Monday, October 4, 2010

दशैंको अबसरमा मोबाईल कल सस्तो भयो

दशैंको अवसर पारेर यसपाली पनि नेपाल टेलिकमले मोबाइलको शुल्क मा केहि कटौती गर्ने भएको छ । 
कुराकानीमा लाग्दै आएको रकम दसैंभरि आधामात्र लाग्नेछ भने पोस्टपेड मोबाइल प्रयोग गर्नेले तिर्नर्पर्ने रोमिङ चार्ज समेत नलाग्ने भएको छ । टेलिकमले दसैंदेखि  पोस्टपेड मोबाइलमा लाग्दै आएको रोमिङ शुल्क हटाउने निर्णय गरेको छ । एउटा अञ्चलबाट लिएको मोबाइल लिएर अर्का अञ्चलमा जाँदा टेलिकमकै मोबाइल बाहेक अरु फोनबाट आएको कल रिसिभ गर्दा मिनेटको एक रुपैयाँ रोमिङ शुल्क लाग्ने गरेको थियो । चार्डपर्बमा मोबाइलका उपभोक्ता आफ्नो घर जाँदा ढुक्कसँग कुराकानी गर्न पाउन भनेर पोस्टपेडको लागि रोमीङ हटाउने निर्णय भएको टेलीकमले जनाएको छ । अहिले नेपाल टेलिकमका पोस्टपेड मोबाइलका उपभोक्ता एकलाख २६ हजार छन टेलिकमले  दशैं तिहारको लागि टेलिफोन कुराकानीमा आधा छुट दिने निर्णय गरेको छ । दशैं र तिहारको समयमा देशभित्र हुने कलमा आधा छुट दिने निर्णय भएको जनाईएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु