Friday, October 29, 2010

बैंकहरुको सुरक्षामा सजगता

_______________________________________________________________
विराटनगर १२ कार्तिक÷ विराटनगर स्थित एभरेष्ट बैंकको शाखाबाट दुई दिन अघि एक सर्वसाधारण लुटिएपछि मोरङ प्रहरीले विराटनगरमा रहेका बैंकहरुको सुरक्षामा कडाई गरेको छ ।
गएको बुधबार विराटनगर ८ महावीर रोडमा रहेको एभरेष्ट बैंकबाट विराटनगर २ तीनपैनीका रिाजतकुमारले निकालेको करिब एक लाख रुपैयाँ बैक हाताभित्रै लुटिएपछि प्रहरीले सुरक्षामा कडाई गरेको हो ।
रन्जित कुमारले बैंकबाट निकालेको ९६ हजार रुपैयाँ हाते व्यागमा राखेर निस्कने क्रममा लुटेराले व्याग खोसेर भागेको थियो । बैंक आसपासमा थप लुटपाटका घटना हुन नदिन प्रहरीले सतर्कता अपनाएको मोरङका प्रहरी नायब उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
नगरमा रहेका सबै बैंकहरुमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको र सशस्त्र मोवाईल गस्ती टोलीलाई विशेष सुरक्षाका लागि निर्देशन दिएको प्रहरीले जनाएको छ । प्रहरीले बैंकमा आउने सेवाग्राही लुटिने कारण पत्ता लगाउन र रोकथामका लागि बैंक व्यावस्थापन पक्षसँग अन्र्तकृया गरि सजगता अपनाउन अनुरोध गरेकेा छ ।
प्रहरीले बैंकका मनेजर र गार्डहरुलाई बोलाएर आवश्यक सुरक्षा अनुशिक्षण समेत दिएको डिएसपी ढकालले जानकारी दिनुभयो । विराटनगरमा निजी र सरकारी गरि करिब ३ दर्जन बैंकहरु साचालनमा रहेका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु