Tuesday, October 26, 2010

बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर ९ कार्तिक÷ निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन कार्यको विरोध गर्दै संघीय लिम्बूवान राज्य परिषदले मंगलबार मेची र कोशी अाचल बन्द गरेको छ ।
परिषदको बन्दका कारण मेची र कोशी अाचलमा सवारी साधन साचालन ठप्प भएको छ ।
पूर्व क्षेत्र प्रहरी कार्यलय विराटनगरका अनुसार मेची अाचलको मेची राजमार्ग पुर्व पश्चिम राजमार्ग र भित्री सडकमा कुनै पनि सवारी साधन चलेनन् । कोशी अाचलमा भने सुनसरीको इटहरी र मोरङको विराटनगरबाट पश्चिमतर्फ जाने सवारी साधन साचालन भएपनि पहाडी जिल्ला र पुर्वतर्फ जाने सावारी साधन ठप्प रहेको छ ।
यातयात नचल्दा आफ्नो गन्तब्यमा िहंडेका सर्वसाधारणहरु चौकचौकमा अलपत्र परेका थिए । यातायात सेवा बन्द हुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
मेची र कोशी अाचलका पहाडि क्षेत्रहरुमा पनि कुनै सवारी साधन नचलेको पुर्व क्षेत्र प्रहरी कार्यालयले जनाएको छ । परिषदले अरुण पुर्वका भोजपुर तेह्रथुम धनकुटा सुनसरीमोरङ झापा इलाम पाँचथर र ताप्लेजुङ गरी ९ जिल्लालाई लिम्बुवान क्षेत्र घोषणाको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएको छ ।
लिम्बूवान समुहलेले निर्वाचन आयोगले थालेको फोटोसहितको मतदाता नामावाली संकलन कार्य अवैज्ञानिक भएको भन्दै रोक्नुपर्ने माग गर्दै आएको छ । परिषदले मतदाता नामावली संकलन कार्यको सुरुदेखि नै विरोध गर्दै धरान धनकुटा इलाम दमक मेचीनगर नगरपालिकामा अबरोध गर्दै आएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु