Thursday, October 28, 2010

तस्करीको सामान वरामद

________________________________________________________________
विराटनगर, ११ कार्तिक÷ चोरी तस्करी गरी भारतबाट आयात गरिएको विभिन्न सामाग्री सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय विराटगनरले सिमावर्ती क्षेत्रबाट बरामद गरेको छ ।
भन्सार छलेर आयात हुँदै गरेको चिनी पापड खानेतेल युरिया मल र प्रतिवन्धित ब्रोइलर कुखुरा सुरक्षा चेकजाँचका क्रममा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले विराटनगर १९ को मलाया रोडवाट चिनि र पापड विराटनगर २० को भि�ट्टमोडवाट चिनि विराटनगर २१ को हुलास चौकवाट कुखुरा र बरडंगा गाविस ५ कुटुमगाजवाट खानेतेल र युरिया मल बरामद गरेको हो । प्रहरीले बरमद भएका सामान बुधबार नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ भने अबैध रुपमा भित्र्याइएको १८ वटा ब्रोइलर कुखुरा पत्रकारको रोहवरमा नष्ट गरेको जनाएको छ ।
सीमा सुरक्षा बल विराटनगरका प्रहरी उपरिक्षक चिराजीवी कुँवरले चाडपर्वको समयमा भारतीय बजारहरुबाट चोरी तस्करी गरी ठूलो परिमाणमा सामानहरु भित्रिरहेको जनगुनासो बढेपछि कडाई गरिएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु