- पहलमान कटुवाल
थोरै होस् अँध्यारो भन्ने अँध्यारो हुन्छ ॥
उज्यालो खोज्न हिडेका मान्छेले रातै मात्र भेट्न ।
देउता भेट्न िहंडेको मान्छेले ढुङ्गा मात्र भेट्छ ॥
तर ढुङ्गाहरु वालुवा-वालुवामै बन्छन् ।
तर देउताहरु मान्छे बन्न मान्दैनन् ॥
फरक यति छ !
जे होस् उज्यालोमा देखिने थोक ।
अँध्यारोमा देखिँदैनन् सोच्छन् ॥
तर उज्यालोमा नदेखिएका थोक पिन ।
अँध्यारोमा देखाई दिन्छन् ॥
फरक यति छ !
तर देउताहरुमा जस्तो ऐयासी ढुङ्गामा छैन ॥
अनि ढुङ्गाहरु रोएको देखेको छु मैले ।
तर देउता रोएको देखेको छैन ॥
तेसो त कोमलता सम्झनामा
फरक भन्नु यति छ ।
No comments:
Post a Comment