Friday, January 7, 2011

धिमाल महोत्सवको तयारी हुँदै

पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव

  २३ पुष/ धिमाल जातिको सघन वसोवास रहेको झापाको दमकमा आगामी माघ १६ गते देखि हुने धिमाल सास्कृतीक महोत्सवको तयारी सुरु भएको छ ।
पर्यटन वर्ष २०११ को अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव वारे जानकारी दिन शुक्रवार दमकमा आयोजित पत्रकार सम्मेलन मार्फत तयारी वारे जानकारी िदंदै धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक रामबहादुर धिमालले बिभिन्न सहयोगी सस्थाहरु सँग समन्वय गरी तयारी तिब्र पारिएको बताउनुभयो ।
झापा र मोरङमा छरिएर रहेका आदिबासी धिमालहरुको सस्कृतीको संरक्षण प्रवर्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले जनाउनुभयो । त्यसैगरी स्थानिय स्तरमा पर्यटन तथा पछाडि पारिएका जातिको उत्थानमा सहयोग पुर् याउने पनि महोत्सवको ध्येय रहेको वताउनुभयो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले उद्यागी ब्याबसायि तथा वाणिज्य संघले पनि महोत्सवलाई सक्दो सहयोग पुर् याउने वताउनुभयो । कथन अनुसार हजारौं वर्ष पहिले जंगलमा सिकार खेल्ने क्रममा वाटो विराएर मधेसमानै छाडिएका किरातीका हैं भन्ने धिमाल समाजमा विस्वास छ । दमक १६ मा ५ दिन सम्म चल्ने महोत्सवको धिमाल जातीय विकास केन्द्र मुल आयोजक रहेको छ । त्यसैगरी दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघ आयोजक समितिमा रहेका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु