कार्तिक,८÷ नयाँ संविधानमा लिम्बूवान राज्य ज्ञारेण्टीको माग गर्दै माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले सोमबार सुनसरीको धरान नगरपालिकामा एक घण्टा धर्ना दिएको छ ।
दिउँसो १ बजेदेखि २ बजेसम्म भएको धर्नामा परिषद्का कार्यकर्ताहरुले नगरपालिकाको कामकाज नै ठप्प पारेका थिए ।
परिषद्ले सोमबार नै धरानमा राके जुलुस समेत प्रदर्शन गरेको छ । धरानको भानुचौकबाट शुरु भएको राके जुलुसले धरान परिक्रममा गरेको थियो ।
विगत केही समयदेखि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गर्दै आएकोमा परिषद्ले मतदाता संकलन संघीय विरोधी भएकोले सो कामलाई अवरोध गर्दै आएका थिए । सोहीको निरन्तरताका लागि र लिम्बूवान प्राप्तिको लागि आन्दोलनको घोषणा गरेको परिषदका सुनसरी अध्यक्ष डम्बर खजुमले जानकारी दिनुभयो ।
यसअघि परिषद्ले कार्तिक ७ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षका लागि ज्ञापनपत्र बुझाईसकेको छ । परिषदसले मंगलबार लिम्बूवान बन्दको समेत आब्हान गरेको छ ।
No comments:
Post a Comment