________________________________________________________________
काठमाडौं १२ कात्तिक÷ पूर्ण सरकार पहिले वा पूर्ण वजेट पहिले भन्ने वहस चलिरहेका बेला काम चलाउ सरकारले वजेट ल्याउने तयारी गरेको छ ।
सरकारले ३ खर्व ३५ अर्व रुपैयाको प्राविधिक बजेट ल्याउने तयारी गरिरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले जानकारी दिनु भएको छ ।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले कार्तिक मसान्तसम्ममा ल्याउने गरी प्राविधिक बजेटको तयारी भइरहेको जानकारी दिनु भयो ।
मुलुक अहिलेसम्मकै जटिल परिस्थितिमा रहेको दावी गर्दै उहाँले दलहरुले छिट्टै सहमति गरेर मुलुकलाई असफल हुनबाट बचाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
उपाध्यक्ष पोखरेलले यसरी विकास निर्माणको कामको बजेट थन्किएर बस्दा बजारमा आर्थिक कारोवार घटेको र यसले आर्थिक संकट ल्याएको धारणा व्यक्त गर्नु भयो ।
No comments:
Post a Comment