Thursday, October 28, 2010

छोरी-देश

_______________________________________________________________
-श्रीशीशा राई
आँखाको डिलतिर उक्लिँदै गएको निन्द्रा
विपनातिर ओलिँर्दै गरेको सपना
दुवै सामुन्ने आईपुगेपछि थाहा भयो-
मध्यरात रहेछ
कतै सुनियो च्याँ…। आवाज-
छोरी रहिछ
ुबुबु…बुबु…ु भन्दै आमाको आङ तानिरहेको त्यो दृश्य
आफ्नै हस्तरेखा र निधारका धर्काहरुले कोरिएको
देशको मानचित्र जस्तै लाग्छ

छोटा छोटा निन्द्रा पिच्छे
छटपटी र भोकको कर्कस चिच्याहट
जर् याकजुरुक उठेर हेर्छु
छोरी- म र मेरी श्रीमतिको वीचमा
दुई ढुंगा बीचको तरुल सुतेकी छ -
चिसो लागेको छ नाक बन्द छ
शायद हाम्रो अस्वस्थताको तापले
चाकमा घाउ छ खाना खाँदैन
सारा निन्द्राहरुलाई झुलबाट हटाएर
ब्युँि´एर पनि छोरी ओछयानमै छे
एकोहोरिएकी छे
उठेर
बेडको एकछेउ उभिएकी छोरी
भर्खर बाथरुम छिरेको आमा खोज्दै रुन्छे
ठुलो टाउको र जिङरिङग केश मुन्तिर
गलामा
आयातित पण्डितको मन्त्र र अनिश्चित भविष्यको
निश्चितता पोको पारेको बुटि झुण्ड्याएकी छे
कहिलकाँही
छोटा मसिना हातखुट्टा र
चाउरिँदो नाबालक अनुहारमा
विहानको किरण पर्दा पिन
आकारको सिमाना झन झन
अस्पष्ट अस्थिर र कुपोषित बन्दैछ
अन्र्तद्वन्द्व र द्धेषहरुका बीच
यसरी नै देश
यतै मसिना खुशीहरु भएपिन
अन्तै केही खोजिरहेछ
बाउ भएर पिन
केही गर्न सकेको छैन रे मैले छोरीका लािग
ुआमा भएर चैँ खै के गर्न सक्यौ त छोरीका लागि ु
अहँ…………॥
यस्ता तनाव ग्लानी र आवेशहरुको रुख्याईमा एकछिन पनि बाँचेर कर्तव्य-सारङगी रेट्नुछैन
हामी छोरीलाई अब
छिमेकी-अनाथालयको जिम्मा लगाउँदैछौं
धरान

No comments:

Post a Comment

अवलोकन कर्ताहरु