दुई दशकदेखि पूर्वी नेपालमा शरण लिइरहेका भुटानी शरणार्थीले लामो समयसम्म दसैंलाई एउटा सम्झनाका रूपमा मात्र मनाउन सके । अधिकांश शरणार्थी हिन्दुधर्मावलम्बी भएकाले उनीहरूले दसैंलाई अनिवार्य पर्वका रूपमा मान्दै आएका छन् ।दाताले दिएको सिमित खाद्यान्नले दसैं मनाउन शरणार्थीहरूलाई सहज थिएन । दसैंको जोहोलाई सजिलो बनाउन अधिकांश शरणार्थी छिमेकी नेपाली गाउँहरूमा मजदुरी गर्न जाने गरेका थिए । यो वर्ष मजदुरी नगरीकन उनीहरूले सुखको दसैं. मनाउने भएका छन् ।
त्यसको मुख्य कारण तेस्रो देशबाट भित्रिएको रेमिट्यान्स हो । ‘शिविरमा बाँकी रहेका हरेक छाप्रामा रेमिट्यान्स थोरै भए पनि भित्रने गरेको छ,’ झापास्थित बेलडाँगी शिविर-२ का सचिव नारदमुनि सन्यासी भन्छन्, ‘रेमिट्यान्सले शरणार्थीहरूको किनमेल क्षमता बढाएकाले दसैं सुखद हुने देखिएको हो ।’ शरणार्थी शिविरहरूमा रेमिट्यान्स बढ्न थालेपछि बेलडाँगीका तीनवटा शिविरहरूमा मात्र करिब २४ वटा मनी ट्रान्सफरका शाखा कार्यालय खुलेका छन् ।

No comments:
Post a Comment