आकाश श्रेष्ठ
विशाल घाटको चौतारीमा दिल खोली हास्न सिक
यो स्वार्थी दुनियामा प्रेम गरी बाँच्न सिक ।
एक्लै कति गर्छौ र जिन्दगीका यात्राहरु
कसैसँग नजर जुधाई पि्रति अब गाँस्न सिक
दुनिया नै प्रेमको संचालमा परेपछि
कसैको मायालाई मुटुभित्र साँच्न ।
एक्लिनु परेतपनि यो समाज नै तिमी
दुई आत्माबीचको मिलनमा आउनेलाई मास्न सिक
डराउँछौ किन तिमी के तिमीमा साहस छैन ।
यदि आँट छ भने मनको राजसित नाँच्न सिक
प्रेमलाई जिताउन चाहे ज्यान फाल तिमी
तर त्यो मुटुभित्र उसकै तस्विर टाँस्न सिक
विशाल घाटको चौतारीमा दिल खोली हास्न सिक
यो स्वार्थी दुनियामा प्रेम गरी बाँच्न सिक
No comments:
Post a Comment