रमेशकुमार पौडेल, चितवन, असोज २७- संविधान नबन्नुमा सभासदभन्दा दलका ठूला नेताहरु दोषी रहेको चितवन क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा निर्वाचित एमालेका सभासद लालमणि चौधरीले बताएका छन्।
नेताहरुले सहमति पनि नगर्ने परिपाटीले संविधान सभा भूमिकाविहीन भएको उनको आरोप छ। सभामुखले पनि थप सक्रियता देखाउनु पर्ने उनको आग्रह थियो।
उनले भने 'जनताहरु सभासदले गरेनन्, यिनलाई जुत्ताको माला लगाउनु पर्छ, घाँस खुवाउनु पर्छ भन्छन्। तर प्रचण्ड, झलनाथ या सुशील कोइराला जिल्ला जाँदा मालाले पुर्छन। नेतालाई दवाब नपुगेकाले काम हुन नसकेको हो। तर जनताले उनैलाई सम्मान दिइ राख्छन्।'
नेताहरुले सहमति गरेर कार्यतालिका कायम गरे २४ घण्टामा २० घण्टासम्म संविधान लेखनको काम गर्न सभासद्हरु तयार रहेको उनले बताए।
क्रियाशिलता नबढाए संविधान सभाका सदस्यहरुले सभामुखलाई घेर्नेसम्मको चेतावनी सभासद् चौधरीले दिए।
No comments:
Post a Comment