Friday, October 29, 2010

रेशम खेतिबाट किसानहरु विस्थापित

_________________________________________________________________
बुद्धवीर राई
इलाम १२ कार्तिक÷ उचित मूल्य नपाएपछि इलाम जिल्लाका कृषकहरु रेशम खेतिबाट विस्थापित भएका छन् । रेशम कोकुनको अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने मुल्य कृषकहरुले मुल्य पाउन नसक्दा जिल्लामा भइरहेको रेशम खेति विस्तारै धरासायी बन्दै गएको हो ।
व्यवसायीक बन्दै गरेको रेशम खेतिमा सरकारले अनुदान सहयोग नगर्दा धरासायी बन्दै गएको रेशम विकास महासंघका अध्यक्ष शुशिला नेम्बाङ्गले बताउनु भयो । अहिले रेशम कोकुनको खरिद गर्ने व्यापारीले अत्यान्त कम मुल्यमा किसानबाट खरिद गर्ने गरेका छन् ।

बैंकहरुको सुरक्षामा सजगता

_______________________________________________________________
विराटनगर १२ कार्तिक÷ विराटनगर स्थित एभरेष्ट बैंकको शाखाबाट दुई दिन अघि एक सर्वसाधारण लुटिएपछि मोरङ प्रहरीले विराटनगरमा रहेका बैंकहरुको सुरक्षामा कडाई गरेको छ ।
गएको बुधबार विराटनगर ८ महावीर रोडमा रहेको एभरेष्ट बैंकबाट विराटनगर २ तीनपैनीका रिाजतकुमारले निकालेको करिब एक लाख रुपैयाँ बैक हाताभित्रै लुटिएपछि प्रहरीले सुरक्षामा कडाई गरेको हो ।

धरानका दर्जन स्थानमा जुवाको खाल

_______________________________________________________________
धरान १२ कार्तिक÷ चाडपर्वको मौका छोपी सुनसरीको धरानका एक दर्जनभन्दा बढी स्थानमा जुवाका खाल साचालन भइरहेको भएपनि प्रहरी प्रशासन भने मौन रहेको छ ।
धरानको वडा नं ८ स्थित वरगाछी आसपासका तीन ठाउँमा जुवाको खाल साचालन भइरहेको जानकारी आम धरानवासीलाई भएपनि प्रहरीले त्यसमा कुनै चासो दिएको छैन ।

बजेट ल्याउन प्राविधिक तयारीमा सरकार

________________________________________________________________
काठमाडौं १२ कात्तिक÷ पूर्ण सरकार पहिले वा पूर्ण वजेट पहिले भन्ने वहस चलिरहेका बेला काम चलाउ सरकारले वजेट ल्याउने तयारी गरेको छ ।
सरकारले ३ खर्व ३५ अर्व रुपैयाको प्राविधिक बजेट ल्याउने तयारी गरिरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले जानकारी दिनु भएको छ ।

न्यायपालिकालाई स्वतन्त्र राख्न दलहरु सहमत

________________________________________________________________
काठमाडौं १२ कात्तिक÷ संविधान निर्माणमा देखिएका विवाद मिलाउने विषयमा एकीकृत नेकपा माओवादी लचिलो भएपछि न्यायपालिका सम्वन्धी विवाद किनारा लाग्न थालेको छ । सहमतिका लागि भन्दै माओवादीले न्यायपालिकालाई स्वतन्त्र राख्न सहमती गरेको हो । शुक्रवार बसेको कार्यदलको वैठकले नयाँ संविधानमा संवैधानिक परिषद न्यायपरिषद लगायतका निकायमा संयन्त्र बनाउने सैदान्तिक सहमति गरेको छ ।

Thursday, October 28, 2010

तस्करीको सामान वरामद

________________________________________________________________
विराटनगर, ११ कार्तिक÷ चोरी तस्करी गरी भारतबाट आयात गरिएको विभिन्न सामाग्री सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय विराटगनरले सिमावर्ती क्षेत्रबाट बरामद गरेको छ ।
भन्सार छलेर आयात हुँदै गरेको चिनी पापड खानेतेल युरिया मल र प्रतिवन्धित ब्रोइलर कुखुरा सुरक्षा चेकजाँचका क्रममा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

हलेसी र तुम्लि�ङ्घटारमा उडान सुरु

______________________________________________________________
विर्तामोड ११ कार्तिक÷ पर्यटन वर्ष २०११ लाई प्रबद्र्धन गर्न ताप्लेजुङको पाथिभरमा हेलिकप्टर सेवा सुरु गरेकेा मेची ट्राभल्स एण्ड टुस्रले खोटाङको हलेसी र संखुवासभाको तुम्लिङटारमा पनि उडान साचालन गर्ने भएको छ ।
मेची ट्राभल्स एण्ड टुस्रले सिमि्रक एयरको जहाजबाट असोज २४ गतेदेखि भद्रपुर-पाथिभरा उडान गरिरहेको छ ।

गजल

आकाश श्रेष्ठ
विशाल घाटको चौतारीमा दिल खोली हास्न सिक
यो स्वार्थी दुनियामा प्रेम गरी बाँच्न सिक ।
एक्लै कति गर्छौ र जिन्दगीका यात्राहरु
कसैसँग नजर जुधाई पि्रति अब गाँस्न सिक
दुनिया नै प्रेमको संचालमा परेपछि
कसैको मायालाई मुटुभित्र साँच्न ।
एक्लिनु परेतपनि यो समाज नै तिमी

गजल

________________________________________________________________
-संगीता आभार्ष
जति दिन्छौ देऊ आँशु सुकाउने छैन
लाखौ चोट देउ मन दुखाउने छैन
खेल्न सक्छौ जति खेल निर्दोष मनसँग
समर्पण तिम्रा लागि लुकाउने छैन

छोरी-देश

_______________________________________________________________
-श्रीशीशा राई
आँखाको डिलतिर उक्लिँदै गएको निन्द्रा
विपनातिर ओलिँर्दै गरेको सपना
दुवै सामुन्ने आईपुगेपछि थाहा भयो-
मध्यरात रहेछ
कतै सुनियो च्याँ…। आवाज-
छोरी रहिछ
ुबुबु…बुबु…ु भन्दै आमाको आङ तानिरहेको त्यो दृश्य
आफ्नै हस्तरेखा र निधारका धर्काहरुले कोरिएको
देशको मानचित्र जस्तै लाग्छ

छोटा छोटा निन्द्रा पिच्छे
छटपटी र भोकको कर्कस चिच्याहट
जर् याकजुरुक उठेर हेर्छु
छोरी- म र मेरी श्रीमतिको वीचमा
दुई ढुंगा बीचको तरुल सुतेकी छ -
चिसो लागेको छ नाक बन्द छ
शायद हाम्रो अस्वस्थताको तापले
चाकमा घाउ छ खाना खाँदैन

पटका बरामद

_______________________________________________________________
विराटनगर, ११ कार्तिक÷ चाडपर्वको समयमा भित्रने पटकमा कडाई गरेपछि मोरङको कटहरीबाट बुधबार राति प्रहरीको सिआरभी टोलीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।
कटहरी ६ स्थित चिया पसल नजिक राखेको बेवारिसे जुटको बोरा खानतलासी गर्ने क्रममा प्रहरीले एक बोरा पटाका बरामद गरेको हो ।

आन्दोलन र संघर्षहरु अनिवार्य छ ।

________________________________________________________________
अरुण शर्मा
अस्तित्व र अधिकार प्राप्तिको निम्ति केन्द्रीकृत सामन्ती राज्य व्यवस्थासँग नेपाली जनताले सशस्त्र एवं िहंसात्मक संघर्षमा भाग लिँदै आइंरहेका छन् र यो धरातलीय आवश्यकता पनि थियो । तर प्रतिकृयावादी तथा यथास्थितिवादीहरु नेपाली जनतालाई अधिकार दिनको सट्टा मुर्दा शान्तिको राग अलाप्न पछि परिरहेका छैनन् । आफ्नो अधिकार पाउनको लागि विद्रोह गर्नु भनेको खास मानवअधिकारको परिभाषामा पर्दछ । यसलाई अन्यत्र मोड्नको लागि मानसिक तवरबाट जनसुमदायलाई निशस्त्र पारी आफ्नो लुटको स्वर्गलाई बचाई राख्ने षड्यन्त्रमा मुर्दा शान्तिवादी कुतत्वहरु भ्रमको खेति गर्न लागि परेका छन् । पृथ्वीनारायण शाहद्वारा जालझेल छलछाम र षडयन्त्रबाट हडपिएका कविलाई गणराज्यहरु र केन्द्रीकृत सामन्तीसत्ताको उत्पीडनमा परेर विकास हुन नपाएका मौलिक पहिचान राजनीतिक अधिकार बहुजातीय विशेषता र भौगोलिक ऐतिहासिकतालाई समयसापेक्ष सम्बोधन गर्ने कोशिस जबसम्म राज्य पक्षबाट हुँदैन तबसम्म जो कोहिले चाहेपनि नचाहेपनि िहंसात्मक र सशस्त्र खालका आन्दोलन र संघर्षहरु जनताबाट चलिरहन्छ र यो अनिवार्य पनि छ ।

Wednesday, October 27, 2010

व्यापक बहसको जरुरी

________________________________________________________________
विप्लव राई
नेपाल बहुजाति बहुभाषा बहुधर्म तथा बहुसंस्कृति भएको मुलुक हो । यहाँका आदिबासि जाति-जनजातिहरुको आफ्नै मौलिक जातीय पहिचान रहेको छ आ-आफ्नो इतिहास देखिको सामाजिक परम्पराले साच्चै एउटा फूलबारीको चित्रण गर्दछ । यही कारण नेपाललाई सुन्दर राज्यको रुपमा हेरिन्छ । तर नेपालको इतिहासमा महत्वपूर्ण भूमिका निभाएका आदिबासिहरुको कही कतै उल्लेख गरिएन । संविधानको कुनै पनि धारा-उपधारा आदिबासि जाति-जनजातिहरुको आफ्नो बनेन । कुनै एक जाति विशेषको मात्रै पहँुच र सहभागिता रहेको कारण नेपालको संविधान साझा बन्न सकेन । एकात्मक र अति केन्द्रीकृत शासन ब्यवस्थाको कारण जाति-जनजातिहरुको सबै अधिकार खोसिए उनीहरुको मौलिक पहिचान समेत विलोपको अवस्थामा पुगेको छ ।

चिया मजदुरले न्युनतम् ज्याला पाएनन्

________________________________________________________________
ड्ड बुद्धवीर राई
इलाम १० कार्तिक÷ उचित श्रम नपाएपछि इलामको विभिन्न चिया बगानमा कार्यरत चिया मजदुरहरु कामबाट विस्थापित भएका छन् ।
व्यवस्थापन पक्षबाट उचित ज्याला नपाएपछि मजदुरहरु बगानको काम छाडेर बैकल्पिक पेशातर्फ लागेका छन् ।

जुवा बन्द गराउन प्रजिअको निर्देशन

_________________________________________________________________
विराटनगर १० कार्तिक÷ जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीको संरक्षणमा जुवा साचालन भइरहेको समाचार सर्वाजनिक भएपछि जुवाडेहरु र प्रहरी प्रशासनमा खैलाबैला मच्चिएको छ ।
विराटनगरभित्र तीन र मोरङको पथरीमा समेत व्यवसायिक रुपमा जुवाको खाल खुला रुपमा साचालन भएको समाचार बुधबार जनविद्रोह दैनिकसहित विभिन्न पत्रपत्रिका प्रकाशित भएको थियो ।

Tuesday, October 26, 2010

वर्गसंघर्ष,मुक्तिको प्रश्न र हाम्रो दायित्व

 _+++________++++++++++++++_______________+++++++++++++++++
                                                            केहरसिङ कुँवर
वर्गीय समाजमा राज्यसत्ता र त्यसका सबै संरचनाहरु त्यही वर्गको हितको लागि निर्माण गरिएका हुन्छन् । राज्यसत्ता एक वर्गले अर्को वर्गलाई उत्पीडन गर्ने मूल साधन हो । विद्यमान अवस्थामा साम्राज्यवादी विस्तारवादी र सामान्ती राज्यसत्ताहरु नै शोषित पीडित वर्गका जनसमुदायहरुमाथि दमन उत्पीडन गर्ने शोषक वर्गको प्रतिनिधित्व गर्ने विशाल अखडाहरु हुन् ।

बढ्दैछन् सामुदायिक विद्युत केन्द्रहरु

विराटनगर ९ कार्तिक÷ विद्युत्त चुहावट नियन्त्रण गर्न र विद्युत विस्तारमा सहजीकरण गर्न पूर्वमा सामुदायिक विद्युत केन्द्र्र्रहरु स्थापना हुने क्रम बढेको छ ।
सरकारले स्थानीय सहकारीहरुमार्फत सामुदायिक संस्थाहरुलाई विद्युत्त महशुल उठाउन अनुमति दिएपछि केन्द्र स्थापना हुने क्रम बढेको हो ।

बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर ९ कार्तिक÷ निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन कार्यको विरोध गर्दै संघीय लिम्बूवान राज्य परिषदले मंगलबार मेची र कोशी अाचल बन्द गरेको छ ।
परिषदको बन्दका कारण मेची र कोशी अाचलमा सवारी साधन साचालन ठप्प भएको छ ।

बालक अपहरणमुक्त

सिराहा ९ कार्तिक÷ एक साता अघि सिरहाको सखुवानान्कारकटीबाट अपहरित ३ वर्षीय बालक अपहरणमुक्त भएका छन् ।
सखुवानान्कारकट्टी ९ बाट गत बुधवार राति अपहरित बालक इब्राहिम मियाँ सोमबार साँझ अपहरणमुक्त भएका हुन् ।

इटहरीमा सुरक्षाकर्मी थप

++++++++++++++++++++++++++++++++++++++++
इटहरी ९ कात्र्तिक÷ इटहरीमा पछिल्ला दिनहरुमा सुरक्षा स्थिति नाजुक बन्दै गइरहेको समयमा जिल्ला प्रहरी कार्यालयले इटहरीको लागि २५ जना सुरक्षाकर्मी थप गर्ने भएको छ ।
इलाका प्रहरी कार्यालयमा सुनसरी प्रहरी प्रमुख भुपाल भण्डारी तथा प्रहरी उपरिक्षक भीष्म प्रसाईले प्रहरी थप गर्ने जनाएका हुन् ।

इटहरीमा अपराधिक कृयाकलापमा बृद्धि

_________________________________________________________________
इटहरी ९ कार्तिक÷ नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिक आइरहेको बेला सुनसरीको इटहरीमा लुटपाट र चोरीका घटनामा बृद्धि भएको छ ।
आइतबार राति इटहरी स्थित इलाका प्रहरी कार्यालयकै अगाडि रहेका केही पसलहरुबाट करिब ८५ हजार रुपैया बराबरको सामान तथा नगद चोरी भएको छ ।

जुटमिलका मजदुरलाई ५० करोड वितरण

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
विराटनगर ९ कार्तिक÷ राणा शासन कालमा स्थापना भएको विराटनगर जुट मिल बन्द गर्ने नेपाल सरकारको निर्णयपछि त्यहाँ कार्यरत मजदुरहरुले ५० करोड रुपैयाँ गोल्डेन हेण्डसेक पाएका छन् ।
मिल बन्द गर्ने सरकारको निर्णयपछि सरकारी प्रतिनिधि व्यवस्थापन पक्ष र ट्रेड युनियनका प्रतिनिधि सम्मिलित कार्यदलको सिफारिसमा मजदुरहरुलाई सरकारले रकम उपलब्ध गराएको हो ।
गोल्डेन हेन्डसेकवापत मजदुरहरुले पाउने तलब भत्ता तथा सुविधाको रकम पे-अफ गरिएको हो । गृह अर्थ उद्योग र श्रम मन्त्रालयका प्रतिनिधि ट्रेड युनियन र मिलका प्रबन्धकसहितको कार्यदलले मजदुरहरुले पाउने रकम निर्धारण गर्ने गरेको छ ।

मोरङमा खुलमखुल्ला जुवाको खाल साचालन

 विराटनगर ९ कार्तिक÷ दशै र तिहार आसपासमा छिटफुट रुपमा जुवातासका खेलहरु हुनु सामान्य नै हो । तर मोरङमा भने प्रहरी प्रशासनकै मिलेमतो र संरक्षणमा व्यवसायिक जुवाका अखडाहरु साचालन भइरहेका छन् ।

कहिलेसम्म जातीय विभेद

++++++++++++++++++++++एच डी खड्का+++++++++++++++++++++
आजको २१ औं शताब्दी सूचना प्राविधिको युग विश्व एउटै बन्ने जमर्कोमा लागेको छ । विश्वमा ठूलो-ठूलो परिवर्तन आयो । सूचना प्राविधिका कारण नयाँ-नयाँ खोज अनुसन्धानमा मानिस लागेका छन् । तर हाम्रो देश नेपाल २१ औं शताब्दीमा होइन हामी त त्यो पुरानो १७ औं शताब्दीको जातीय छुवाछुत परम्परालाई अंगाल्दै आइरहेका छौं । हामी ठूला-ठूला क्रान्ति अनि परिवर्तनका कुरा गर्छाैं अनि धाक लगाउँछौं । तर भन्नु र व्यवहारमा लागू गर्नु गाह्रो छ । त्यो लागू गर्ने खुबी भएका व्यक्ति शायद यहाँ को नै छ र भए सायद आज देशमा यो अवस्था आउने थिएन । खुल्ला माचबाट हामी सजिलै जातीय विभेद अन्त्य भएको घोषणा गर्छौं ।

नाङ्गो नाचलाई प्रशासनको रोक

सप्तरी, ८ कार्तिक÷ दशैं र तिहार मेलाको नाममा सप्तरीको पश्चिमी क्षेत्रका विभिन्न स्थानहरुमा खुलेआम भइरहेको युवतीहरुको नाङ्गो नाच प्रदर्शनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।

लिम्बूवान कार्यकर्ताहरुद्वारा धर्ना

 कार्तिक,८÷ नयाँ संविधानमा लिम्बूवान राज्य ज्ञारेण्टीको माग गर्दै माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले सोमबार सुनसरीको धरान नगरपालिकामा एक घण्टा धर्ना दिएको छ ।
दिउँसो १ बजेदेखि २ बजेसम्म भएको धर्नामा परिषद्का कार्यकर्ताहरुले नगरपालिकाको कामकाज नै ठप्प पारेका थिए ।

Tuesday, October 12, 2010

सभासदलाई हैन नेतालाई दबाब दिनुस्: चौधरी

रमेशकुमार पौडेल, चितवन, असोज २७- संविधान नबन्नुमा सभासदभन्दा दलका ठूला नेताहरु दोषी रहेको चितवन क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा निर्वाचित एमालेका सभासद लालमणि चौधरीले बताएका छन्।

रेमिट्यान्सले शरणार्थीको दसैं सहज

दुई दशकदेखि पूर्वी नेपालमा शरण लिइरहेका भुटानी शरणार्थीले लामो समयसम्म दसैंलाई एउटा सम्झनाका रूपमा मात्र मनाउन सके । अधिकांश शरणार्थी हिन्दुधर्मावलम्बी भएकाले उनीहरूले दसैंलाई अनिवार्य पर्वका रूपमा मान्दै आएका छन् ।दाताले दिएको सिमित खाद्यान्नले दसैं मनाउन शरणार्थीहरूलाई सहज थिएन । दसैंको जोहोलाई सजिलो बनाउन अधिकांश शरणार्थी छिमेकी नेपाली गाउँहरूमा मजदुरी गर्न जाने गरेका थिए । यो वर्ष मजदुरी नगरीकन उनीहरूले सुखको दसैं. मनाउने भएका छन् ।

हिमानी एन्ड फेमिली' एनजीओ सुरु

पूर्व राजपरिवारका सदस्यहरु औपचारिक रुपमा नै एनजीओकर्मी बनेका छन्। केही समयअघि मात्रै सीडीओ कार्यालयमा दर्ता गरिएको ‘हिमानी ट्रस्ट’ नामको यो एनजीओको उदघाटन उनकै ससुरा पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार गरे। म्युजिक एल्बमको त प्रत्यक्ष प्रसारण गर्ने नेपालका टेलिभिजनहरुले यसको पनि प्रत्यक्ष प्रसारण गरेका थिए।

वेवारिसे शव फेला

******************************************************************************
सिराहा २५ असोज÷ सिराहाको सिक्रौन ८ स्थित पूर्वी कमला िसंचाई नहरमा आइतबार साँ´ बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शव सडेगलेको अवस्थामा फेला परेकोले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । फेला परेको शवको छातीमा गोली लागेको अनुमान गरिएको छ ।

चाडवाडका पाँच कुरा

+++++++++++++गणेश लम्साल++++++++++++++++
चाडपर्व भनेका हुनेखाने मान्छेले आफ्नो आमोद प्रमोदका लागि बनाएका हुन् । पछि उनीहरुले पर्वलाई धर्मसँग जोडेर साँस्कृतिक रुपमा संथागत गरेपछि झन् चाडपर्वहरु समाजमा फस्टाउँदै गए । उनीहरुको देखासिखीमा नहुनेहरु पनि चाडपर्व मान्न र उनीहरुको सिको गर्न वाध्य भए । समाजमा यसले साँस्कृतिक रुप लिइसकेपछि चाँहि समाजको धर्म र वर्ग अनुसार मानिसहरुले चाडपर्व मान्नथाले । जुन पर्वलाई उनीहरुको जीवनसँग जोडिन गयो । हिन्दुधर्मावलम्वीहरुले परापूर्वकालदेखि मनाउँदै आएको दशै तिहार पर्व पनि यस्तै हुन् । र यो वर्ष पनि दशै सुरु भैसकेको छ । दशैका धेरै राम्रा र नराम्रा पक्षहरु होलान् ।

उत्कृष्ट दुई चालकलाई सम्मान

विराटनगर २५ असोज÷ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उत्कृष्ट सवारी साधन चलाउने दुई जना चालकहरुलाई विराटनगरमा सम्मान गरेको छ ।

Wednesday, October 6, 2010

इनरुवामा ७६ परिवारलाई भैसी वितरण गरियो


असोज १९ गते ।
बुधबार इनरुवामा सुष्मा कोईराला मेमोरियल ट्रस्टले सुनसरीको श्रीपुर गाविसका ७६ घरपरिवारलाई सहयोग स्वरुप भेैंसी वितरण गर् यो ।श्रीपुरका आर्थिक स्थिति कमजोर भएका सर्वसाधाण जनताहरुलाई जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुर् याउने उद्देश्यलॆ दिगो बिकास तथा आत्मनिर्भरताका लागी श्रीपुर गाविसका १४ र ६ नम्वरका वडाका विपन्न्ा वर्गका करिव ७६ घरपरिवारलाई भैंसी वितरण गरिएको सुष्मा कोईराला मेमोरियल ट्रस्ट ईनरुवाले जनाएको छ ।

Monday, October 4, 2010

चितवनका शैक्षिक संस्था बन्द

भरतपुर, आश्विन १८ - शान्तीपुर्ण धर्नामा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसीएलले हस्तक्षेप गरेको बिरोधमा पव्लिक क्याम्पस प्राध्यापक संघ र पेशागत संजालले सोमबार चितवनका सम्पूर्ण शैक्षिक संस्था बन्द आव्हान गरेको छ ।

चितवनमा विद्यार्थीबिच झडप ,सात घाइते

    चितवन असोज १९- चितवनको कृषि तथा वन विज्ञान अध्ययन संस्थान रामपुरको होस्टेलमा बसेको अखिल क्रान्तिकारी र नेवि संघका विद्यार्थीहरुबीच गएराति झडप हुँदा दुवै तर्फका सात जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।

दशैंको अबसरमा मोबाईल कल सस्तो भयो

दशैंको अवसर पारेर यसपाली पनि नेपाल टेलिकमले मोबाइलको शुल्क मा केहि कटौती गर्ने भएको छ । 
कुराकानीमा लाग्दै आएको रकम दसैंभरि आधामात्र लाग्नेछ भने पोस्टपेड मोबाइल प्रयोग गर्नेले तिर्नर्पर्ने रोमिङ चार्ज समेत नलाग्ने भएको छ । टेलिकमले दसैंदेखि  पोस्टपेड मोबाइलमा लाग्दै आएको रोमिङ शुल्क हटाउने निर्णय गरेको छ ।

कपिलवस्तुमा एकजनाको हत्या

बुटवल, १९ असोज
अपरिचित व्यक्तिहरुको एक समुहले कपिलवस्तुको महाराजगंज गाविस ३ उनौलियाका एक सर्वसधारणको हत्या गरेको छ । सोमबार राती ३ जनाको समुहमा मुखमा कालोपटि्टी बांधेर आएका व्यक्तिहरुले धारिलो हतियार प्रयोग गरेर स्थानीय ५० वषर्ीय परशुराम यादवको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या के कति कारणले कसले गर्यो भन्ने बारे भने केही खुल्न सकेको छैन । हत्या भए लगत्तै प्रहरीले भारतीय सीमा क्षेत्रहरुमा निगरानी बढाएको र खोजी कार्य तिब्र पारिएको जनाएको छ ।

चिन्ता चाडवाडको

__________________________गणेश लम्साल ______________________
सामाजिक संजाल फेसवुकको स्टाटासमा केहि दिन आगाडि लेखें चाडवाड आयो अब के खाने के पिउने हो एउटा प्रतिकृया पाएँ क्वाप्प खाने अनि सुरुप्प पिउनु भन्ने र अर्को प्रतिकृया पाएँ के खाने चिन्ता हो कोनी कसैले चाँहि मासु चिउरा त खाने हो नी भनेर प्रतिकृया पाएको थिएँ । मैले प्रतिकृयाहरुलाई पनि वर्गीकरण गरे । देशमा विद्यमान वर्गीय विभेदले गर्दा चाडवाड पनि वर्गीय रुपले मानिदो रहेछ ।

Saturday, October 2, 2010

तीन सुरक्षा निकाय विरुद्ध अख्तियारमा उजुरी

+++++++++++++++++++ गोविन्द बस्नेत ++++++++++++++++++++++++++++
धरान १६ असोज÷ नियम विपरीत टेण्डर आब्हान गरेको भन्दै सुरक्षा निकायको तीन वटै प्रधान कार्यालय विरुद्ध सुनसरीको धरान स्थित एक कम्पनीले अख्तियारमा उजुरी गरेको छ ।
नेपाली सेनाको मुख्यालय नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालय विरुद्ध धरान १ मा रहेको कोशी सप्लायस्रले उजुरी गरेको हो ।

शरणार्थी फिर्ता गरिएकोमा आपत्ती

दमक, १६ असोज÷ भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको नाममा काठमाण्डौं पुर् याउँदै फेरि फिर्ता ल्याएकोप्रति शरणार्थी फिर्ती समितिले आपत्ती जनाएको छ ।
भुटानी शरणार्थी स्वदेश फिर्ता समितिका अध्यक्ष डा।भम्पा राईले पुनर्वासका नाममा शरणार्थीमाथि अमानवीय व्यवहार गरिएको भन्दै आपत्ती जनाउनु भएको हो ।

अवलोकन कर्ताहरु