इटहरी २
रामवरण यादवले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुँदैमा हिन्दु धर्मावलम्बीहरुले आत्तिनु नपर्ने बताउनु भएको छ ।
शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्राचिन हरिद्वारा चतराधाममा निर्मित कुम्भस्तम्भको उद्घाटन गर्दै राष्ट्रपति यादवले धर्मनिरपेक्षताले मुलुकमा बस्ने सबै जातजाति धर्म सम्प्रदायलाई बराबर सम्मान दिने बताउनु भयो । राष्ट्रपति यादवले
संघीयताले मुलुक विभाजन नहुने बरु झन बलियो हुने बताउनु भयो । उहाँले भन्नु भयो- संघीयताले नेपालमा रहेका सबै जाति धर्म सम्प्रदाय लिङगीय क्षेत्रीय रुपमा समान राजनीतिक आर्थिक सामाजिक हैसियत र अधिकार प्राप्त गर्ने उहाँको भनाई थियो ।धार्मिक कार्यक्रममा सहभागी भए पनि उहाँले नेपाली जनतालाई शान्ति सुरक्षा दिलाउने संविधान चाडो नबनेकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाले तीन करोड नेपालीका प्रतिनिधिहरु संविधानसभामा बसिरहेका छन् । संविधान बनाउने जिम्मा पाएका प्रतिनिधिहरुले चाडो संविधान बनाउन् भन्ने आग्रह गर्दछु । हैन भने बाटो विराउनेलाई जनताले माफ गर्दैनन् भन्नु भयो ।
राष्ट्रपति यादवले बराहक्षेत्र लगायत लुम्विनी पशुपतिनाथ मनकामना मुक्तिनाथ लगायतका महत्वपूर्ण धार्मिक क्षेत्रलाई आधुनिकीकरण गरी विश्व मानचित्रमा स्थापित गर्न सरकारसंग पहलका लागि आग्रह गर्ने बताउनु भयो । उहाले बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकसित गर्न पनि आग्रह गर्ने समेत बताउनु भयो ।
धार्मिक पर्यटकीय स्थल बरहक्षेत्रमा २०५९ सालमा मुलुकमै पहिलो पटक आयोजित कुम्भ महोत्सवको सम्झनामा ६९ फिट अग्लो कुम्भ स्तम्भको राष्ट्रपति यादवले…बाँकी चार पेजमा उद्घाटन गर्नु भयो ।
कुम्भस्तम्भ उद्घाटन संगै राष्ट्रपति यादवले संस्कृतिविद डा। सोमनाथ खतिवडाले लेखेको बराहक्षेत्रको सांस्कृतिक सम्पदा र प्राज्ञ दधिराज सुवेदीले लेखेको जगदगुरु बालसन्त महाराजजीको जीवनी पुस्तक विमोचन गर्नु भएको थियो । कुम्भ स्तम्भ उद्घाटन मुल समारोह समितिका अध्यक्ष गणेश सुब्बा विरहीले बराहक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न कुम्भ स्तम्भ निर्माण गरिएको बताउनु भयो । धरानबाट बराहक्षेत्रको चतरा १७ किलोमिटर पश्चिम पर्छ ।
राष्ट्रपति यादवले तीन दिनसम्म चल्ने पंडित सभाको उद्घाटन शुक्रबार नै गर्ने कार्यक्रम भए पनि मौसम खरावीको कारण बराहक्षेत्रमा हेलिकोप्टर जान नसके पछि भारतबाट आएका कैलाशनन्द महाराजले पण्डित सभाको उद्घाटन गर्नु भएको थियो ।
No comments:
Post a Comment