सिराहा ९ कार्तिक÷ एक साता अघि सिरहाको सखुवानान्कारकटीबाट अपहरित ३ वर्षीय बालक अपहरणमुक्त भएका छन् ।
सखुवानान्कारकट्टी ९ बाट गत बुधवार राति अपहरित बालक इब्राहिम मियाँ सोमबार साँझ अपहरणमुक्त भएका हुन् ।
उनलाई अपहरणको छैठौ दिन भारतको ललमनिया नजिकको एउटा गाउँबाट नेपार र भारतको संयुक्त प्रहरी टोलीले अपहरणमुक्त गराएको हो । अपहरणकारीले नबालकलाई सीमावर्ती भारतको ललमनियामा नजिकै एउटा गाउँमा लुकाएर राखेको अवस्थामा सकुशल अपहरणमुक्त गरेको वडा प्रहरी कार्यालय लाहानका प्रहरी निरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
अपहरणको आरोपमा प्रहरीले सोही गाउँका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकका बुवा अहमद मियाँ बैदेशिक रोजगारको क्रममा कतारमा रहेकाले फिरौतीको लागि बालकको अपहरण गरिएको थियो । तर फिरौती भने नदिएको परिवारजनले बताएका छन् ।
No comments:
Post a Comment