Monday, May 30, 2011

सानो पाथीभराको ठूलो पर्य्रटन

  • रामचन्द्र अधिकारी
देवीकेा दर्शन गरी फर्कदै गरेका पर्यटकहरु
एक युवती खुत्रुक-खुत्रुक खुड्किला ओिलर्ंदै थिइन् … आठ सय सतसठ्ठी आठसय अड्सठ्ठी आठसय उनासत्तरी ……………॥ खुड्किला चढ्दै गरेका एक जवानले साधे -ूबहिनी यहाँ कति वटा खुड्किला छन् ू उनको गन्तीको क्रम भंग भयो । उनको अठोट थियो जम्मा खुड्किलाको संख्या पत्ता लगाउने । कतिवटा खुड्किला रहेछन् भनेर पत्ता लगाउन खोज्नेहरुको गन्तीक्रम अरुहरुको यस्तै प्रश्नले टुट्न जान्छ । स्थानीय श्रीपाल गजुरेलले भने - खुड्किला संख्या पूरा गन्नेहरु दुई प्रतिशत पनि भक्तालु छैनन् भुलिइहाल्छन् । यद्यपि सबैले गन्ने रहर गर्छन् ।

भक्तालुहरुलाई सुविधा दिन र िसंढी गन्दै िहंड्दा गलेको महशुस नगर्लान् भन्ठानेर संरक्षण समितिले िसंढी खुड्किला बनाइदिएको तर गन्दा गन्दै भुलिएर भक्तचािहं हैरान ।
इलाम जिल्लाको कोल्बुङ-२ मा अवस्थित सानो पाथीभराको पर्यटन भने ठूलो छ । मेची राजमार्गको कुटीडाँडाबाट सीधै खुड्किला उक्लदै जाँदा ट्याक्कै पुगिन्छ पाथीभरा मन्दिर
पाथीभरादेवीको मन्दिर ।
। देवीको दर्शन गर्न आउनेहरुको पहिलो आकर्षक यिनै खुड्किला हुन्छन् । कलात्मक ढंगले बनाइएका खुड्किला कुटीडाँडाबाट मन्दिर गेटसम्म पुर् याइएका छन् । दुई वर्षअघि मात्र निर्माण गरिएको सो िसंढीमा एक हजार पच्चीस वटा खुड्किला छन् । यसले गर्दा उकालो िहंडाइ सजिलो भएको छ । परिणाममा पर्यटक संख्या बढेको गजुरेलले अनुमान लगाए ।
पाथीभरा देवीप्रति पूर्वी नेपाल र पश्चिम तथा सिक्किम भारतमा पूर्ण विश्वास छ । मुख्य पाथीभरा ताप्लेजुङमा छ । त्यहाँ पुग्न कठिन छ । त्यसैले त्यसैको प्रतिकस्वरुप इलाममा सानो पाथीभरा २०५१ सालमा स्थापना गरिएको हो । हरेक दिन दुई हजारदेखि पाँच हजारसम्म भक्तहरु पुग्छन् । झापाको विर्तामोड देखि ३५ किलोमिटर दूरीमा रहेको पाथीभरा पुग्न असक्त बृद्ध बालबालिका कसैलाई समस्या छैन बाटो सजिलो छ ।
छोटो अवधिमा राम्रो पर्यटन फस्टाएकोले पाथीभरा संरक्षण समितिले राम्रै आम्दानी गर्दैछ । भक्तहरुले चढाएको भेटीबाटै ठूला दुई वटा मन्दिर धर्मशाला टहरा र िसंढी बनाई सकिएको-समितिका सचिव नारायण ढुंगेलले भने ।
पाथीभरा देवीको मन्दिरमा पुगेर भाकल गरेमा मनोकामना पूरा हुने विश्वास छ । पाथीभरा डाँडो चढ्न देवीदर्शन बाहेक प्राकृतिक मनोरम दृष्यमा रमाउन पनि हो । यहाँ प्रशस्तै युगल जोडीहरु भेटिन्छन् - ढुंगेलले भने - मायाप्रीति साट्छन् घुमफिर गर्छन् डबल फाइदा छ ।
मन्दिर आसपासमा पाँच सय हेक्टर वन छ । पाथीभरा डाँडा परिसरमै हाँसपोखरी रमिते डाँडा शिवधाम र कुटीडाँडा जस्ता रमाइला र मनोरम ठाउँहरु छन् । रमिते डाँडाबाट भारतका सिक्किम दार्जीलिङ सिलिगुडी र टिष्टा नदी प्रष्टसँग अवलोकन गर्न सकिन्छ ।
धार्मिक तथा पर्यटकीय यो स्थलमा पर्यटकको संख्या हरेक साल बढ्दै गइरहेको छ । समितिले दिएको विवरण अनुसार दुई वर्ष यता पर्यटककको संख्यामा गुणोत्तर वृद्धि भएकेा छ । समुद्र सतहदेखि २१ सय मिटर उचाइमा रहेको यो स्थानमा चीसो हावापानी हुने भएकोले गर्मी मौसममा झन् धेरै पर्यटन बढ्छन् - स्थानीय होटल व्यवसायी मीना लुम्वाले भनिन् । पर्यटन व्यवसायीहरुले पाथीभरालाई ुमेचीको भेडेटारु उपाधि दिएका छन् । उनीहरु भन्छन् - धार्मिक महत्व पनि रहेको हुनाले सानो पाथीभराले उज्ज्वल भविष्य बोकेको छ ।
जैविक विविधताको दृष्टिकोणले पाथीभरा कमजोर छैन - भन्छन् मेची क्याम्पस भद्रपुरका सह-प्राध्यापक डा। कालुराम राई । लामो समय यहाँको जैविक विविधता को अनुसन्धान गरेका राईले भने - पाथीभरालाई जीवित संग्राहलय बनाउन सकिन्छ । किनकी यहाँ फुर्लम जीवजन्तु पाइन्छन् ।


No comments:

Post a Comment

अवलोकन कर्ताहरु