+++++++++++++++++++ गोविन्द बस्नेत ++++++++++++++++++++++++++++
धरान १६ असोज÷ नियम विपरीत टेण्डर आब्हान गरेको भन्दै सुरक्षा निकायको तीन वटै प्रधान कार्यालय विरुद्ध सुनसरीको धरान स्थित एक कम्पनीले अख्तियारमा उजुरी गरेको छ ।
नेपाली सेनाको मुख्यालय नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालय विरुद्ध धरान १ मा रहेको कोशी सप्लायस्रले उजुरी गरेको हो ।
तीनवटै मुख्य कार्यालयले रासनको टेन्डर गर्दा ४५ दिनको समयअबधी राख्नुपर्नेमा ३० दिनको समयमात्र तोकेकोले अख्तियार उजुरी गरेको कोशीले जनाएको छ । शुक्रबार अख्तियारमा दिएको उजुरीमा सुचना प्रकाशित गर्नुपूर्व नै कम्तिमा ५०-५० प्रति टेण्डर फारम जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय पठाउनु पर्नेमा हालसम्म फाराम नपाइएकोले राशन ठेक्कामा अनियमितता गर्ने प्रयास गरिएको उल्लेख छ ।
उजुरीमा दशैको विदाको समयमा टेण्डर गरेर गर्नु टेण्डरको समय ४५ दिनबाट घटाएर ३० दिन बनाउनु …बाँकी चार पेजमा र समयमा फाराम बिक्री नगर्नुले अनियमितताको आशंक रहेको भन्दै छानविन गर्न अनुरोध गरिएको छ । दशैमा सरकारी विदा ९ दिन हुने अवस्थामा असोज १० गते आब्हान गरेको टेण्डरको फाराम हालसम्म वितरण नगर्नु रहश्यमय भएको कोशीको भनाई छ ।
समय विताएर लाखौं कमिसनमा राशन ठेक्का दिने र भ्रष्टाचार गर्ने खेल भइरहेको दावी समेत उजुरीपत्रमा गरिएको छ । तीन वटै सुरक्षा निकायका प्रधान कार्यालयमा फ्याक्समार्फत शुक्रबार नै उजुरीको बोधार्थ पठाएको कम्पनीले जानकारी गराएको छ ।
यस अघि पनि धनकुटा लगायत अन्य स्थानमा राशन ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
No comments:
Post a Comment