दमक, १६ असोज÷ भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको नाममा काठमाण्डौं पुर् याउँदै फेरि फिर्ता ल्याएकोप्रति शरणार्थी फिर्ती समितिले आपत्ती जनाएको छ ।
भुटानी शरणार्थी स्वदेश फिर्ता समितिका अध्यक्ष डा।भम्पा राईले पुनर्वासका नाममा शरणार्थीमाथि अमानवीय व्यवहार गरिएको भन्दै आपत्ती जनाउनु भएको हो ।
मोरङको शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका तीन परिवार झापाको खुदुनाबारी शिविरका चन्द्रबहादुर शिवाको ६ जनाको परिवारलाई स्वास्थ्यको कारण देखाएर काठमाण्डौ पुर् याएर फिर्ता गरेको भन्दै समितिले आपत्ती जनाएको हो । भुटानी शरणार्थीको पुनर्वास पश्चिमी मुलुकमा कठिन श्रमको सस्तो मूल्यका लागि भएको भन्दै समितिले स्वदेश फिर्तीको पक्षमा लाग्न सबैलाई आग्रह समेत गरेको छ ।
समितिले शरणार्थी सम्बन्धी राष्ट्ररसंघीय उच्च आयोग युएनएचसीआर र शरणार्थी सहायतामा लागि परेका केही संस्थाहरु शरणार्थीहरुको स्वदेश फिर्तीमा असहयोगी भएको आरोप समेत लगाएको छ ।
No comments:
Post a Comment