_______________________________________________________________
विराटनगर, ११ कार्तिक÷ चाडपर्वको समयमा भित्रने पटकमा कडाई गरेपछि मोरङको कटहरीबाट बुधबार राति प्रहरीको सिआरभी टोलीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।
कटहरी ६ स्थित चिया पसल नजिक राखेको बेवारिसे जुटको बोरा खानतलासी गर्ने क्रममा प्रहरीले एक बोरा पटाका बरामद गरेको हो ।
बोरामा चकलेटी बम रकेट बम आलुबम लगायतका १५ बन्डल पटाका रहेको मोरङ प्रहरीले जनाएको छ । तिहार नजििकंदै जाँदा जोगवनी नाकामा प्रहरीले पटाका नियन्त्रण गर्न तालिमप्राप्त दुई वटा कुकुर परिचालन गरेपनि तस्करी नाकाबाट पटका भित्रिरहेको छ ।
प्रहरीको सकि्रयताका कारण ठूलो परिमाणमा पटाका बरामद भएको मोरङ प्रहरीले जनाएको छ । विषेश गरी तिहारको लक्ष्मीपुजाको दिन विराटनगर इटहरी धरान लगायतका मारवाडी समुदायको बसोवास भएको स्थानमा ठूलो मात्रामा पटाका पट्काएर मनोराजन गर्ने गरिएको छ ।
No comments:
Post a Comment