विश्वकै सबभन्दा होचा व्यक्ति खगेन्द्र थापामगरलाई विराटनगरका समाजसेवी उद्योगी तथा कलाकारहरुले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् ।
गीतकार एवं पत्रकार शंकर खरेलको झ्याप्प झ्याप्प गइरहन्छ लाईन……॥ नामक गीति क्यासेटको बुधबार विमोचन कार्यक्रममा थापा मगरलाई सम्मान गरिएको हो ।
सभासद् तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइराला सभासद् मोति दुगड गितकार
शंकर खरेल उद्योगी नन्दकिशोर राठी तथा समाजसेवी राज्यलक्ष्मि गोल्छाले दोसल्ला ओढाएर थापा मगरलाई सम्मान गर्नुभएको थियो । वि।सं।२०६७ साल असोज २८ गते विश्वकै सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिज बुकमा खगेन्द्रले नाम लेखाउन सफल भएका खगेन्द्र अहिले १९ वर्षका छन् ।
कार्यक्रममा खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले खगेन्द्रलाई पर्यटन वर्ष २०११ लाई ध्यानमा राख्दै देशको कुना कुनामा पुर् याउने लक्ष्य राखेको बताउनु भयो । पर्यटन वर्ष २०११ लाई सफल बनाउन विश्वकै होचा खगेन्द्र आकर्षणको केन्द्र बन्ने भएपनि सरकारले अहिलेसम्म कुनै सहानुभूति नदेखाएको उहाँले दुखेसो गर्नुभयो ।
खगेन्द्रले भने आफू विराटनगर आउन पाएकोमा खुशी भएको बताएका छन् । कार्यक्रममा सभासद एवं नेपाली कांग्रेसका डा। शेखर कोइराला सभासद मोति दुगड लगायतले नेपालमा सबैभन्दा ठूलो सगरमाथा र सबैभन्दा सानो व्यक्ति खगेन्द्रले अन्तराष्ट्रिय क्षेत्रमै देशको शिर उच्च बनाएकोले उनलाई राष्ट्रिय विभुति घोषित गरिनुपर्ने बताउनु भयो ।
खगेन्द्र डा।sाेइराला र मोती दुगडद्वारा सामुहिक रुपमा विमोचन गरिएको पत्रकार खरेलद्वारा रचित झ्याप्प झ्याप्प गइरहन्छ लाइन………नामक गीति एल्बममा ९ वटा गीत रहेका छन् । यसमा उद्योगपति नन्दकिशोर राठीले रिक्सामा सररर जाउँ िहंड विराटनगर…। भन्ने गीत गाउनु भएको छ भने रेडियो नेपालकी प्रथम गायिका रानुदेवि अधिकारीले गाएको जागे नेपाली उठे नेपाली ……॥गीत पनि समावेश गरिएको छ ।
गीति क्यासेटमा गायक सुमित खड्का निसा अटल मारु प्रनेश लिम्बू राजिव तापडिया र शंकर खरेलको स्वर रहेको बताइएको छ ।

No comments:
Post a Comment