Tuesday, October 26, 2010

इटहरीमा सुरक्षाकर्मी थप

++++++++++++++++++++++++++++++++++++++++
इटहरी ९ कात्र्तिक÷ इटहरीमा पछिल्ला दिनहरुमा सुरक्षा स्थिति नाजुक बन्दै गइरहेको समयमा जिल्ला प्रहरी कार्यालयले इटहरीको लागि २५ जना सुरक्षाकर्मी थप गर्ने भएको छ ।
इलाका प्रहरी कार्यालयमा सुनसरी प्रहरी प्रमुख भुपाल भण्डारी तथा प्रहरी उपरिक्षक भीष्म प्रसाईले प्रहरी थप गर्ने जनाएका हुन् ।
मंगलबार इलाका प्रहरी कार्यालय इटहरीमा पुगेर प्रहरी थप गर्ने निर्णय गर्दै सुरक्षा स्थितिप्रति सचेत बन्न प्रहरी निरिक्षक श्यामल सुब्बालाई निर्देशन दिएका थिए । आपराधिक घटना बढिरहेको र अपराधि पत्ता नलागेको अवस्थामा सुरक्षा अवस्थामा सचेत बन्न निर्देशन दिइएको सुनसरी प्रहरी प्रमुख भुपाल भण्डारीले बताए ।
उनले सुरक्षा स्थिति राम्रो बनाउन आफूहरु हरसम्भव लागेता पनि दुर्घटनाहरु आकस्मिक रुपमा हुने गरेको बताउँदै इटहरीको सुरक्षा स्थितिलाई सुधार गर्न प्रहरीबल थप गरिएको उनले बताए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु