Saturday, March 19, 2011

मारवाडी समुदायको होली

                     इटहरीमा रहेका मारवाडी समुदायहरुले होली मनाउन सुरु गरेका छन् । विषेश गरी तराईमा आइतबार मात्र होली मनाइने भए पनि मारवाडी सेवा समिति इटहरीले भने शुत्रबार साँझ देखि नै होली मनाउन सुरु गरेका हुन् ।
इटहरीका विभिन्न वडाहरुमा बसोवास गर्दै आएका मारवाडीहरु समुदायहरु समुहगत रुपमा एक अर्काको घरमा चङ्ग बाजा बजाउदै नाचगान एवम् रङ्ग साटासाट गरेर होलीको सुरुवात गरेका थिए । साथै मारवाडी समुदायहरुले एक अर्का बिच शुभकामना आदन प्रदान समेत गरेका छन् ।
मारवाडी समुदायको होलीको परम्परागत कथन अनुसार घर छाडेर देशका विभिन्न स्थानहरुमा कामको सिलसीलामा छरिएर बसॆका आफ्ना समुदायहरुले घरको सम्झनामा समुहगत रुपमा एक अर्काको घरमा गई
चङ्ग बाजा बजाउदै नाचगान एवम् रङ्ग साटासाट गर्नै गरेको मारवाडी सेवा समितिका इटहरी निवर्तमान अध्याक्ष सुनिल अग्रवालले बताउनु भयो ।
सधै व्यापार व्यावसायमा व्यस्त रहने भएकाले कामबाट फुसर््ाद मिलाई परिवारिक साथीभाइ इस्टमित्रसग बसेर यसरी होली मनाइने वहाँले बताउनु भयो । साथै एक आपसमा रहेको मनमुटाव र रिसलाई पनि यस होली पर्वले हटाउने अग्रवालले बताउनु भयो । शुक्रबार साँझदेखि सुरु हुने मारवाडी समुदायको होली आइतबार विशेष रुपले मनाइने गरेको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु