_________________________________________________________________
बुद्धवीर राई
इलाम १२ कार्तिक÷ उचित मूल्य नपाएपछि इलाम जिल्लाका कृषकहरु रेशम खेतिबाट विस्थापित भएका छन् । रेशम कोकुनको अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने मुल्य कृषकहरुले मुल्य पाउन नसक्दा जिल्लामा भइरहेको रेशम खेति विस्तारै धरासायी बन्दै गएको हो ।
व्यवसायीक बन्दै गरेको रेशम खेतिमा सरकारले अनुदान सहयोग नगर्दा धरासायी बन्दै गएको रेशम विकास महासंघका अध्यक्ष शुशिला नेम्बाङ्गले बताउनु भयो । अहिले रेशम कोकुनको खरिद गर्ने व्यापारीले अत्यान्त कम मुल्यमा किसानबाट खरिद गर्ने गरेका छन् ।
इलाममा अहिले अधिकतम २ सय १२ रुपैयाँ भन्दा बढिमा कोकुन खरिद भएको छैन् । कृषकहरुले कोकुनको मुल्य ३ सय रुपैयाँ हुनपर्छ भनेर आन्दोलन गरिरेका भएपनि मूल्उ पाएका छैनन् ।
किसानले लगानीभन्दा कम मुल्य पाएकोले रेशम खेति माथि उठ्न नसकेको कृषकहरु बताउँछन् । अन्तराष्ट्रिय स्तरमा मूल्य उच्च रहेको भएपनि इलाममा भने कोकुनको मुल्यमा समायोजन नभएको र कृषि विकास कार्यालयबाट समेत रेशम खेतिमा सहयोग नभएको गुनासो किसानहरुको छ ।
इलाम जिल्ला रेशम खेतिको लागि उपर्युक्त मानिन्छ तर कोकुनको उचित मुल्य नपाउँदा किसानले यो खेतिमा रुचि देखाएका छैनन् । अहिले इलाम जिल्लामा रेशम खेति गर्नको लागि १३ वटा रेशम पाल्ने पक्की भवन रहेका छन् । ती भवनहरु समेत खेति नभएपछि प्रयोगविहिन बन्दै गएका छन् ।
रेशम धागोको लागि प्रयोग हुने कच्चा पदार्थ रेशमको कोकुन प्रशोधनको लागि इलामदेखि सुनसरिको इटहरी स्थित रेशम प्रशोधन कारखानमा निर्यात हुने गरेको छ । यस वर्ष इलामबाट १ सय ६० किलो कोकुन मात्र उत्पादन गरी निर्यात गरिएको छ ।
No comments:
Post a Comment