________________________________________________________________
ड्ड बुद्धवीर राई
इलाम १० कार्तिक÷ उचित श्रम नपाएपछि इलामको विभिन्न चिया बगानमा कार्यरत चिया मजदुरहरु कामबाट विस्थापित भएका छन् ।
व्यवस्थापन पक्षबाट उचित ज्याला नपाएपछि मजदुरहरु बगानको काम छाडेर बैकल्पिक पेशातर्फ लागेका छन् ।
उचित ज्याला नपाएर श्रमको शोषण भएपछि इलामका चार चिया बागान र कारखानाका करिब ४ सय मजदुरहरु विस्थापित भइसकेका छन् । कन्याम चिया बगान इलाम चिया बगान शोक्तिम चिया बगान र चिलिमकोट चिया बगानबाट गएको एक वर्षमा ४ सय ४६ मजदुरले काम छाडेको बताइएको छ ।
सरकारी स्वामित्वमा रहेका चिया बगान र कारखानामा २०५७ सालमा ८ सय ५८ जना मजदुर कार्यरत थिए । २०५७ सालमा चिया बगान र कारखाना निजीकरण भएपछि क्रमशः मजदुर विस्थापित हुन थालेको अखिल नेपाल चिया मजदुर संगठनका अध्यक्ष भुपाल सापकोटाले बताउनु भयो । दैनिक ज्याला बिदा र सेवा सुविधा कटौती भएपछि परिवार पाल्न नसक्ने भएकाले मजदुर चिया बगान छोडेर रोजगारीका लागि भारतीय भासिएको चिया मजदुर लालबहादुर राईले बताउनु भयो ।
………।बाँकी चार पेजमा ४ सय ७३ स्थायी मजदुर रहेको देशकै ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला २ सय ७ जना मजदुर मात्र कार्यरत रहेका छन् । यस्तै १ सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा ८५ जना ९५ जना स्थायी मजदुर रहेको शोक्तिम चिया बगानमा ६० र १ सय २५ जना मजदुर रहेको चिलिमकोट चिया बगानमा ७० जना मात्र मजदुर अहिले कार्यरत छन् ।
चिया बगानको व्यवस्थापन पक्षले विनाकारण सेवा सुविधा कटौती गरेपछि मजदुर बिस्थापित भएको मजदुर नेताहरुको भनाई छ । केही दिन अघि कन्याम चिया बगानमा काम गर्दै आएका ४५ मजदुरले एकैचोटी काम छाडेका छन् । सरकारको पूर्ण स्वामीत्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा निजीकरण भएपछि चिया मजदुरलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको मजदुर नेता सापकोटाको भनाई छ । निजीकरणपछिको व्यवस्थापनले तोकिएको ज्याला नदिने र सेवा सुविधा कटौती गरेकोले यो अवस्था आएको उहाँ बताउँनु हुन्छ । बगानको काम छाडेका अधिकांस मजदुर भारतीय शहरमा गएर काम गर्दै आएको कन्यामका बिष्णु भट्टराईले बताउनु भयो । सरकारले चिया बगानमा काम गर्ने मजदुरको ज्याला दर दैनिक १ सय २० रुपैया तोके पनि बगान व्यवस्थान पक्षले भने मजदुरलाई दैनिक ९५ रुपैयाँ मात्र दिएको छ ।
No comments:
Post a Comment