Wednesday, October 6, 2010

इनरुवामा ७६ परिवारलाई भैसी वितरण गरियो


असोज १९ गते ।
बुधबार इनरुवामा सुष्मा कोईराला मेमोरियल ट्रस्टले सुनसरीको श्रीपुर गाविसका ७६ घरपरिवारलाई सहयोग स्वरुप भेैंसी वितरण गर् यो ।श्रीपुरका आर्थिक स्थिति कमजोर भएका सर्वसाधाण जनताहरुलाई जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुर् याउने उद्देश्यलॆ दिगो बिकास तथा आत्मनिर्भरताका लागी श्रीपुर गाविसका १४ र ६ नम्वरका वडाका विपन्न्ा वर्गका करिव ७६ घरपरिवारलाई भैंसी वितरण गरिएको सुष्मा कोईराला मेमोरियल ट्रस्ट ईनरुवाले जनाएको छ ।कोशी कटानका कारण बिचल्लीमा परेका र आर्थिक अवस्था कमजोर भएका
परिवारका साथै दलित समुदायका प्रति परिवारलाई एक वटा भैंसी
बितरण गरेको ट्रस्टका ईनरुवा अध्यक्ष किशोर कोईरालाले बताउनु भयो ।
कटान क्षेत्र लगायत अन्य विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरि क्रमशःभैंस्ाी वितरण गरिने समेत कोईरालाले जानकारी दिनु भयो ।
लक्षित बर्ग तथा गरिव परिवार स्वतः आफैं आत्मनिर्भर बनुन भन्ने उद्देश्यका साथ संस्थाले भैंसी वितरणको कार्य थालेको जनाउंदै अभियानका लागि ७६ लाख बराबरको भैसी बितरण गरिने संस्थाले जनाएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु