क्याम्पसमा नव प्रवेशी विद्यार्थीहरु राख्ने विषयमा झडप भएको हो। होस्टेलमा आ-आफ्ना नयाँ विद्यार्थी राख्ने सिलसिलामा विवाद हुँदा झडप भएको प्रारम्भिक जानकारी आए पनि यथार्थ कारण खुल्न सकेको छैन। गएराति ११ बजे घटना भएकाले जानकारी आउन नसकेको क्याम्पस प्रशासनले जनाएको छ।
घाइते हुनेमा नेविसंघका चार र अखिल क्रान्तिकारीका तीन जना विद्यार्थी छन्।
नेविसंघका घाइतेहरु चितवन मेडिकल कलेजमा र अखिल क्रान्तिकारीका घाइते भरतपुर मेडिकल कलेजमा उपचाररत छन्।
नयाँ विद्यार्थी राख्ने विषयमा विवाद हुँदा नेविसंघका विद्यार्थीहरुले पहिले एक्कासी आक्रमण गरेको क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण न्यौपानेले बताए। यता आफ्ना २ जना साथी गम्भीर रहेको नेविसंघ चितवनका सचिव प्रकास अधिकारीले बताए।
थप झडप हुनसक्ने आशंकामा अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ।
No comments:
Post a Comment