Sunday, January 30, 2011

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र उत्सव सुरु

गोविन्दबस्नेत
     आदिवासी जनजातिको पहिचानलाई सुनिश्चित गर्न साथै आदिवासीहरुलाई आफ्नो हक अधिकार कला संस्कृति भेषभुषा पहिचान संरक्षणको उद्देश्यले धरानमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र उत्सवु सुरु भएको छ ।
अतिथीहरुलाई तोङ्वा गुन्द्रुक मेखेगोरुको सुकुटी जस्त आदिवासीका परम्परागत परिकारले सत्कार गर्दै सुरु भएको उत्सवमा आईतबार धरानको खानेपानीको स्रोत सर्दु जालाधार क्षँेत्रबाट हटाईएका वासिन्दाको जीवनमा आधारित वृत्तचित्र ुपसिनाले िसंचिएको भुमि प्रदर्शन गरियो । जलाधार क्षेत्रबाट उठाइएका स्थानीयहरुले आईएलओ १६९ अनुसारको अधिकार पाउनु पर्ने आवाज उठाइएको सो वृत्तचित्र गोपाल देवानको अनुसन्धान अरुण प्रधानको निर्देशन र ईण्डिजिनियस फिल्म आर्काइभ अन्तर्गत आईएलओ १६९ परियोजनाको लगानीमा निर्माण भएको हो ।
त्यस्तै उत्सवमा तामाङ जातिमा परम्परागत रित पोङ का कारण छोरीहरुलाई परेको समस्याका बारेमा सुकुमाया तामाङले निर्देशन एवं अभिनय गरेको लघु चलचित्र ुपोङ्ु प्रदर्शन गरियो । त्यसैगरी आदिवासी समुदायलाई असर पार्ने भौतिक परियोजनाका बारेमा पेरुको कथामा आधारित एण्ड द रिभर फ्लोज अन प्रदर्शन गरियो ।
धरान स्वर्ण महोत्सवको अवसर पारेर सुरु गरिएको उत्सवको आईतबार धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले उद्घाटन गरे । चलचित्र उत्सवकै अवसरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई सम्मान प्रदान गरियो ।
इटहरीका राईले नेपालको मुलधारको चलचित्र क्षेत्रमै नेतृत्व गरेर आदिवासीकालागि उल्लेख योगदान समेत पुर् याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।
आदिवासी चलचित्र प्रवद्र्धन समिति सुनसरीको आयोजनामा सुरुभएको उत्सव सोमबार सम्पन्न हुनेछ । यो उत्सव आदिवासीको अधिकार प्राप्तिको आन्दोलनको एउटा रुप भएको समितिका अध्यक्ष गोपाल देवानले बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुजेन्द्र गोले सचिव गजेन्द्र मुखिया लगायत विभिन्न जातिय संघ संस्थाका प्रतिनीधि सहभागी थिए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु