Friday, October 29, 2010

धरानका दर्जन स्थानमा जुवाको खाल

_______________________________________________________________
धरान १२ कार्तिक÷ चाडपर्वको मौका छोपी सुनसरीको धरानका एक दर्जनभन्दा बढी स्थानमा जुवाका खाल साचालन भइरहेको भएपनि प्रहरी प्रशासन भने मौन रहेको छ ।
धरानको वडा नं ८ स्थित वरगाछी आसपासका तीन ठाउँमा जुवाको खाल साचालन भइरहेको जानकारी आम धरानवासीलाई भएपनि प्रहरीले त्यसमा कुनै चासो दिएको छैन ।
जुवाको खाल भएको करिव १ सय मिटरको दुरीमा वडा प्रहरी कार्यालय रहेको भएपनि खाल साचालकहरुलाई कुनै चिन्ता छैन । त्यस्तै धरान मुटु मानिने भानुचोकको आसपासमा पनि तीन ठाउँमा जुवा साचालन भइरहेको स्रोतको दावी छ । जुवा साचालमा राजनीतिक दलका नेता र प्रहरी उच्च अधिकारीको साथ रहेकोले कुनै कार्वाही हुन नसकेको बताईएको छ ।
कोशी अाचल प्रहरी कार्यालयको करिव १ सय मिटरको दुरीमा धरान १३ मा समेत २ वटा जुवाको खाल रहेका छन् । खेल साचालन हुन दिए वापत प्रहरीले रकम पाउने भएकोले सो विषयमा मौन बसेको छ । दशै र तिहारको समयमा हुने जुवा र जुवाजन्य खेल रोक्न गृह मन्त्रालयले कडा निर्देशन दिएको भएपनि प्रहरीले नै त्यसमा संरक्षण गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले भने जुवा साचालन भएको बारेमा आफूलाई केही जानकारी नभएको बताउनु भयो । प्रहरीले जुवा खाल संरक्षण नगरेको दावी गर्दै उहाँले खेल भएको जानकारी दिनु आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु