- पहलमान कटुवाल
िसंगारेर हैन तर देशै राम्रो नेपाल ।
राम्रो भन्नु रङ हैन माटो पो त राम्रो
हाम्रो भन्नु अरु छैन नेपाल पो त हाम्रो ।
फाँट राम्रो अनारले पाखा बनेलिले
भाषा राम्रो लैवरीले रोदी जुनेलीले ।
ठूलो भनौ ठूलो छैन सानो पनि हैन
सानो-सानो छिचिमिरोका प्वाँख झरे ।
हाम्रो लागि नेता सबै छक्क परे
ठूला-ठालु नेता सबै तल-तल झरे ।
कोरिबाटि छैन तर त्यसै राम्रो हिमाल
िसंगारेर हैन तर देशै राम्रो नेपाल ।
हिमालतिर डाँफे मुनाल मैदानमा बाघ
हिमालमा जडिबुटि फल्ने फुल्ने साग ।
उभो हेर् यौ लेखतिर बुकि फूल फुल्ने
मैदान सारै राम्रो धानका बाला झुल्ने ।
जात छन थरि-थरि भाषा थरि-थरि
घुमि-घुमि हेर् यौ भने हिमाल वरीपिर ।
No comments:
Post a Comment