_________________________________________________________________
इटहरी ९ कार्तिक÷ नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिक आइरहेको बेला सुनसरीको इटहरीमा लुटपाट र चोरीका घटनामा बृद्धि भएको छ ।
आइतबार राति इटहरी स्थित इलाका प्रहरी कार्यालयकै अगाडि रहेका केही पसलहरुबाट करिब ८५ हजार रुपैया बराबरको सामान तथा नगद चोरी भएको छ ।
प्रहरी कार्यालयको अगाडि एक सय मिटरको दुरीभित्रै रहेको पूर्वााचल पोलिक्लिनिकबाट २८ हजार रुपैया बराबरको मेडिकलका सामानहरु चोरी भएको छ । त्यस्तै नजिकै रहेको मितेरी होटलबाट दुई थान कुकर टेलिभिजन डिभिडी प्लेयर लगायतका सामान चोरी भएको छ भने मितेरी होटल अगाडि ठेलामा राखिएको चुरा पसलबाट समेत २५ हजार रुपैयाँ बराबरको चुरा लगायतका सामान चोरी भएको पीडित अनिल शाहले बताउनु भयो ।
चोरहरुले सोही स्थानमा रहेको सियोन चर्चबाट समेत ५ हजार रुपैयाँ चोरेका छन् । दशैं अगाडि इटहरीका केही घुमुवा प्रहरीहरुले इटहरीबाट लाखौं रुपैयाँ उठाएको गुनासो व्यापारीहरुले गरिरहेकै बेलामा श्रृङ्खलाबद्ध चोरी भएको हो । यस अघि इटहरी चौक नजिकै रहेको सहारा फाइनान्सको एउटा गाडीमा तोडफोड गरिएको थियो ।
दशैं अघि पनि इटहरी चौकमै रहेको पेट्रोलपम्पमा सम्साँझै बन्दुक देखाएर लुटपाट भएको थियो । एकपछि अर्को गर्दै आपराधिक कि्रयाकलापहरु भइरहँदा पनि सुरक्षा निकाय मौन देखिएको आरोप इटहरीबासीले लगाएका छन् ।
तीन महिना अघि इटहरी स्थित घरमै हत्या गरिएकी पूर्णमाया राई र अपहरणपछि मारिएका भुपाल कार्कीको हत्यामा संलग्नहरुलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षकले श्यामल सुब्बाले भने अपराधीहरुको खोजी कार्य जारी रहेको प्रतिकि्रया दिनुभयो ।
No comments:
Post a Comment