विराटनगर ९ कार्तिक÷ विद्युत्त चुहावट नियन्त्रण गर्न र विद्युत विस्तारमा सहजीकरण गर्न पूर्वमा सामुदायिक विद्युत केन्द्र्र्रहरु स्थापना हुने क्रम बढेको छ ।
सरकारले स्थानीय सहकारीहरुमार्फत सामुदायिक संस्थाहरुलाई विद्युत्त महशुल उठाउन अनुमति दिएपछि केन्द्र स्थापना हुने क्रम बढेको हो ।
विद्युत्त प्राधिकरण कार्यालय विराटनगरका अनुसार चार वर्ष अघि सुरु भएको सामुदायिक विद्युत्त केन्द्र अभियानअन्र्तगत हालसम्म ६५ वटा सामुदायिक विद्युत्त केन्द्रहरु साचालनमा आईसकेका छन् । उर्जा मन्त्रालय अन्र्तगतको ग्रामिण सामुदायिक विद्युत्तिकरण विभाग वालाजुबाट अनुमति लिएर साचालनमा आएका ती केन्द्रहरुले प्राधिकरणबाट प्रतियुनिट ३ रुपैयाँ ६० पैसामा ठेक्का लिएर समुदायमा विद्युत महशुल उठाउने गरेका छन् ।
हालसम्म कोशी र मेची अाचलमा साचालनमा आएका सामुदायिक विद्युत केन्द्रहरुमध्ये इलाममा ४ मोरङमा २२ सुनसरीमा १ र झापामा ३८ वटा छन् । ग्रामिण क्षेत्रहरुमा बढि विद्युत चोरी हुने महसुल नउठ्ने महशुल उठाउन र सेवा विस्तारका लागि कर्मचारीलाई असुरक्षा हुने भएपछि सरकारले स्थानीय उपभोक्ताहरुको सहकारी दर्ता गराई सामुदायिक विद्युत केन्द्रहरु साचालन गर्न थालेको हो ।
विद्युत्त प्राधिकरण विराटनगरका सहायक निर्देशक यामुन मेहताले साचालनमा आएका सामुदायिक विद्युत केन्द्रहरुमा ११ हजारभन्दा माथिको सेवा विस्तार र मर्मतकालागि प्राधिकरणले सहयोग गर्ने गरेको छ । सामुदायिक विद्युत केन्द्र साचालनमा आएपछि ग्रामिण क्षेत्रमा हुने समस्या समाधान गर्न उपभोक्ताहरु आफै सकृय हुने र विद्युत चुहावट पनि नियन्त्रण हुने निर्देशक मेहताले बताउनु भयो ।
सामुदायिक विद्युत केन्द्रहरु साचालनमा आएका स्थानहरुमा न्युनतम् विजुलीको महशुल तिर्ने ग्राहकहरुलाई पनि टाढा गएर दोब्बर खर्च गर्नुपर्ने समस्या हटेको छ ।
No comments:
Post a Comment