Tuesday, October 12, 2010

उत्कृष्ट दुई चालकलाई सम्मान

विराटनगर २५ असोज÷ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उत्कृष्ट सवारी साधन चलाउने दुई जना चालकहरुलाई विराटनगरमा सम्मान गरेको छ ।
ट्राफिक प्रहरीले सोमबार चालकद्वय सन्तोष राई र विश्वनाथ साहलाई सम्मान गरेको हो ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले विराटनगर बसपार्कमा आयोजना गरेको दशैको चिपापान र ट्राफिक सचेतना कार्यक्रममा दुबै चालकहरुलाई सम्मान गरिएको हो । राई र साहलाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक बिमल बस्नेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक रमेश कार्कीले संयुक्त रुपमा दोसल्ला ओढाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
सवारी दुर्घटना कम गराई ट्राफिक व्यवस्था सुधार्न भुमिका खेल्ने उत्कृष्ट चालकहरुलाई यसैगरी प्रत्येक वर्ष सम्मान गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो अवसरमा सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका चालक शंकर गिरीको उपचारका लागि नेपाल स्वतन्त्र यातायात मजदुर संगठन मोरङले नगद १५ हजार रुपैंयाँ सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल पुर्व नेपाल यातयात मजदुर संघका उपाध्यक्ष राजन कँडेल नेपाल स्वतन्त्र यातयात मजदुर संघ कोशी अाचल इाचाज किशोर धमला पर्यटन तथा यातायात व्यावसायी भवेश क्षेष्ठ लगायतले चाडवाडको बेला हुने दुर्घटना कम गर्न व्यावसायिहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्ने बताउनु भयो । उहाँहरुले यात्री र मजदुरको सम्मान गर्न तथा ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु