Thursday, October 28, 2010

गजल

________________________________________________________________
-संगीता आभार्ष
जति दिन्छौ देऊ आँशु सुकाउने छैन
लाखौ चोट देउ मन दुखाउने छैन
खेल्न सक्छौ जति खेल निर्दोष मनसँग
समर्पण तिम्रा लागि लुकाउने छैन
धेरै माया गथ्र्यौ तिमी आज किन टाढा
बदलामा पीडा मैले चुकाउने छैन
तोडिदेऊ यात छोडिदेऊ मेरो साथ
जीवनभर पे्रमयात्रा रुकाउने छैन
सम्मान होस् अपमान जे नै दिन्छौ देऊ
लज्जित भै शिर मैले झुकाउने छैन

No comments:

Post a Comment

अवलोकन कर्ताहरु