Tuesday, October 26, 2010

नाङ्गो नाचलाई प्रशासनको रोक

सप्तरी, ८ कार्तिक÷ दशैं र तिहार मेलाको नाममा सप्तरीको पश्चिमी क्षेत्रका विभिन्न स्थानहरुमा खुलेआम भइरहेको युवतीहरुको नाङ्गो नाच प्रदर्शनमा स्थानीय प्रशासनले रोक लगाएको छ ।
सप्तरीको पातो वोदेवसाइन र मानराजा गाविसमा दशैं मेलाको अवसरमा आर्केस्ट्राको नाममा खुलेआम युवतीहरुको नाङ्गो नाच भएको सार्वजनिक भएपछि प्रशासनले सोमबारदेखि त्यसमा रोक लगाएको हो ।
प्रहरीकै संलग्नता र संरक्षणमा नांगो नाच र जुवातास तथा कौडा खेल साचालन भइरहेको समाचार सार्वजनिक भएपछि प्रशासनले त्यसमा रोक लगाएको हो । नाच हेर्न आउने दर्शकले प्रतिव्यक्ति एक सयदेखि पाँच सय सम्म शुल्क बु´ाउनु पथ्र्यो ।
स्थानीय प्रशासनले पुरानै परम्पराको निरन्तरता भन्दै मेलामा हुने नाचलाई मौखिक अनुमति दिएका थियो । तर नांगो नाच साचालन भएको सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले सोमबार बिहानैबाट नाचघर बन्द गराउन निर्देशन दिनुभएको हो ।
प्रजिअ घिमिरेले आर्केस्ट्राको आडमा नग्न नाच भैरहेको खुलेपछि यी केन्द्रहरु बन्द गराएको जानकारी दिनुभयो । बोदेबरसाईन कृषिमन्त्री मृगेन्द्रिसंह यादवको गृह गाउँ हो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु