_________________________________________________________________
विराटनगर १० कार्तिक÷ जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीको संरक्षणमा जुवा साचालन भइरहेको समाचार सर्वाजनिक भएपछि जुवाडेहरु र प्रहरी प्रशासनमा खैलाबैला मच्चिएको छ ।
विराटनगरभित्र तीन र मोरङको पथरीमा समेत व्यवसायिक रुपमा जुवाको खाल खुला रुपमा साचालन भएको समाचार बुधबार जनविद्रोह दैनिकसहित विभिन्न पत्रपत्रिका प्रकाशित भएको थियो ।
प्रहरी उच्च अधिकारीले मासिक नजराना लिएर जुवाको खाल साचालन गर्न छुटा दिएको समाचार सार्वजनिक भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले त्यस विषयमा मातहतका सुरक्षा निकायहरुसँग गम्भीर सोधपुछ गर्नुभएको छ । प्रजिअ अधिकारीले प्रहरी उच्च अधिकारीहरुसँग जुवा खेला साचालन र नजराना लिएको बारे सोधपुछ गर्नुभएको प्रशासन स्रोतले जनाएको छ ।
प्रजिअ अधिकारीले प्रहरी अधिकारीहरुलाई तत्काल गैरकानुनी जुवाका खालहरु नियन्त्रण गर्न समेत निर्देशन दिनुभएको छ । अधिकारीले राजनैतिक दलहरुका प्रतिनिधिहरु समेतलाई जुवा साचालन निरुत्साहित गर्न सहयोगको लागि आग्रह गर्नुभएको बताइएको छ ।
जुवाका खालहरु तत्काल हटाउन आपुूले प्रहरीलाई निर्देशन दिईसकेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँले प्रहरीको संरक्षणमा भईरहेकेा जुवाको बारेमा गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनाललाई समेत जानकारी दिनुभएको स्रोतले जनाएको छ । वेश्यावृत्ति र जुवाजन्य कि्रयाकलापले समाजलाई नै भ्रष्टिकरण गर्ने भन्दै प्रजिअ अधिकारीले यस्तो कामको संरक्षणमा प्रहरी अधिकारीको नाम जोडिनु नहुने बताउनु भयो ।
प्रहरी अधिकृतहरुले भने प्रजिअ अधिकारीलाई मोरङमा कतै पनि जुवा साचालन नभएको भनेर ढाँट्ने प्रयास गरेको बुझिएको छ । जुवा नियन्त्रणमा टोली परिचालन गरिएको जिल्लाका प्रहरी प्रमुखहरुले बताएको भएपनि प्रजिअ अधिकारीले यस अघि नै आपुूलाई समेत जुवा साचालन बारे सूचना आएको बताउनु भएको थियो ।
स्रोतका अनुसार प्रहरी अधिकृतहरुले मासिक नजराना लिएको कारण र राजनीतिक संरक्षण समेत भएकोले प्रशासनले तिहारअघि जुवा खालमा कुनै कार्वाही नगर्ने मनस्थिति बनाएको छ । जुवा साचालकहरुले प्रहरी र राजनैतिक दलका व्यक्तिहरुलाई जुवाको खाल साचालन गरे वापत नजराना बुझाएकोले तिहार अडाडि जुवाको खेल बन्द नहुने सुरक्षा स्रोतको दावी छ ।
प्रजिअ अधिकारीले कार्वाहीको निर्देशन दिनुभएको भएपनि पूर्व क्षेत्रका डिआईजी भिष्म प्रसाई मोरङका प्रहरी उपरिक्षक दिपक थापा प्रहरी नायब उपरिक्षक रेवती ढकाल राष्ट्रिय अनुसन्धानका प्रमुखलगायतले मासिक नजराना लिएकोले जुवाखालमा कुनै कार्वाही हुन्न- स्रोतले भन्यो । जुवाघर साचालकहरुले समेत तिहारसम्म जुवा खेलाउने गरी नजराना बुझाइसकेकोले जुवा साचालन गर्न पाउनुपर्ने दबाब प्रहरीलाई दिएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार प्रजिअ अधिकारीको निर्देशन पालना गरेको देखाउन प्रहरीले यस बीचमा केही साना जुवाका खालहरुमा भने कार्वाही गर्नसक्नेछ । तर व्यवसायीक रुपमा साचालन भइरहेका खालहरुलाई कसैले रोक्न नसक्ने बरु उनीहरुले स्थान परिवर्तन गरेर खाल साचालन गर्ने स्रोतले बतायो ।
मंगलबार पनि साचारकर्मीको चासोपछि जिल्ला प्रहरी कार्यालयले विराटनगर ३ बरगाछीमा रहेको जुवाकेा खालमा ुबनावटीु छापा मारेको थियो । पूर्व सूचना दिएर प्रहरी टोली सो स्थानमा पुगेकोले कोही पनि फेला परेका थिएनन् । तर प्रहरी टोली फर्किको आधा घण्टापछि पुनः राति १० बजेसम्म सो स्थानमा जुवा साचालन भएको स्रोतले जानकारी दिएको छ ।
No comments:
Post a Comment