- पहलमान कटुवाल
जित्नेले हार्छ हार्नेले मार्छ
कहिले फूल गुलाफ झै फुल्छ
कहिले काडा झै बिज्छ ।
विन्द्रामा अपर टन्टामा असर
मृत्यु पछि पनि अमर
कहिले कुनामा लुक्छ
कहिले श्रद्धाले झुक्छ ।
प्रेम-संवेदनशील कोमल छोए फैलन्छ
नौनि झै पगलन्छ आगो झै दनकन्छ
कोहि अंगार बन्न सक्छ बादलले पानी झारोस्
पि्रय-नत्र िसंगो जीवन आगो जान्छ पि्रय
प्रेम रुवा झै हलुङ्गो
गगन झै गहिरो आँधी झै ध्वस्त हुनसक्छ
खुल्ला आकाशमा भौतारी रहन्छ
सम्झनाको स्मृतिमा हराउँछ बिस्रने यादहरु
न रंग न गन्ध
आँखामा प्रेमको नशा छ
कतै चोट भए बल्झन्छ
यौन उन्मादनलाई प्रेम भनिदिये
पवित्र प्रेमको पाप लाग्छ
प्रेम त चेतनामा बाँचीदिन्छ
तर ! प्रेम साँच्चै गरे है
छिन-छिनमा काँडा टेकिन्छ है ।
No comments:
Post a Comment