+++++++++++++गणेश लम्साल++++++++++++++++
चाडपर्व भनेका हुनेखाने मान्छेले आफ्नो आमोद प्रमोदका लागि बनाएका हुन् । पछि उनीहरुले पर्वलाई धर्मसँग जोडेर साँस्कृतिक रुपमा संथागत गरेपछि झन् चाडपर्वहरु समाजमा फस्टाउँदै गए । उनीहरुको देखासिखीमा नहुनेहरु पनि चाडपर्व मान्न र उनीहरुको सिको गर्न वाध्य भए । समाजमा यसले साँस्कृतिक रुप लिइसकेपछि चाँहि समाजको धर्म र वर्ग अनुसार मानिसहरुले चाडपर्व मान्नथाले । जुन पर्वलाई उनीहरुको जीवनसँग जोडिन गयो । हिन्दुधर्मावलम्वीहरुले परापूर्वकालदेखि मनाउँदै आएको दशै तिहार पर्व पनि यस्तै हुन् । र यो वर्ष पनि दशै सुरु भैसकेको छ । दशैका धेरै राम्रा र नराम्रा पक्षहरु होलान् ।
तर यहाँ चर्चा दशैमा बिझेका ५ कुराको मात्रै ।
चाडवाडको यात्रा
हरेक वर्ष जव दशै आउँछ तव प्रहरी प्रशासनले चाडवाडमा अपराध हुन नदिने योजना बनाउँछ । र सोहि अनुसार कर्तव्यमा खटेर शान्ति सुव्यवस्था पनि कायम गर्छ । तर दशैमा हरेक वर्ष बढिरहेको असुरक्षित यात्रालाई व्यवस्थित गराउन उतिसारो कसैको ध्यान गएको पाइदैन । दशैमा दशमीका दिनदेखि आफन्तकोमा टिका थाप्न जानेहरुको घुईचो हुने भएकोले सार्वजनिक सवारी साधनहरु पनि कोचमकोच हुने गर्दछन् । यो बेला वस ट्रक टयाम्पो जीप भ्यान र सार्वजनिक वसहरुले समेत पाएसम्म यात्रुहरु वसभित्र छत र पछाडि झुण्डयाएर यात्रा गराउने गरेका हुन्छन् । अझै ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनहरुमा त असुरक्षित यात्रा झन् बढि हुन्छ । अप्ठेरोबाटो भएपनि पुराना सवारीसाधनहरु क्षमताभन्दा बढी यात्रु लिएर संचालन हुने गर्दछन् । यो बेला प्रहरीले पनि आ दशै त होनि भनेर आँखा चिम्लिदिन्छन् भने यातायात कर्मचारी र व्यावासायीहरु पनि कमाउने यहि हो मौका भन्दै सकेसम्म यात्रु कोच्न र कसेर भाडा उठाउन तल्लिन हुन्छन् । चाडवाड त होनी भन्दै मादक पदार्थ सेवन गरेर विन्दास हुदै मोटरसाईकल कुदाउँदा सबैभन्दा दुर्घटना यहि बेला हुने गरेका छन् । झन् यात्रुको त के कुरा उनीहरुलाई भीड छ यसमा नचढ्नुहोस् न भन्यो भने त तँ हामीलाई चढ्न नदिने भन्दै वस चालक र कर्मचारीहरुलाई नै पाखुरा सुर्केर कुट्न तैयार हुन्छन् । अझै झुण्डिएर यात्रा नगर्नु भन्यो भने त तैले मलाई केटाकेटी ठानिस् भन्ठान्छन् । साथै यो बेलामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कार्वाही गरिने वा सवारीहरु अझै व्यवस्थित तरिकाले चलाउने भन्ने कुनै योजना आउँदैन । आखिर दशैमा यातायात व्यावसायी र प्रहरीको पनि त अमोद प्रमोद हुनुपर् यो नि हैन र
चाडवाडमा वालश्रम
दशंैका बेला हुनेखानेहरुकोमा सबैतिरका आफन्तजन भेला हुन्छन् । मिठो मसिनो खान्छन् रमाउँछन् । तर उनीहरुको सेवा गर्ने गरीव घरबाट ल्याईएका वालवालिकारु हुन्छन् । उनीहरुले अरुबेला भन्दा बढी चर्को काम गर्नुपर्छ । भाँडा माझ्नु पर्छ कपडा धुनुपर्छ खाना बनाउनु पर्छ र भनेका बेला चियापानी पुर् याउनु पर्छ बजार कुद्नुपर्छ । र पनि उनीहरुले जस पाउने गर्दैनन् । गाली खान्छन् । कतै कतै त उनीहरुले कुटाई समेत खानुपर्छ । घरका आफन्त सबै भेला भएर दशैलाई महान चाड भनेर फलाक्दै रमाउँदा विचरा दशैमा साईतको टिको लाउन आफ्नो घरसमेत जान नपाएका ती वालवालिकाहरुको कति चित्त दुख्दो हो र उनीहरुको दिमागमा हुने खानेहरुप्रति कस्तो धारणाबन्दो हो कस्ले सोच्ने । त्यसो भए सधै सकारात्मक सोच राख्नु भनेर मात्रै समाज परिवर्तन हुदो हो त
चाडवाडको जुवा
दशै तिहारका बेला मानिसहरु चाड मान्नका लागि खोजेर मागेर वा बढी श्रम गरेर भएपनि पुग्दो पैसा जुटाउँछन् । तर यसरी जुटाएको पैसा धेरैले फजुल खर्चमा पनि सिध्याउने गरेका छन् । दशै तिहारमा पैसा सक्ने सबैभन्दा सजिलो माध्यम जताततै हुने जुवा हो । यो बेला गाउँघर शहरबजार सबैतिर मज्जाले स्तर अनुसारका जुवा हुन्छन् । हुनेखानेहरुले प्रहरी प्रशासनकै साँठगाँठमा वा सँगै पनि होटल वा घरमा जुवाको खाल चलाउलान् । कम हुनेले टोल गाउँमा अड्डा जमाउलान् । नहुनेहरुले पनि स्तर अनुसारका लंगुरवुर्जा र घिर्नीजस्ता जुवा खेलेर चित्त बुझाउँलान् तर जोशमा सम्पत्ति गुमाउँदा पाहुना धान्ने पैसा समेत सकिएको र कति धनीको पनि धोती न टोपी हुनेगरेको पाइन्छ । तर नेपाल सरकारको प्रशासनचाँहि आ महान चाड दशै र तिहार त होनी भनेर आफू पनि मग्न हुने चलन किन हट्न नसकेको हो कुन्नि बरु काठमाडौ प्रहरीले जस्तै जुवाको खालमा छापा मारेर पैसा राम्रो काममा लगाएत हुने हो नि कसो
चाडवाडको सान
जतिसुकै सदाचारका कुरा गरेपनि आखिर लोभी र आडम्वरी मन कहाँ मान्छ र । अलि अलि भएको देखाउने पनि त यहि मौका हो । आफन्तकोमा जाँदा होस् वा घरमा आएका आफन्तहरुका अगाडि कसैको भन्दा कम भए इज्जत जाला भन्ने त्रास कम हुदैन । ऋण काढेर भएपनि सान दिनै पर्ने कपडा किन्नैपर्ने अरुका अगाडिको भन्दा के कम भनेर देखिनै पर्ने अलिअलि छ भने मोटर कार लिएर जानै पर्ने घरमा खसी काट्नै पर्ने आदि धेरै सानका आहानहरु रहेका छन् चाडवाडका । अरुको देखासिकि गर्ने परम्परा भन्दा पनि हुनेखानेहरुले चाडवाडलाई भड्किलो बनाउँदै लगेकोले नहुनेहरुमा पनि हिन भावना गडेकोले उनीहरु पनि देखासिखी सानको प्रतिस्पर्धामा उत्रन वाध्य भैरहेका छन् । जसले उत्पादनका उद्यमको लगानीलाई त रोकेको छ नै नेपाली रुपैया व्यापारीहरुको पोल्टामा वर्षेनी जाने गर्दछ । चाडवाडलाई हुनेखानेहरुले कम भड्किलो बनाउँदै गए समाजमा केहि सहजता आउँथ्यो कि
चाडवाडको चाकरी र भ्रष्टचार
सबैभन्दा बिझेका कुरा त चाडवाडमा गरिने चाकरी र भ्रष्टचार नै हो । यो बेला सानले दशै मान्नका लागि धेरैले आफ्ना हाकिम देखि व्यापारी उद्योगी र अन्य चिनेजानेकाहरुको चाकरी बजाउँछन् । यो बेला मासु र मिष्ठान्न भोजन गर्नैपर्ने राम्रो लाउनै पर्ने अरुबेला भन्दा बढी खर्च गर्नै पर्ने सुरुप्प मदिरा पिउनै पर्ने जुवा तास खेल्नै पर्ने आफन्तकोमा सान साथ जानै पर्ने आदि विभिन्न कुराले यो बेला बढी भ्रष्टचार हुने गरेकेा पाइन्छ । तस्करहरुले यो बेला सबैलाई पैसा चाहिने भएकोले सबैभन्दा बढी भन्सार छली अवैध ओसार पसार गर्ने गर्दछन् भने सहयोग गरेका आशमा उद्योगी व्यापारीहरु भन्सार राजस्व र प्रहरी र कर्मचारीहरुकोमा धाउने प्रवृत्ति पनि अझै गएको छैन । यो बेला दिइने र लिइने व_िक्ससले सधैलाई प्रभाव पारिरहेको हुन्छ भन्ने थोरैले मात्रै हेक्का राख्ने गरेका होलान् । तर धेरैले धेरैबाट धेरैलाई हैसियत अनुसारको व_िक्सस टक्रयाएकै हुन्छन् । धेरै हैसियत भजाएर माग्न पुगेकै हुन्छन् । जति बढी ठूलावडाहरुबाट माग्न सक्यो र व_िक्सस आयो उति आफू हैसियतवाला भएको मान्ने प्रवृत्ति कम हुनुको साटो झन् हावी हुदै गएको पाइन्छ । मुलुकमा भ्रष्टचार समाप्त पार्ने कसम खाने हामीहरुले पनि यस्ता प्रवृत्ति सुर्धादै लगे चाडवाड मान्ने चलनमा पनि केहि सुधार आउँथ्यो कि
नघिटघण्ण्ज्ञढ२नुबष्ि।अयु

No comments:
Post a Comment