______नरेन्द्र बस्नेत_____________
बेलबारी माघ÷ शाही शासन कालको समयमा २०६२ सालमा केही सरकारी लगानी र स्थानीय संघ संस्थाको सहयोगमा निर्माण गरिएको मोरङको बेलबारी-२ मा रहेको सैनिक भवन हाल आएर लोकतन्त्र जस्तै धराशायी बनेको छ ।
शाही शासन कालको समयमा कमिसनको लोभमा ठेकेदारहरुले कमसल सामग्री लगाएर बनाएकोले हाल भवन जीर्ण अवस्थामा रहेको हो । हाल आएर इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी जवान बस्ने भवनको पुन निर्माण
नहुँदा सितलहरको कारण प्रहरी जवानहरु बिरामी पर्न थालेका छन् । उनीहरुमा टाउको दुख्ने ज्वरो आउने लगायतका समस्याहरु समेत देखा परेको छ । पौषको सितलहरमा ती प्रहरी जवानहरु चिसोमा नै बस्न थालेकाले उनीहरु बिरामी परेका छन् । यो भवन के उद्देश्यले बनाएको हो र निर्माण समितिको हेलचेक्राइको कारणबाट प्रहरी जवान बस्ने ठाउँ जीर्ण भएकोले बिरामी हुने अवस्था आएको इ।प्र।sा। बेलबारीका प्रहरी निरीक्षक रुद्र चुडालले बताउनु भयो । यदि भवन निर्माण समितिले इ।प्र।sा। बेलबारीलाई जिम्मा लगाए आफू केहि संघ संस्थाको सहयोगमा पुन निर्माण गर्ने समेत चुडाल बताउनु हुन्छ ।
माओवादीले इलाका प्रहरी कार्यालय बेलबारीमा २०६० भदौमा हमला गरेपछि बेलबारीमा बस्न थालेका सेनालाई भवन बनाउन २०६२ सालमा डेढ लाख रुपैया भन्दा बढी रकम जुटाईएको थियो । इ.प्रा बेलबारीको परिसरमा रहेको पूर्वपट्टिका भवनमा तला थपेर बस्ने ठाउँ बनाएको थियो ।
करिब १ लाख खर्च गरेर बाँकी काम नगरी २०६३ वैशाख ११ मा लोकतन्त्र आएपछि भवनको काम रोकिएको थियो । शान्ति समितिका अध्यक्ष दशरथ प्रसाईले विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई अगाडी सारेर भवन निर्माणको काम गराएका थिए । तर निर्माण गरिएको केहि महिनामा नै ढलाइको छतबाट पानी चुहिएर बसि नसक्नु भएको छ । २ कोठे पक्की भवनमा अहिले पानी चुहिने गरेको छ । लगातर पानी चुहिन थालेपछि अत्याधिक ठन्डीको कारणले प्रहरी जवानहरुको बिल्लीबाठ भएको छ । पानी पर्दा लुगाफाटा भिज्ने गरेको प्रहरीहरु बताउछन् उनीहरु भिजेर बेलाबेलामा विरामी पनि हुने गरेका छन् ।
भवन निर्माणको लागि १ लाख ५० हजार रुपैया रकम उठेको थियो । १ लाख जतिको काम भएको तर बाँकी कुरा समितिलाई नै थाहा नभएको भवन निर्माण समितिका सदस्य लिला आचार्य बताउँछन् । भवन निर्माण समिति सँग न त हिसाब नै छ न त रकम नै । सो निर्माण राजावादीहरुको अग्रसरतमा भएकोले उनीहरुले नै रकम झ्वाम पारेको निर्माण समितिका पदाधिकारीहरु बताउँछन् । जन आन्दोलन पछि राजनीतिक दल तथा सरकारी निकायले वेवास्ता गरेपछि सो भवन अलपत्र अवस्थामा पुगेको छ । साथै ५० हजार भन्दा बढी रकम हिनामीना भएको स्रोतले जनाएको छ । तत्कालीन समयमा २ कोठे पक्की भवन निर्माणका लागि डि।पी। राईको संयोजकत्वमा निर्माण समिति बनाइएको थियो ।

No comments:
Post a Comment