Thursday, October 28, 2010

हलेसी र तुम्लि�ङ्घटारमा उडान सुरु

______________________________________________________________
विर्तामोड ११ कार्तिक÷ पर्यटन वर्ष २०११ लाई प्रबद्र्धन गर्न ताप्लेजुङको पाथिभरमा हेलिकप्टर सेवा सुरु गरेकेा मेची ट्राभल्स एण्ड टुस्रले खोटाङको हलेसी र संखुवासभाको तुम्लिङटारमा पनि उडान साचालन गर्ने भएको छ ।
मेची ट्राभल्स एण्ड टुस्रले सिमि्रक एयरको जहाजबाट असोज २४ गतेदेखि भद्रपुर-पाथिभरा उडान गरिरहेको छ ।
सिमि्रक एयरकै जहाजबाट खोटाङको हलेसी र संखुवासभासम्मको लागि उडान सुरु गर्ने तयारी भएको मेची ट्राभल्सका व्यवस्थापक राम अधिकारीले जानकारी दिनुभयो । पाथिभराको उडानमा यात्रुहरुको उल्लेख्य संख्या भएको र अन्य स्थानको लागि पनि माग भएकोले थप दुई वटा स्थानमा उडानका लागि सिमि्रक एयरसँंग सहमति भइसकेको अधिकारीले जानकारी दिनुभयो ।
हलेसी र तुम्लिङटारका लागि सुनसरीको धरानबाट हेलिकप्टर उडाइने बताइएको छ । यात्रुहरुको मागलाई ध्यानमा रखेर पाथिभराका लागि यस अघि तोकिएको भाडादरमा तीन हजार रुपैंया कम गरी प्रतिब्यक्ति २७ हजार रुपैंयाँ कायम गरिएको अधिकारीले जानकारी दिनुभयो । यसैगरी तुम्लिङटारका लागि २० हजार रुपैयाँ र हलेसीमा हालका लागि चार्टरका आधारमा उडान साचालन गरिनेछ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु