Thursday, August 25, 2011

गजल

- निशान निष्कर्ष खोज्दै आत्मा सम्मान गाउँ फर्कदैछु ।
यो मेरो अभियान गाउँ फर्कदैछु ।.........
भन्नुहुन्थ्यो बाआमा शहर नजा बाबु
पुज्न तिनै भगवान् गाउँ फर्कदैछु ।

कति बस्नु अब रुदै शहरमा
भेटिन्छ कि मुस्कान गाउँ फर्कदैछु ।

सालघारी डुल्दा गाउँथी कोइली चरी
उतै छ चिनजान गाउँ फर्कदैछु ।

गाउँका सबैजना जाँदै छन् रे मुग्लान
म लक्का जवान गाउँ फर्कदैछु ।

तिमीले सुनेको खबर साँचो हो
अचुक छ यो निशान गाउँ फर्कदैछु ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु