Saturday, March 19, 2011

सप्तकसँगै होली पर्व मनाइयो

            इटहरीमा रहेको सङ्गीत महाविद्यालयले शनिवार वृहत साङ्गीतिक कार्यक्रमका आयोजना गरी ४० औ सप्तकसँगै होली पर्व मनाएको छ । नियमित रुपमा शनिवार सङ्गीत कार्यक्रम गर्दै आएको महाविद्यालयले होली पर्वलाई जोडेर आयोजना गरेको ४० औ सप्तक कार्यक्रममा सोही विश्वविद्यालयमा सङ्गीत कला सिकिरहेका विद्यार्थीहरुले चर्चित गीतहरु प्रस्तुत गरेर होलीलाई नयाँ ढङ्गले मनाउन थालेका छन् ।
सुनसरी मोरङ र झापाका कवि सङ्गीतकार गायक र विभिन्न क्षेत्रका अग्रजहरुको समेत सहभागिता रहेको कार्यक्रममा विश्वविद्यालय साचालक कलाकारहरु राजु केसी मणि गुरुङ रामकुमार राजधामी लगायत एक दर्जनको कलाकारहरुको सहभागिता रहेको थियो ।
नवोदित कलाकारहरु पूर्णिमा सङ्ग्रौला सनम राई सुजिता विष्ट सीता कार्की लगायत एक दर्जन गायकहरु गीत गाएर कार्यक्रममा सहभागिहरुलाई मनोराजन प्रदान गरेका थिए । कार्यक्रममा प्राज्ञ एवं वरिष्ठ कवि कृष्णभूषण बल समाजसेवी रामचन्द्र अधिकारी र कवि मनु मिाजलले सहभागि सबैलाई होली टिका लगाएर होलीको मनोराजन प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु