Friday, February 18, 2011

कोसीटप्फमा वाह्य पर्यटक

कोसीटप्पु वन्यजन्तु आरक्षमा गएको आर्थिक वर्षमा ४ सय २० जना वाह्य पर्यटक आएको आरक्ष जनाएको छ । कोसी कटानको समस्या आएकाले कम हुँदै गएको पर्यटकको संख्यामा गएको आर्थिक वर्षमा बृद्धि भएकॊ आरक्षका संरक्षण अधिकृत असोककुमार रामले जानकारी दिनुभयो ।


आरक्षको अनुसार चालू आर्थिक वर्षको पुससम्मा १ सय २० जना बाह्य पर्यटक आरक्षमा आएका छन् । नेपालमा सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेका कारण यो वर्ष आरक्षमा आउने पर्यटककेा संख्या बढ्नॆ अनमान गरिएको छ ।
कोसीटप्पु वन्यजन्तु आरक्षमा यो वर्ष चरा वर्षको रुपमा घोषणा गरेका कारण पर्यटक बढ्ने सम्भावना रहेकॊ कोसी टप्पु आरक्ष क्षेत्र मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले जानकारी दिनुभयो ।



No comments:

Post a Comment

अवलोकन कर्ताहरु