- पहलमान कटुवाल
रोएर मात्रै नसुकाऊ जीउ जीवनको खाँचो छ
आँखाको सामू टल्केको मुहार सम्झेर नरोऊ
मनको बह मनैमा राख आँशुले नधोऊ
कहिन काही लुकेको हुन्छ मनको भावना
आशाको दियो ननिभाऊ मनमा देखेर सपना ।
हृदयभित्र छिपेको फूल कुनै दिन फक्रेला
निभेको दियो सलेदो फेर्दा उज्यालो भैदेला ।
विरह बोकि सुकेका आँशु हाँसेर विसा्रैला
मनको फुलले गुँथेको माला कसैलाई पैराउँला ।
दोदिरे माया त्यो घाम-छाँया एकै छिन रहेछ
माया कि डोरी अर्काकी छोरी मन अर्काे भएछ ।
अझै म भन्छु तौलेर हेर मायाको डल्लोलाई
त्यो मन भित्र सोचेर हेर मनको खल्लोलाई ।
तौलेर हेर कसको धेरै माया तुलामा हालेर
छैन कसर आगामा गाल पापी मन फालेर ।
No comments:
Post a Comment