Tuesday, October 26, 2010

मोरङमा खुलमखुल्ला जुवाको खाल साचालन

 विराटनगर ९ कार्तिक÷ दशै र तिहार आसपासमा छिटफुट रुपमा जुवातासका खेलहरु हुनु सामान्य नै हो । तर मोरङमा भने प्रहरी प्रशासनकै मिलेमतो र संरक्षणमा व्यवसायिक जुवाका अखडाहरु साचालन भइरहेका छन् ।
सरकार र गृह मन्त्रालयले जुवाजन्य खेलमा प्रतिबन्ध लगाएको भएपनि मोरङमा भने महिनौदेखि खुल्ला रुपमा जुवाका खाल साचालमा रहेको स्रोतले जानकारी दिएको छ ।
सुरक्षा निकायका उच्च अधिकारी र राजनीतिक दलका नेताहरुले मासिक नजराना लिएर जुवाको खाल साचालनमा सहयोग गरिरहेको स्रोतले जनाएको छ । मासिक रुपमा लाखौं रुपैयाँ नजराना लिएकोले जुवाको खालमाथि प्रशासनले कुनै कार्वाही गरेको छैन । अर्कोतिर यस अगाडि जुवा अखडामा छापा मार्ने राजनीतिक दलका युवा संगठनहरुले समेत रकम लिएकोले उनीहरु मौन रहेको स्रोतको दावी छ ।
जुवा खाल साचालन गर्नेहरुले पूर्व क्षेत्रका डिआईजी भिष्म प्रसाईलाई मासिक १ लाख रुपैयाँ मोरङका एसपी दिपक थापा र डिएसी रेवती ढकाललाई मासिक १ लाख सशस्त्र प्रहरी बल सीमा सुरक्षाका एसपीलाई मासिक १ लाख र राष्ट्रिय अनुसन्धानका मोरङ प्रमुख रविन्द्र पण्डितलाई मासिक ३५ हजार रुपैयाँ बुझाउने गरेको स्रोतको दावी छ । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार डिआइजी प्रसाईले मंगलबार विहान साँढे ६ बजे कार्तिक महिनाको रकम १ लाख रुपैयाँ जुवा खाल साचालकहरुबाट बुझ्नुभएको छ ।
जिल्ला प्रहरीका घुमुवा प्रहरी नायव निरीक्षक सुवास खनाल र जुवा खालका साचालक कुमार कार्कीले डिआइजी प्रसाईलाई पूर्व क्षेत्र प्रहरी कार्यालयमै पुगेर एक लाख रुपैयाँ बुझाएका हुन् । एक घण्टासम्म डिआइजी निवासमा उनीहरुबीच छलफल भएपछि डिआईजी प्रसाई व्याडमिण्टन खेल्न सहिद मैदान स्थित कवर्ड हल निस्कने क्रममा उनीहरु सँंगै निस्किएको स्रोतको दावी छ ।
विराटनगरमा चार र पथरीमा समेत एक स्थानमा जुवाघर साचालन भएको तथा मासिक नजराना उठाउने गरेको विषयलाई डिआइजी प्रसाईले भने अस्वीकार गर्नुभयो । ुमैले नजराना लिएको भन्ने विषय सतप्रतिशत झुट हो विहान मलाई भेट्न धेरै व्यक्ति आउनुभयो तर रकम दिन आएको भन्ने नामका व्यक्तिहरुको विषयमा मलाई थाहा छैनु- प्रसाईको भनाई थियो । यो विषयमा थप बुभुन आवश्यक रहेको उहाँले बताउनु भयो ।
जुवाको खाल साचालनमा प्रशासनको साथै राजनीतिक दलहरुको समेत साथ रहेको स्रोतले जनाएको छ । काँग्रेस एमाले र माओवादीका नेताहरुले समेत जुवा खाल साचालकहरुबाट मासिक नजराना बुभुने गरेका छन् ।
विराटनगरको बरगाछी तीनपैनी देवकोटा चोक रानी कलेज रोड र मोरङको पथरीमा ठूला जुवाको खालहरु व्यवसायीक रुपमा साचालनमा छन् । विराटनगर ४ बरगाछी स्थित रमेश घिमिरेले भर्खरै ६५ लाख रुपैयाँमा आकृति एड्भर्टाइजिङको नाममा बिक्री गरेको शिवालय मन्दिर सामुन्नेको घरमा अरुण सुरानाको पहलमा कुमार कार्कीको समुहले सबैभन्दा ठूलो जुवाघर साचालन गरिरहेको छ । धरान इटहरी दमक उर्लावारी र विराटनगरका ठूला व्यापारीहरुकालागि जुवा खेल्न त्यही घर सबैभन्दा सुरक्षित मानिएको छ ।
भदौ महिनामा कार्कीले साचालन गरेको सो जुवाघरमा प्रहरीले छापा मारेर १४ जनालाई रंगेहात पक्राउ गरेको थियो । उनीहरु सार्वजनीक अपराधको मुद्दाबाट छुटे लगत्तै सबैलाई ुलाईनु मिलाएर फेरि खाल जमाएर बसिरहेका छन् । सो समुहले सुनसरीको धरान र मोरङको पथरीमा गरी तीन वटा जुवाघर साचालन गरिरहेको स्रोतले बताएको छ ।
कार्कीको समुहले साचालन गरेको जुवाघरमा दैनिक ६० लाख रुपैयाँभन्दा बढीको खेल हुने गरेको छ भने करिब एक लाख रुपैयाँ बट्टी उठ्ने गरेको छ । त्यसमध्ये पत्रकार र अन्यलाई मिलाउन दिनको १० हजार रुपैयाँ छुट्ट्याउने गरेको बताइएको छ ।
दशैं तिहारको बहानामा विराटनगरको …बाँकी चार पेजमा रानी स्थित अमरलाल श्रेष्ठले पनि घरमै जुवा खेलाउने गरेका छन् । श्रेष्ठको घरमा दैनिक २०÷२५ लाख रुपैयाँको खेल हुने गरेको छ । सो खालबाट पनि इलाका प्रहरी कार्यालय रानीको माध्यमबाट प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताहरुलाई रकम पुग्ने गरेको छ ।
जुवा खेलाउने विराटनगरको देवकोटा चोकमा रहेको सरस्वती होटल अर्को अखडाको रुपमा चर्चामा छ । विराटनगरका धनाढ्य काठ व्यवसाय र जग्गाको कारोवारमा संलग्नहरु सोही होटलमा जुवा खेल्ने गरेको स्रोतको दावी छ । यसैगरी विराटनगर २ मा रहेको साजय भट्टराईको घरमा असोज सुरुदेखि नै जुवातास साचालन भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए । भट्टराईको घरमा १ सय रुपैयाँ प्वाइन्टका दरले दैनिक ४÷५ लाख हारमार हुनेगरी म्यारीज खेल हुने गरेको छ ।
उता मोरङको मंगलबारे स्थित अर्जुन तुम्रुकको घरमा साचालन हुने जुवाघर अहिले मोरङकै पथरी बजारमा सारिएको छ । स्थानीय महिलाहरुले जुवा विरोधी अभियान चलाएर तुम्रुकलाई नै टोल सुधार समितिको संयोजक बनाइदिएपछि उनले पथरीमा घर भाडामा लिएर जुवा खेलाउन थालेको स्रोतले बताएको छ ।
विराटनगरमा खुल्ला रुपमा जुवाघर साचालन हुन थालेपछि भारत जोगवनीका रामसागर रायले बर्षौंदेखि साचालन गर्दै आएको जुवाघर दुई महिनादेखि बन्द छ । आपुनो जुवा अखडा बन्द भएपछि रायका भाइ राजु रायले सशस्त्र प्रहरीको सिमा सुरक्षा बल विराटनगरका प्रहरी उपरीक्षकलाई २ लाख रुपैयाँ दिएर ३ महिनाअघि बरगाछीको जुवाघरमा छापा मार्न लगाएको स्रोतले जनाएको छ । रायले अहिले विराटनगरका जुवा साचालकहरुको नाम नै तोकेर आलोचना गर्दै हिडिरहेका छन् ।
विराटनगरमा प्रशासन र राजनीतिक संरक्षणमा जुवाघर साचालन भएको चर्चा मंगलबार विराटनगरमा व्यापक भएपछि प्रहरी टोली अपरान्ह बरगाछीको जुवाघरमा पुगेको थियो । स्रोतका अनुसार अगाडि नै जानकारी दिएर गएको प्रहरी टोली जुवाघरमा पुग्ोकोले अगाडि नै खेलाडीहरु त्यहाँबाट बाहिरिसकेका थिए । मोरङका डिएसपी रेवती ढकालले जुवाखेलको सूचना आएर गएको टोलीले कसैलाई पनि फेला नपारेको जानकारी दिनुभयो ।
मोरङमा खुल्ला रुपमा जुवाको खाल साचालन भइरहेको विषयमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले समेत जानकारी पाउनु भएको छ । आफुलाई केही दिनदेखि जुवाको विषयमा सूचना आएको जानकारी दिँदै उहाँले प्रहरीलाई नियमित निगरानी र कारवाहीको लागि निर्देशन दिइसकेको बताउनु भयो ।
आपुूले जुवाको अखडामा कारवाही गर्न प्रहरीलाई आदेश दिँदा खेल नभएको खबर प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । उहाँले आगामी एक साताभित्र जिल्लाभरका सबै जुवाघरहरु बन्द गराउने दावी गर्नुभएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु