_____________________________ गोविन्द बस्नेत______________________
धरान आउ है माया नमार घुम्न जाऔं धरान बजारु यो गीत त्यसै रचिएको हैन धरान बजारको सौन्दर्यलाई मध्यनजर गरी यौ गीत रचिएको हो भन्नेमा दुईमत छैन ।उभो हेर् यो विजयपुरतिर धार्मिक स्थलका रुपमा विश्वमै परिचित रहेको पिण्डेश्वर मन्दिर बुढासुब्बा मन्दिर दन्तकाली मन्दिर उँधो हेर्दा छैउमै बगेको सेउती खोला चिसो भेडेटार तम्मर नदी लगायतका स्थानमा पुग्ने प्रवेशद्वार रहेकोले धरान बजार धार्मिक एवं पर्यटककीय स्थलका रुपमा सदियौदेखि परिचित रहेको सबैमा वितितै छ ।
धरानको परिचय यतिले मात्र पुग्दैन पहाडको फेदीमा रहेको धरान गर्मी महिनामा धैरै गर्मी र जाडो महिनामा साह्रै जाडो नहुने क्षेत्रको रुपमा परिचित छ ।
त्यसैले होला धरानमा दिनप्रतिदिन बसोबास गर्ने मानिसहरुको संख्या बढ्दै गएका छ । यस स्थान तराई र पहाडकौ संगम स्थलकोरुपमा समेत परिचित छ ।
हेर्दा हैर्दै धरान नगरपालिका ५० बर्षमा प्रवेश गरेको छ । यसैलाई मध्यनजर गरी धरान नगरपालिकाले स्वर्णमहोत्सव मनाउने भएको छ ।
यतिबेला धरान बजार वेहुली झै िसंगारीएको छ । वजार भरी टाँगीएका ध्वजा पतका र स्वागत द्वारहरुले धरानलाई निकै मनमोहक वनाएको छ । वजार रंगिचंगी मात्र भएको छैन विवाह मण्डवमा सिँगारिएर वसेकी वेहुली सरह वनेको छ यतिवेला धरान । सवैतिर सजिसजाउ भएको देख्दा सवैलाई मन लोभ्याएको छ । बजार क्षँेत्रलाई ध्वजा पतका लगायतले िसंगारीएर राताम्य वनाएको छ ।
हाम्ा्रो धरान हाम्रो गौरव भन्ने नाराका साथ गर्न लागिएको धरान स्वण महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
धरान नगरपालिकाको आयोजनामा हुन लागेको सो महोत्सवमा स्टल निर्माण्ँ कार्यहरु सकिएका छन् । सो अवसरमा निर्माण्ँ भएका करिव १ सय १४ वटा स्टलहरु बुकिङ भैसकेको समितिका सदस्य सचिव रमेश साहले जानकारी दिएका छन् । सचिव साहका अनुसार धरानको मुख्य चोकको रुपमा रहेको भानुचोकमा निर्माण्ँ गरिएको चारवटा स्वागतद्वार निर्माण गरिन लागेको र धरान प्रवेश गर्ने चारवटै नाकामा स्वागतद्वार निर्माण गरीएको छ । यो महोत्सवले नगरको प्रचार-प्रसारमा सहयोग पुर् याउनुका साथै आम जनतामा छुट्टै खालको रौनक थपिएको छ ।
महोत्सवमा प्रदर्शनका लागि आदीवासीहरुका मौलिक संस्कृतिको झ-झल्को पनि दिइने छ ।
पर्यटन बÈ्र २०११ सँगै धरान नगरपालिका र आसपासका Ôेत्रको आर्थिक तथा सामाजिक विकास उद्योग व्यापार िशÔा स्वास्थ्य कृिÈ पर्यटन तथा संस्कृतिको प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
चारदिनसम्म चल्ने महोत्सवमा २० देखि ३० लाख खर्च हुने आयोजकको भनाई छ । महोत्सवमा करिव ३लाख मानिसहरुले अवलोकन गर्ने अनुमान रहेको साहले बताए । उनका अनुसार महोत्सवमा सांस्कृतिक कार्यक्रम स्थानिय भेÈभुÈाको प्रर्दशनी अन्तर माध्यामिक विद्यालय स्तरीय नृत्य रक्तदान वतृत्वकला प्रतियोगिता जातिय खाना खाने प्रतियोगिता अन्तराष्ट्रिय आदीवासी चलचित्र महोत्सव भ्यु टावर उद्घाटन पर्यटन सुचना केन्द्र उद्घाटन विभिन्न खेलकुद उत्सव धरानको विषयमा तयार पारीएको वृत्त चित्र प्रदशनी लगायतका कार्यक्रम गरीने छ ।
धरानमा पहिलो पटक संचालन हुन लागेको प्याराग्लाइडिङ र भ्यु टावर संचालन पर्यटन सुचना केन्द्रको स्थापना महोत्सवको मुख्य आकर्षणको विषय भएको आयोजकको दावी छ ।
धरानको धार्मिक पर्यटकीय क्षत्रको रुपमा रहेको दन्तकाली पिण्डेश्वर र वुढासुव्वा मन्दिर लगायत एसियाकै उत्कृष्ट रहेको स्वास्थ्य स्ांस्थाको रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत छिमेकी गाविस विष्णु पादुकामा रहेको विष्णुपादुको मन्दिर र वराहक्षेत्र गाविस स्थित चतरामा रहेका औलिया मन्दिर समेत यस क्षेत्रका पर्यटकहरुलागी संभावित पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । महोत्सवको उद्घाटन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङ्गबाट हुने आयोजक समितिले जनाएको छ ।
No comments:
Post a Comment