रशासनले विकृति नियन्त्रणमा कदम नचाले आन्दोलनमा उत्रने चेतावनी समेत महिलाहरुले दिएका छन् । समितिका गंगा वास्तोलाले विकृति विसंगती अन्त्य गर्न चासो नदिए आन्दोलन गर्ने बताउनु भयो ।
चाडपर्वसँगै नजिक आइरहेको बेला विकृति विसंगती रोक्न महिलाहरु सकृय भएका हुन् ।
स्थानीय पत्रकार केदार चौहानले महिलाहरुको उक्त कार्य एकदम सकारात्मक भएको बताउनु भयो । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख चक्र बस्नेतले विकृति विसंगती रोक्न आफु प्रतिवद्ध भएर महिलालाई साथ दिने बताउनु भयो ।
Tuesday, September 14, 2010
बाल श्रमिकहरुको अवस्था दयनीय
विराटनगर २९ भदौ÷ बालवालिकालाई श्रममा लगाउनु दण्डनीय भएपनि नेपाल भारत सीमा क्षेत्रमा चोरी तस्करी गर्नेहरुले उनीहरुलाई गैरकानुनी काम गराई रहेका छन् ।
पैसाको लोभमा पढ्ने उमेरका बालवालिका पढाई छोडेर त्यस्तो काममा लागेकोले उनीहरुको भविश्य चौपट एकातिर भइरहेको छ भने अर्कोतिर ती बालवालिकाको प्रयोग गरेर केही व्यक्तिहरु रातारात करोडपति बनिरहेका छन् ।
सीमा क्षेत्रबाट हुने अबैध सामान ओसारपसारमा बालवालिकाहरुको व्यापक प्रयोग भइरहेको भएपनि उनीहरुले पारिश्रमिक भने अत्यन्तै न्युन मात्र गरेका छन् । कम पारिश्रमिकमा प्रयोग गर्न सकिने र सुरक्षित पनि भएकोले व्यापारीहरुले सिमावर्ती क्षेत्रमा तस्करीमा बालवालिकाको प्रयोग गरेको पाईन्छ ।
विराटनगर २२ का १४ वर्षीय डोमा आलम केहि वर्षदेखि विराटनगर भन्सार क्षेत्र नजिकको चोर बाटो हुँदै सामान ओसारपसारमा प्रयोग हुँदै आएका छन् । आलम भारतीतर्फ सुपाडी अलैंची जस्ता सामान लाने र उताबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकका सामान ल्याउने काम गर्दै आएका छन् ।
सानै उमेरमा भारी बोक्ने काम गरेका आलमको कारण व्यापारीहरुले राम्रो कमाई गरिरहेका छन् तर उनलाई भने खानलाउन पनि धौ-धौ नै रहेको छ ।
विराटनगर २२ कै १६ वर्षीय आकास मण्डल र १५ वर्षीय दिपु मलाहा पनि केरियरको रुपमा सिमावर्ती बजार जोगवनी र विराटनगरको रानी क्षेत्रमा तस्करहरुको सामान ओसारपसार गर्नेकाम गर्दै आएका छन् । उनीहरुले जोखिमयुक्त काम गरे पनि खानलाउन बाहेक केहि गर्न पनि नसकेको बताए ।
बालवालिकाहरुलाई प्रहरी र भन्सार कर्मचारीहरुले चेकजाँच नगर्ने भएको कारण अहिले जोगवनीबाट हुने अबैध कारोबारमा दैनिक करिब एक सय बालवालिकाहरु प्रयोग भइरहेका छन् ।
विराटनगर २१ मा घर भएका १३ वर्षीय आशिष घोष र विराटनगर ११ असोक चौकका १२ वर्षीय मो। आजिम विराटनगर १४ कलेज रोड स्थित बेनी मद्रासी मारुती ग्यारेजमा काम गर्दै आएका छन् । उनीहरु विहानदेखि बेलुकासम्म खाली पेट गाडीमुनि पसेर ज्यानकै पर्वाह नगरी काम गर्छन् तर ज्याला भने पाउँदैनन् ।
४÷५ महिना अगाडि विराटनगर ७ रामपुरकी हर्कमाया पराजुलीले विना पारिश्रमिक घरेलु कामदारको रुपमा राखेकी मोरङ लेटाङकी १० वर्षीया रोसनी थापालाई कुटपिट गरी घाईते बनाएकी थिईन् । भनेजती काम नगरेको भन्दै बालिकामाथि कुटपिट गर्ने पराजुलीलाई वाल क्लबको सहयोगमा प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । कुटपिटवाट घाईते भएकी थापालाई उपचारपछि उनकै बुबा बोलाएर जिम्मा लगाईएको थियो ।
विराटनगरमा रहेका करिब ३ हजार बाल श्रमिकहरुको अवस्था माथि उल्लेखित भएकाहरुको जस्तै रहेको छ । मानवअधिकार तथा वातावरण माच फरेन का अनुसार विराटनगरमा २ हजार ७ सय ८१ जना बालवालिकाहरु बाल श्रमिकको रुपमा काम गरिरहेका छन् । त्यसमध्ये १ हजार ५ सय २१ जना बालिका रहेका छन् ।
श्रमको क्षेत्रका आधारमा सबैभन्दा बढी घरेलु कामदारको रुपमा १ हजार ३ सय ३२ जना कवाडी तथा प्लाष्टिक टिप्ने काम गर्ने ३ सय ५२ जना ज्यालादारीमा काम गर्ने २ सय ३५ जना उद्योगमा २ सय ३० जना र होटल तथा रेष्टुरेन्टमा ६२ जना बाल श्रमिक कम गरिरहेको फरेनको अध्ययनले देखाएको छ । यस बाहेक ग्यारेज सिमावर्ती क्षेत्रमा केरियरको रुपमा लगायतका काममा करिब ५ सयको संख्यामा बाल श्रमिक रहेका छन् ।
आठ वर्ष अगाडि विराटनगरमा करिब १२ हजार बाल श्रमिकहरु रहेकोमा अहिले त्यो संख्या घटेको छ । विराटनगर उपमहानगरपालिकाले सन् २०१५ सम्म वालमैत्री नगर बनाउने योजनाका साथ काम अगाडि बढाइरहेको अवस्थामा बाल श्रमिकको संख्यामा कमी आउनु सकारात्मक भएको नगरपालिका सामाजिक महाशाखाका प्रमुख तारानाथ निरौलाले बताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तेजलाल कर्णले बाल श्रमिकको जोखिम न्युनिकरण गर्न सरकारले प्रभाबकारी काम नगरेको बताउनु भयो । सरकारले १० वर्षे कार्ययोजनाको ५ वर्षे अबधीमा संख्यात्मक रुपमा बाल श्रमिक घटेको भएपनि जोखिम भने कम नभएको उहाँको भनाई छ ।
++++++प्रेमीद्वारा बलात्कारपछि हत्या+++++++++++
सँगै घुम्न गएकी धनकुटाकी एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् ।
आत्महत्या गरेको भनिएकी खोकु-४ धनकुटाकी जयकुमारी राईको शव शनिबार धनकुटाको गुराँसे डाँडामा फेला परेको थियो ।
धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत राईलाई गुराँसे डाँडामा रहेको भेडीगोठमा ´ुण्डिएर अवस्थामा प्रहरीले फेला पारेको थियो । धनकुटाबाट घर हिँडेकी राईले आत्महत्या गरेको बनाउन उनकै प्रेमीले हत्या गरेर झुण्ड्याएको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत उनका प्रेमी फरार रहेकाले नाम गोप्य राखेको धनकुटाका प्रहरी नायब उपरीक्षक अरुण बिसीले जानकारी दिनुभयो । हत्याराको पहिचान भइसकेको र उनी फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घर हिँडेकी राईलाई उनका प्रेमी र अर्का एक व्यक्तिले मारुती भेनमा राखेर धनकुटाको हिले बजारबाट पाख्रीबास घुमाएर गुराँसे पुर् याई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनलाई दुबै जनाले बलात्कार गरी हत्या गरेको बताइएको छ ।
´ुण्डिएर आत्महत्या गरेको जस्तो बनाइए शंकास्पद भएकोले प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । घटनामा राईका बुबा ज्ञानबहादुर राईले समेत छोरीले आत्महत्या नगरी उनको हत्या भएकाले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
घटनामा संलग्न राईको प्रेमीका साथी वसन्त भनिने एकलब्य राईलाई भने प्रहरीले मंगलबार पक्राउ गरेको छ । मुख्य हत्यारा समेत चाँडै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।
Monday, September 13, 2010
अनमिनको म्याद थप्न सरकार-माओवादी सहमत
नेपालको शान्ति प्रकृयामा मध्यस्तता गर्दै आएको राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद पुरानै कार्यदेश बमोजिम चार महिना थप्न सरकार र माओवादी सहमत भएका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डवीच सोमबार साँझ भएको छलफलमा चार बुँदे सहमति भएको हो । सो सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । जसअनुसार अनमिनको म्याद पुरानै कार्यदेशअनुसार चार महिना थपिने छ ।
सरकारले मंगलवार नै राष्ट्रसंघीय सुरक्षा परिषद्लाई पत्र पठाउने र माओवादीले पनि सो विषयमा छुट्टै पत्र सुरक्षापरिषद्लाई पठाउने बताइएको छ ।
सेनालाई अनमिनको अनुगमनमा राख्ने वा नराख्ने विषयमा दुवै पक्षवीच भएको विवादका बारेमा भने केही उल्लेख गरिएको छैन । सरकारपक्षीय गठवन्धनले सेनालाई अनमिनको अनुगमनमा राख्न नहुने प्रस्ताव गरेका थिए भने माओवादीले नेपाली सेनालाई पनि अनुगमनमा राख्नुपर्ने बताउंदै आएको थियो ।
बालविवाह विरुद्ध सामूहिक अभियान आवश्यक

*********************गणेश लम्साल************************
विराटनगर १८ जतुवा टोल बस्ने २० वर्षका धिरेन्द्र यादवले विराटनगरकै एक स्कूलमा कक्षा ५ मा अध्ययनरत १४ वर्षीया बालिकालाई गत फागुनमा सामाजिक परम्परा अनुसार विवाह गरे । बालिकाले भने आपुनो बिहे गर्ने उमेर नभएको र जबरजस्ती विहे गराएको भन्दै यादवसँग बस्न मानिनन् । भागेर माईत आएकी उनलाई आमा र दिदी-भिनाजुले सामाजिक नियम नमानेको भनेर दुत्कार्दै यादव नै लोग्ने भएकोले उसँगै बस्न दबाब दिए । तर ती बालिकाले स्वीकार गरिनन् । लोग्ने भनिएका धिरेन्द्रले आपुूले २५ हजार खर्च गरेर सामाजिक परम्परा अनुसार विहे गरेको भन्दै वालिका पढ्ने विद्यालयमै आएर आपुूसँग जान दबाब दिँदै अपहरण गरेर लाने प्रयत्न समेत गरे । अन्त्यमा लोग्ने बनाइएका धिरेन्द्रदेखि आजित भएकी ती बालिकाले प्रहरीमा उजुरी दिएपछि प्रहरीको महिला सेलले बालिका बालिग नहुँँाजेल धिरेन्द्रले जवरजस्ती गर्न नमिल्ने भन्दै सम्झाएर पठायो ।
प्रहरीले सम्झाएपछि पनि धिरेन्द्रले विहे खर्च पनि नपाएको भन्दै श्रीमतिलाई आपुूले लान पाउनुपर्छ भन्दै बालिकाकी आमा र आफन्तलाई दवाब दिईरहे । आजित भएकी बालिका साथीहरुकोमा लुकेर बस्न थालिन् । धिरेन्द्रको धम्की र अपहरणको प्रयासपछि पीडित बालिकाले आपुूलाई अपहरण गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराईन् । जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रानीलाई धिरेन्द्रलाई पक्राउ गर्न आदेश दियो । आदेशको पत्र बालिका आफैले इप्रका रानीमा पत्र बुझाईन् तर धिरेन्द्रलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । बालिका भने अहिले आफन्तकोमा बसेर सानोतिनो काम गरीररहेकी छन् ।
बालविवाहकै कारणले गर्दा ती बालिकाले आपुनो अध्ययन पुरा गर्न सकिनन् । कम उमेरमै आमाले धनको लोभमा परेर बिहे गरिदिएकोले उनी पढ्ने अवसरबाट बिाचत मात्र भईनन् मानसिक यातना पनि पाईरहिन् । उनी तत्काल पढाई छाड्न बाध्य भईन् । अहिले पनि आपुूलाई लाग्ने भन्ने धिरेन्द्रले एक दिन लगेरै छाड्ने धम्की दिने गरेको उनी बताउँछिन् ।
प्रस्तुत घटना बालविवाहको कारण कलिला बालिकाहरुले कति सास्ति पाउँदा रहेछन भन्ने उदाहरण मात्र हो । कानुनले बालविवाहलाई दण्डनीय बनाएर उन्मुलन गरिसकेको भएपनि समाजमा अझै बालविवाह कायमै रहेको छ । अर्कोतिर सामाजिक समस्या र मेलमिलापको नाममा बालविवाह गर्ने र गराउनेलाई दण्ड सजाय हुने गरेको छैन । प्रहरी र न्यायलयहरुमा अझै बालविवाहबारे पर्याप्त उजुरी र मुद्दा नपर्नु र समाजमा बालविवाह भईरहनुले पनि बालविवाह विरुद्धको अभियान शसक्त हुन नसकेको स्थिति स्पष्ट हुन्छ ।
नेपाली समाजमा पहिले बालविवाह समाजका उच्च घरानाहरुबीच पनि कायम थियो । उनीहरु पहिले ९÷१० वर्षमै छोरीको बिहे गरिदिन्थे । अझ त्यत्तिखेर बालवालिकाहरुको बेमेल बढि उमेर भएकाहरुसँग विहे गर्ने चलन पनि थियो । यौन पिपासुहरुले बालिकाका परिवारलाई दवाव र प्रलोभनमा पारेर विभिन्न वहाना बनाउँदै बालवालिकाहरु बिहे गर्ने गर्दथे । तर समाजमा भएको शिक्षाको विकाससँगै वालविवाह विरुद्ध विस्तारै चेतना पनि जाग्न थालेको पाईन्छ । शिक्षाको चेतना जागेपछि उच्च घरानामा हुँदै आएको बालविवाहमा कमी आएको भएपनि समाजमा पछाडि पारिएका र गरिबहरुमा भने बालविवाह अझै पनि प्रथाकै रुपमा कायम रहेको छ । पहाडे मुलका समुदायमाभन्दा मधेशी समुदायमा छोराछोरी कलिलो उमेरमै विहे गरिदिने प्रथा धेरै रहेको पाईएको छ । दहेज प्रथा र छोरीलाई समाजमा हुने असुरक्षाको भयले पनि बालविवाहलाई बढावा दिईरहेको सामाजिक अभियन्ताहरुको बुझाई छ । यद्यपी नेपालकै पश्चिमको तुलनामा पुर्वमा बावलविवाह कम हुने गरेका छन् ।
सेभ द चिड्रेन नेपालका अनुसार नेपालमा बालविवाहका विरुद्ध निक्कै अगाडिदेखि आवाजहरु उठदै आएका छन् तर अभियान साचालन भएको थिएन । नागरिक समाज साचारकर्मी र प्रहरी प्रशासनको सहयोगमा २०६५ सालदेखि मात्रै बालविवाह उन्मुलन अभियान थालिएको पाईन्छ । तर अभियान शसक्त नहुँदा र राज्य पक्षले विषेश चासो नदिँदा अझै पनि समाजमा कतै सोझै तर कतै रुप फेरर बालविवाह भइरहेको छ । पुर्वी तराईमा रहेका मधेशी मरिक चमार जातिहरुमा सोझै हँुदै आएको बालविवाह प्रथा निरुत्साहित हुन सकेको छैन । शिक्षित मधेशी र पहाडे समुदायमा पनि विभिन्न बाध्यता देखाउँदै बालविवाह हुने गरेको छ । तर यसलाई गम्भीर अपराध मानेर प्रहरी प्रशासनमा उजुरी गर्ने परम्परामा पनि विकास भएको पाईदैन । प्रहरीहरुका अनुसार कथमकदाचित उजुरी परेमा पनि दोषिलाई छुटाउन सामाजिक परम्परा र समाजिक बाध्यताको नाममा अबरोध हुने गरेको छ ।
हालसम्म सर्वोच्च अदालतमा एउटामात्र बालविवाह विरुद्धको मुद्दा परेको र त्यस्मा जम्मा ४ दिनको मात्र कैद सजाय भएको पाइएको छ । स्थानीय स्तरमा विभिन्न जिल्लामा बालविवाह विरुद्ध उजुरी पर्ने गरेको भएपनि ती मेलमिलापमै टुंगिने गरेका छन् । बालअधिकारको क्षेत्रमा वकालत गर्दै आएका अधिवक्ता खिलानाथ निरौलाका अुनसार बालविवाहलाई समाजले अझै अपराध नमानेकोले उजुरी र मुद्दा पर्न नसकेको हो । पहिलेको तुलनामा बालविवाह कम त भएको भएपनि दण्डनीय हुन नसकेको उहाँको भनाई छ ।
बालविवाहले मातृ सुरक्षामा जोखिम बढाउँने मात्र हैन घरेलु िहंसा र शोषणमा बृद्धि गर्छ । मानसिक अस्वस्थ्यता ल्याउँछ । शारिरिक विकासमा वाधा उत्पन्न हुन्छ । बालवालिकाहरु पढ्ने खेल्ने र अन्य अधिकार र अवसरबाट विाचत हुन्छन् । शिक्षामा बाधा पुग्छ । दुव्र्यसनको जोखिम बढ्छ । सन्तानको विकासमा बाधा हुन्छ । र आत्मबल पनि कमजोर हुन्छ । साथै भविष्यमा वहुविवाह गर्ने कारण पनि बन्ने गरेको छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार किशोरीहरुको बढि मृत्यु हुने कारण कम उमेरमा बच्चा जन्माउनु पनि हो । बालविवाह गरेका किशोरीहरुमा यौनसम्पर्कका बेला परिवारका नियोजन साधन प्रयोग गर्नुपर्छ भन्ने चेतना पनि हुदैन र उनीहरु कम उमेरमा बच्चा जन्माउने कारणले गर्दा आङ् खस्ने समस्याबाट पीडित हुन्छन् । बाबुआमाको माजुरी भएमा १८ वर्ष पुगेका बालवालिकाहरुको विवाह हुनसक्छ तर अभिभावकको मन्जुरी नभएमा केटीको उमेर २० वर्ष र केटाको २१ वर्ष पुरा भएको हुनुपर्ने कानुनमा उल्लेख छ ।
प्रचलित मुलुकी ऐन अनुसार १० वर्ष नपुगी बालविवाह गराएमा ६ महिनादेखि ३ वर्षसम्मको कैद र १ हजारदेखि १० हजारसम्म जरिवाना हुन्छ । यसैगरी १० देखि १४ वर्षसम्म विहे गराएमा ३ महिनादेखि १ वर्ष र ५ हजार जरिवाना १४ वर्षदेखि १८ वर्ष उमेरमा ६ महिना कैद र १० हजार जरिवाना र २० वर्ष उमेरमा पनि ६ महिना कैद र १० हजार नै जरीवानाको व्यावस्था रहेको छ । यसका साथै बालविवाह गराउने लमी पुरोहित र अन्य सहयोगीहरुलाई पनि कैद र जरीवानाको व्यावस्था कानुनमा छ । विवाह भईसकेको भए पनि १८ वर्ष पुगेपछि बालविवाह बदर गराउन चाहे विवाह बदर हुनसक्छ ।
बालविवाह कानुनी र सामाजिक दुवै रुपले अपराध हो । स्वास्थ्य र विभेदरहित समाज निर्माणका लागि परम्परागत रुपमा हुँदै आएको बालविवाहलाई निरुत्साहित गर्न सामुहिक अभियान चलाउनै पर्छ । बाल अधिकारकर्मी समेत रहनु भएका अधिवक्ता निरौलाको बिचारमा अब प्रहरी प्रशासनको मात्रै मुख हेर्नुहुदैन समाजमा बालविवाह भए उजुरी दिने र कार्वाहीका लागि दबाब दिने अभियान थाल्नु आवश्यक छ । तर यो त्यत्तिखेर मात्रै सम्भव हुन्छ जब समाजका सबै सरोकारवालाहरु बालविवाह विरुद्ध सामुहिक रुपले आवाज उठाउँदै शसक्त अभियान चलाउँछन् । यसकालागि राज्य र गैरसरकारी संस्थाहरुको सामुहिक प्रयास आवश्यक छ ।
सातौँ पल्ट नाटक मंचन
सातौं पल्ट पनि प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा बहुमत ल्याउन नसकी एमाओवादी प्रचण्ड र कांग्रेसका रामचन्द्र पौडेल दुबै प्रत्यासीहरु पराजित भएको घोषण गरियो । यसै पनि मुलुकै इतिहा
समा सबैले लज्जा बोध त गरी सके नै । त्यसमा पनि संसदीय परीपाटीमा होमिएका एमाले र मधेशी दलहरु तठस्थ बसी दिनाले मुलुकले प्रधानमन्त्री पाउन नसकी लोकतन्त्रकै उपहास भेरहेको आभास हुन्छ । ६०१ जनाको जतिसुकै लर्को भएता पनि मूख्य तीन दलका नेता ईाजन भै दिएकाले डिब्बा सभासदहरु त्यति धेरै संख्यामा रहेता पनि तिनीहरु टाँगा घोडा जस्तो एक तर्फी इलभ धबथ लुरुलुरु हिड्न बाध्य भएका छन् । जनताको अमूल्य मत पाई सांसद भएका व्यक्तिहरुलाई पार्टी भन्दा राष्ट्र ठूलो पार्टीको स्वार्थ भन्दा मुलुकको स्वार्थ धेरै ठूलो हो । राष्ट्रिय स्वार्थको लागि फ्लोर क्रस त के पार्टीलाई नै क्रस गर्नु परेपनि पछि न हट्नु पर्ने भन्नेसम्म ज्ञान नहुनु सारै लाजमर्दो कुरो हो ।यसैबीच भारतीय ूरू एजेण्ट राकेशसुदको चासो र चलखेलले बल्ल-बल्ल टुङ्गोमा पुग्न आँटेको नेपाली राजनीति एकाएक खल्बलिन पुगेको छ । राकेशसुद भनेको भारतीय सरकारी एजेण्ट हो । भारतको सम्पूर्ण पूर्वी राज्यहरुमा भाकपा माओवादीले छक्का छुटाई दिएकोले नेपालमा एमाओवादी पार्टीको सरकार नबनोस् भन्न का लागि आफू तल्लै दर्जामा उत्रेर पनि अन्य भारतीय हनुमानहरु नेपालमा पठाएर भारतीय नेताहरु आफ्नो अनुकूल सरकार गठन गर्न चाहन्छन् । त्यतिले न पुगेर नेपाल भित्र विश्वाशीला चम्चा तैयार गरी एमाओवादी विरुद्ध खन्याएका छन् । उनीहरुलाई ठूलो डर छ कथंकदाचित एमाओवादी सत्तामा पुग्यो भने भारतमा थुप्रै ठाऊँ दन्तेवाडा हुन सक्छन् । किनकि भारतको छत्तिसगढ राज्यको दन्तेवाडा मा केहीदिन अघि भारतीय खमेरुजले सरकारी सैनिकको हत्या गरी दिएका थिए ।
यिनै चम्चामध्ये आफ्नो वाम मित्रलाई ज्यादनी दुश्मन ठानी कांग्रेसप्रति सती जाने के।पी। ओली भर्खरै विराटनगर आँउदा भने ूमाओवादीलाई कुनै हालतमा सत्तामा जान दिन्न त्यसका लागि म पाले भएर बस्छु । यदि माओवादी सत्तामा पुगेर सरकार गठन गर्छ भने यहाँ रक्तपात हुनेछ ू । पाठक मित्रहरु ! अब भन्नुहोस् के।पी। ओलीलाई एमाओवादी पार्टीप्रति यत्रो पूर्वाग्रह किन लोकतान्त्रिक परिपाटी अनुसार बहुमतीय पद्धतीद्धारा मतदान भै रहेको छ । दुई उम्मेदवारमध्ये कुनै एक चुनिनु वा न चुनिनु यी सबै संसदीय प्रणाली भित्र संासदहरुले गर्ने काम हुन् । यसमा ओलीले टाउको दुखाउनु पर्ने कुनै कारण नै देखिदैन । एमाओवादीले सरकार बनाउदा उनलाई के घाटा र कांगे्रसले बनाउँदा के लाभ ओली बाहेक एमालेमा थुप्रै नेताहरु छन् तर उनको जस्तो तल्लो स्तरमा उत्रेर कहिल्यै कसैले यसरी आक्रोश पोखेको पाईदैन । पोई ले अर्को जोई सौता ल्याउदा पनि त्यतिसारो गाली गर्दिन होली जति के।पी।ओली एमाओवादीलाई गर्छन् । यो पार्टीले उनको व्यक्तिगत आय आर्जनमा नोक्सान पुर् यायो कि यो एउटा ठूलो प्रश्न उठेको छ राजनैतिक क्षितिजमा । आलोचना गर्नु नराम्रो कुरो होइन कुनै पनि व्यक्तिका लागि यो ऐना हो । उसले सुधि्रने अघि बढ्ने मौका पाउँछ तर उनी आफुलाई कम्युनिष्टका मसिहा पनि भन्छन् र आफू बाहेक अन्य वामलाई खराब ठानी त्यसरी आक्रोश पोख्छन् । यसबाट उनी कति निकि्रष्ट र घटिया नेता रहेछन् भन्ने पुष्टी हुदैन र
झापा चुनाव क्षेत्र आफ्नो विर्ता ठान्ने ओलीलाई एमाओवादीका विश्वदीप लिङदेनले चित पारेको हुनाले यसरी बर्बराएका त होइनन् ओलीलाई एउटा सम्मानित नेता ठानी जुनसुकै कार्यक्रममा आमन्त्रण गर्दा ूनानीदेखिको बानीू भने जस्तै उनको बोल्ने क्रममा शुरुदेखि अन्त्यसम्म एमाओवादीप्रति विष वमन गर्छन् । हुन त कत्तिलाई ओलीको आक्रोशित अभिव्यक्ति समसामयिक रुचिकर लाग्ला आत्मरति पनि होला तर गहिरिएर विचार गरौं आफू एमालेको ठूलो नेता हुँ भन्ने उनी जस्ता व्यक्ति टी।भी। च्यानल वा पत्र पत्रिकाको अन्तरवार्तामा आफूलाई जसरी प्रस्तुत गरेका हुन्छन् त्यसले उनको उचाई दिनानुदिन घटिरहेको हुन्छ । ू२४८ वर्षको सामन्ती शासन हटाउन मेरो ठूलो योगदान छ । मेरो अग्रभूमिका नहुदो हो त यो मुलुकबाट सामन्ती राजतन्त्र हट्ने थिएनू भन्छन् उनी तर दशवर्ष जीवन-मृत्यु सँग पौठेजोरी खेल्दै जनयुद्ध लडेको एमाओवादी पार्टीले सामन्ती राजतन्त्र हटाउन खेलेको भूमिकालाई उनी चटक्क बिसर्िन पुग्छन् । ऐले पनि जुन पार्टीले देशै उचाल्ने गरी बेला बेलामा आन्दोलन गर्छ त्यस पार्टीको शक्तिलाई ूयो केही पनि होइनू भनेर आँक्नु के।पी। ओलीको दृष्टि देाष हो कि काठमाडांैंमा बसेर टस्मसाउन नसक्ने भएका सुविधाभोगी ओली उपचारको बहानामा बेला बेला दिल्ली सैरसपाटमा उतै मंत्रणा लिन जाने गर्छन् । यस्ता सौखिन नवधनाढय के।पी।जीको बयान गरेर साध्यै छैन । यसबेला एमाओवादीको चक्काजाम गर्ने ठेक्का उनले लिएको देखिन्छ । कसैकसैले ूवाह-वाह कमरेड ठीक गर्नु भयोू भनेकै भरमा सधै ठीक होला जस्तो मलाई लाग्दैन । समयले यो कुराको छिनोफानो गर्ने छ । उनमा सदबुद्धि आओस् ।
ूबत्तीमुनी अँध्यारोू भने झै अरुलाई अनाप सनाप भनेर आँफूलाई ठूलो ठान्ने के।पी। ओलीकै पार्टी उनकै कारण दुई खेमामा विभाजन हुन पुगेको पाइन्छ । स्वयं अध्यक्ष झलनाथ र वामदेव जस्ता व्यक्तित्वहरुको पंक्ति वामलाई सघाउन तयार छ तर के।पी। ज्यान गए पनि एमाओवादीलाई सघाउन चाहदैनन् । बरु उनी कांग्रेसलाई सघाउन तत्पर छन् । यसबाट के सिद्ध हुन्छ भने साँचो अर्थमा उनी वामपंथी नै होइनन् । नाटक किन गर्नु के।पी। ओली ले सरक्क पार्टी परिवर्तन गर्दा भै हाल्यो नी । कस्ले के भन्छ र उतापट्टी पनि उनी जस्ता व्यक्ति प्रवेश भए अगरबत्ती लिएर तम्तैयार नै छन् ।
अर्को तिर मधेशीमोर्चा डण्डा तराजु लिएर सब्जी बजारमा मोलमोलाई गर्न बसेको व्यापारी जस्तो छ । उनीहरुको आफ्नो न कुनै सिद्धान्त छ न कुनै लक्ष्य । मौका को ताकमा बसेका उनीहरु ूताक परे तिवारी नत्र गोतामेू जस्तै हुन् । चोथौ ठूलो शक्तिको रुपमा देखापरेको मधेशी मोर्चालाई भारतीय मंत्रणाले काम गरेको देखिन्छ । यसरी लगातार भै रहेको मधेशी मोर्चा को तठस्तताले सातौ पल्ट पनि मुलुकले प्रधानमन्त्री पाएन न निकास नै निस्किन सक्यो । यसरी अब कति दिन यस्तो वाक्क लाग्दो नाटक माचन नेपाली जनताले हेर्नु पर्ने हो
सुनसरी टेक्निकल कलेज तोडफोड
अखिल क्रान्तिकारीका विद्यार्थीहरुले धरान -१६ स्थित सुनसरी टेक्निकल कलेजमा सोमबार तोडफोड गरेका छन् ।
कलेज साचालकसंग विभिन्न विषयमा वार्ताका लागि कलेज जाँदा आफूहरुमाथि अभद्र व्यावहार भएका कारण तोडफोड भएको अखिल क्रान्तीकारी सुनसरीले जानकारी दिएको छ । वार्ताका लागि क्रान्तिकारी सुनसरीका इन्चार्ज मदन चुडालको नेतृत्वमा गएका विद्यार्थीहरुलाई कलेजका साचालक समिति अध्यक्ष लेखी सूब्बाले अभद्र व्यवहार गरेको कारण यस्तो परिस्थिति सृजना भएको क्रान्तिकारीले आरोप लगाएको छ ।
क्रान्तिकारीका सुनसरी सचिव सिपी बजगाईले आफूहरुले चन्दा मागेको सुनियोजित आरोप लगाएर आफ्नो संगठनलाई बदनाम गराउने दुस्साहस भएको भन्दै विद्यालय साचालकले संगठनका जिम्मेवार व्यक्तिहरुलाई अभद्र व्यवहार गरेकोले यस्तो घटना भएको जनाएका छन् ।
त्यसैगरी कलेज साचालक लेखी सुब्बाले भनॆ मागेका जति चन्दा दिन नसकेको कारण क्रान्तिकारी विद्यार्थीले तोडफोड गरेको आरोप लगाउनु भएको छ । कलेज त्ााेडफोडवाट अनुमानित २ लाख भन्दा बढी क्षती भएको अध्यक्ष सुब्बाले भनाई रहेको छ ।
तोडफोडबाट प्रशासकीय अधिकृतको कार्य कक्ष कलेज प्रमुखको कार्य कक्ष र लेखा शाखामा रहेको फर्निचर र १ वटा कम्प्युटर तथा झ्याल ढोका दराज आदिमा क्षति पुगेको कलेजले जानकारी दिएको छ । कलेजले सोमबार तीन विद्यार्थीहरुको नाममा इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी समेत दिएको छ ।
अध्यक्ष सुब्बाले सोमबार विज्ञप्ति जारी गरी शान्तिपूर्ण वातावरणमा कलेज साचालन गर्ने वातावरण बनाई दिन तथा दोषी उपर कानूनी कारबाही गर्न प्रहरी प्रशासन नागरिक समाज पत्रकार राजनैतिक दल अधिकारकर्मीसँग माग गरेका छन् ।
Sunday, September 12, 2010
वराटनगरमा ज्ञानेन्द्रको बहिष्कृत
धार्मिक कार्यक्रमको बहानामा शक्ति प्रदर्शनको लागि देश दौडाहामा रहेका ज्ञानेन्द्र शाहलाई स्वागत गर्न शनिबार एकाध बाहेक विराटनगरका कोही पनि नाम चलेका व्यक्तिहरु निस्किएनन् । आम विराटनगरवासी भने कार्यक्रममा सहभागी नभएकोले ज्ञानेन्द्र बहिस्कृत भएका हुन् ।
चौतर्फी दबाबका बिच आयोजकले ज्ञानेन्द्र ल्याउने कार्यक्रम फिर्ता गरेको प्रचार गरी ढाँटको खेती गरेर उनलाई अन्त्यमा विराटनगर ल्याएको थियो । ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विराटनगरमा २ लाख जनता भेला हुने प्रचार आयोजकहरुले गरेका थिए । तर ज्ञानेन्द्र शाहको अघिपछि लाग्न एक हजार जना पनि उपस्थित भएनन् ।
गणपति महोत्सवको नाममा विराटनगर निम्त्याइएका ज्ञानेन्द्र शाहलाई हेर्न समेत केही व्यापारी र शाही शासनकालमा हालीमुहाली गरेकाहरु बाहेक विराटनगरवासी निस्किएनन् । पूर्वााचलको झापादेखि सिराहासम्मका जिल्लाबाट भेला गरिएका करिब पाँच सय राजावादीहरु मात्र ज्ञानेन्द्रको अघिपछि रहेका थिए । उनीहरुलाई प्रतिव्यक्ति ३ सय रुपैयाँ नगद र मोटरसाईकल हुनेलाई थप ३ लिटर पेट्रोल आयोजकले वितरण गरेका थिए ।
धार्मिक कार्यक्रमको नाममा गणतन्त्रको विरुद्ध प्रतिगामी राजनीति गर्ने ज्ञानेन्द्र शाहलाई नल्याउन विराटनगरवासीले गरेको आग्रह लत्याएका आयोजकहरु ज्ञानेन्द्रको पक्षमा उभिने जनताको संख्या हजार ननाघेपछि हिस्स परेका थिए । ज्ञानेन्द्र सहभागी भएपछि विराटनगरवासी गणपति महोत्सवमा समेत अघिल्लो वर्ष जस्तो सहभागी भएनन् । ज्ञानेन्द्रलाई नल्याउन विराटनगरकै उद्योगी व्यवसायीले गरेको आग्रह समेत विराटनगर ठाकुरबाडी रोडका व्यवसायीको बाहुल्यता रहेको गणपति समारोह समितिले वेवास्ता गरेको थियो ।
पुर्वराजा ज्ञानेन्द्र तथा पुत्र पारश शाहको देश दौडाहामध्ये विराटनगरमा सबैभन्दा न्युन जनसहभागिता रहेको राजावादीहरुकै बिचमा चर्चा थियो । आयोजकहरुले विशुद्ध धार्मिक कार्यक्रममा ज्ञानेन्द्रलाई बोलाएको बताएपनि उनी विमानस्थलमा उत्रदा भेला भएका केही सयको संख्यामा रहेको समुहले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए । ज्ञानेन्द्रको अघिपछि केही कुण्डले मुण्डले र भाडामा ल्याइएका युवाहरु रहेका थिए ।
गणेश महोत्सवको उद्घाटन गर्न आएका शाहले सरस्वती उच्च माविमा रहेको गणेशको पुजा गरेका थिए भने रामजानकी मन्दीरको समेत दर्शन गरेका थिए । उनको स्वागतमा आयोजकले गुद्री चौकदेखि सरस्वती स्कूलसम्म नै रोडमा रातो कार्पेट विछ्याएका थिए । बलभद्र रजत जयन्ती सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सहभागी भएका ज्ञानेन्द्रले विराटनगरकै रत्ना होटलमा राजावादीहरुसँग भेट गरेका थिए । करिब एक सय व्यक्तिहरुले सामुहिक भेटमा ज्ञानेन्द्रलाई दलहरुका कारण आपुूहरु टुहुरा भएको भन्दै पुनः शासनमा फर्कन आग्रह गरेका गरे । ज्ञानेन्द्रले भने अहिले बोल्ने बेला नभएको भन्दै कुनै प्रतिकृया दिन मानेनन् ।
ज्ञानेन्द्र शाहलाई शाही कालका मन्त्री बद्री मण्डल शाही कालकै मोरङका जिविस सभापति बल्लभ दाहाल नगर प्रमुख प्रल्हाद साह राजावादी पत्रकार दिनेश शाह व्यापारीहरु असोक अटल मनिस अग्रवाल देबेन्द्र गुप्ता अरुण राठी लगायतले भेट गरेका थिए । विराटनगरका ठूला उद्योगी व्यवसायीले भने ज्ञानेन्द्रलाई भेट गरेनन् भने उनीहरु गणपति महोत्सवमा समेत सरिक भएनन् ।
ज्ञानेन्द्र विराटनगर आउदा प्रशासनले प्रधानमन्त्री वा राष्ट्रपति आएको जस्तै सुरक्षा दिएको थियो । विहान ११ बजे बुद्ध एयरको जाहाजबाट विराटनगर उत्रिएका उनी ३ बजे काठमाण्डौ फर्किएका थिए ।
दया लाग्दो अवस्थामा तालतलैया

इटहरी नगरपालिका दुई र तीनको वीचमा चारकोसे जंगलवीचमा ७ वटा तालहरु रहेको तालतलैया क्षेत्र ७६ हेक्टर जमिनमा फैलिएको छ । खुल्ला प्राकृतिक सम्पदाको संग्राहलयको रुपमा पूर्वाधार सम्पन्न पर्यटकीय स्थलको रुपमा यो स्थान चर्चित भएको भए पनि यहाँको भैतिक पूर्वाधारहरु भने लथालिङ्ग अबस्थामा रहेको छ तथापी नगर अघिकृत भने राम्रो काम हुदैछ भन्न छोड्दैनन् सन्चारकर्मी भेट्ने वित्तिकै ।
शान्तिनगरी र सरस्वती सामुदायिक वन क्षेत्रमा रहेका ७ वटा सुन्दर तालहरुलाई सफा पार्ने कामदेखि सो क्षेत्रम नेपाल सरकारले समेत महत्व दिदै आएको तालतलैया क्षेत्रलाई विशेष गरी जडीवुटी जंगली जनवार विभिन्न प्रजातीका दुर्लभ वनस्पतीहरुको अवलोकन गर्दै तालहरुमा वोटिङ गर्न सक्ने पूर्वाधार छ तथापी आजसम्म बनेका भैतिक पूर्वाधारहरु भत्किन थालेका छन् । कटेजहरुमा जथाभावी लेखिउको छ ।
तरहरादेखि ५ किलोमिटर उत्तरमा हुदै पुगिने यहाँका ७ वटा तालहरु सधैँ नै फोहोर अवस्थामा देखिन्छवृहत्तर इटहरी विकास गुरुयोजना अन्तर्गत विकास हुने क्रममा रहेको यो तालतलैया क्षेत्रमा पूर्वका मानिसहरुको वनभोज खाने केन्द्रको रुपमा भने छुट्टै परिचय बनाउन सफल भई सकेको भए पनि यसको विकासको लागि उत्कृष्ट काम हुन सकेको छैन ।


