Thursday, December 16, 2010

कोशी टप्पुमा घुमन्ते चराहरु आउन थाले

  पूर्वााचलको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा अन्य वर्षको तुलनामा यस वर्ष घुमन्ते चराहरु आउने क्रम बढ्दो रहेको आरक्षले जनाएको छ ।
आन्तरिक तथा वाह्य पर्यटनको सम्भावना बोकेको कोशीटप्पु वन्यजन्तु आरक्षमा यव वर्ष समयमै घुमन्ते चराहरु आउने क्रम बढिरहेको आरक्षको भनाई छ ।
पर्यटन वर्ष नजिकिएकाले घुमन्ते चराले त्यसमा सहयोग पुर् याउने आरक्षले जनाएको छ ।

पूर्वका तीन जिल्लामा फैलिएको आरक्षमा कोशी बाँध फुटेपछि चरा आउने क्रम घटेको थियो । सुनसरीदेखि सप्तरीको पथरी बदगामा कोशी व्यारेजसम्म रहेका विभिन्न सिमसार क्षेत्रहरुमा विभिन्न प्रजातीका चराहरुको झुण्ड देखिएको आरक्षले जनाएको छ ।
वि।स। १९७६ सालमा स्थापना कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थापनाकालदेखि नै घुमन्ते चराहरु आउने गरेका छन् । १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष रामसार सूचीमा सन् १९८७ मा सुचिकृत नेपालको ठूलो तथा राम्रो सिमसार क्षेत्र हो । आरक्षमा हाल ४ सय ९२ प्रजातिका चरा रहेको बताइएको छ ।
आरक्षमा ४ सय १९ वटा अर्ना रहेको आरक्ष संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिनुभयो । आरक्षको गरैया टापु उत्तरी डुवान देखि दक्षिणी डुवानसम्ममा बढि मात्रामा घुमन्ते चराहरु पाईएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम तथा विश्व वातावरण कोषकॊ सहयोगमा आरक्ष÷सिमसार संरक्षण आयोजनाको अगुवाईमा प्रकाशपुरदेखि हावामहल मधुवनसम्मको आरक्ष सिमानामा सौर्य तारवारको लगाएपछि चरा तथा  अन्य वन्यजन्तुहरुकॊ चहलपहल बढेको बताइएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु