| तयारी अवस्थामा रहेको रंगशालामा बनेको बासको प्याराफिट । तस्विर शुक्रान्त राई |
यस गोल्डकपलाई हेर्नका लागि धरानका मात्र हैन पूर्वााचल लगायत भारतबाट समेत प्रतियोगिता हेर्न आउने गरेका यस अगाडिका गोल्डकप प्रतियोगिताबाटै प्रष्ट भएको छ ।
गत वर्ष झै यस वर्ष हुने १३ औं संस्करणको बुढासुब्बा गोल्डपको रौनक धरानमा शुरु भइसकेको छ । यसका लागि आयोजक धरान फुटबल क्लब प्रचार प्रसारका लागि अहोरात्र खटिरहेको संघका अध्यक्ष सुवास राईले जानकारी गराए ।
राष्ट्रियखेलाडीसमेत उत्पादन गर्न सक्ने धरानको यस गोल्डकपलाई फुटबलको लागि उर्भरभूमिको रुपमा लिने गरिएको छ । यहाँँबाट उत्पादन भएका खेलाडीहरु प्ा्रायः राष्ट्रिय स्तरको क्लब थि्रस्टार क्लब नेपाल पुलिस क्लब एनआरटी लगायतका दर्जनौ क्लबमा खेल्ने गरेको पाइएको छ ।
यसैले गर्दा नै होला धरानको बुढासुब्बा गोल्डकपलाई यहाूमात्र हैन पूर्वााचलका दर्शकहरुले महत्वको दृष्टिले हेर्न गरेको क्लबका अध्यक्ष राईले जानकारी गराए ।
अहिले प्रस्तावित रंगशालामा तयारी अन्तिम चरणमा पुगेको छ । क्लबका अनुसार तयारी ९५ प्रतिशत भइसकेको र यसपटक पहिलेका वर्षहरुभन्दा अझ व्यवस्थित गराउन हर तवरले प्रयासरत गरिरहेको जानकारी गराएको छ ।
धरानको बुढासुब्बा गोल्डकप धरानको गौरवको रुपमा हेरिने धरान १५ का दानबहादुर राईले बताए । उनले भने-धरानमा भएको बुढासुब्बा गोल्डकपले राष्ट्रिय खेलाडी उत्पादनमा इटा थप्ने काम भएको छ । यसलाई अझ व्यवस्थित गर्दै लगे सुनमा सुगन्ध हुने थियो ।
धरानका राईको मात्र हैन धरानबाहिरका दर्शकहरुले पनि यस्तै किसिमको भाव व्यक्त गर्ने गरेका छन् । विगत १० वर्षदेखि धरानको रंगशालामा साचालन हुदै आएको गोल्डकपलाई नछुट्याई हेर्न गरेका भारत सिलुगढीका राजन साहले पनि धरान फुटबल क्लब पूर्वााचलको मात्र हैन राष्ट्रकै गहना भएको बताए ।
जे होस् धरानको बुढासुब्बा गोल्डकपले राष्ट्रमामात्र हैन अन्तर्राष्ट्रिय स्तरमा धरानको पहिचानलाई पहिचान गराउन सजिलो बनाएको कसैले नकार्न सक्दैन ।
No comments:
Post a Comment